
आर्थिक विकाशमा मानविय संशाधनको विकास गर्नु अपरिहार्य हुन्छ भन्ने अवधारणको जन्म सन १९७० देखि महशुस विश्वका धेरै देशले गर्दै आएका छन् । प्रत्येक राष्ट्रमा मानव जिवनका आवश्यकता पुरा गराउनका लागी श्रम शक्ति महत्वपूर्ण संम्पतिको रुपमा लिइन्छ भन्ने सोच त्यस समयका आर्र्थीक जानकारहरुले लिंदै आएका छन् । आविष्कार र उत्पादन प्रविधिको विकास द्वारा आर्थिक विकासमा रेवा पुग्दछ । मानविय समसाधनको दक्षता र सिप बढाउने जाँदा शिक्षा, तालीम, प्रशिक्षण, स्वास्थ्य सुविधा विस्तारगर्नु पर्नेेमा जोडदिनु पर्ने हुन्छ । शिक्षामा गरिदिएको लगानीले मानविय पूँजि निर्माणमा (Human capital formation) सहयोग पुग्दछ । शिक्षामा बढाइएको लगानीले ज्ञान र कुशलतमा वृद्धिल्याइ उत्पादकत्व बढ्न थाल्दछ । वर्तमान समयमा हाम्रा स्थानिय निकायमा भएका शिक्षण संस्था ‘बेरोजगारहरु उत्पादन गर्ने कारखाना’ बन्दै गएका छन ।उच्चस्तरिय शैक्षिक उपाधि प्राप्त गर्ने व्यक्तिहरु आफ्नो व्यवसाय, कृषि, व्यापार र सानासाना कामहरु गर्न नसक्ने र योग्यता अनुसारको काम पनि पाउन नसक्ने बन्दै गईरहेका छन् । पढेलेखेका व्यक्तिको लागि सरकारी सेवा मात्र रोजगारीको क्षेत्र बनेको छ । यसर्थ हाम्रा स्थानीय निकायहरुमा वेरोजगारीले उग्र रुप लिँदै गएको छ । यसको प्रमुख कारण आर्थिक सम्भाव्यता र आधार विनाको शैक्षिक प्रणाली नै हो । हाम्रा स्थानीय निकायले वर्तमान शैक्षिक प्रणाली ध्वस्त पारी यसको ठाउँमा आर्थिक स्रोत र सम्भावनाको खोजी गरी त्यसै अनुसारको जनशक्ति योजना (Manpower Planning) नगरेसम्म शैक्षिक वेरोजगारी समस्या समाधान हुन सक्दैन । त्यसैले यस तर्फ प्रत्येक स्थानीय निकायले वित्तिय अर्थशास्त्री योजनाविद्को सहयोगमा आफ्ना बार्षिक कार्यक्रमका खाका तयार नर्गुपर्दछ । प्रत्येक स्थानीय निकायमा विज्ञव्यक्ति रहेको Human Resource section खोल्नु वा महाशाखा स्थापना गर्नु अनिवार्य भएको छ ।
यसैसन्दर्भमा जापानको विकास अध्ययनलाई विश्लेषण गर्ने हो भने जापानले आफ्नो आर्थिक विकास गर्नुभन्दा पहिला आफ्नो देशको आर्थिक धरातल अनुसार उपलब्ध स्रोत र साधन परिचालन गर्न आवश्यक जनशक्तिको मूल्याङ्कन पहिला एकिन गरी सोही अनुसार शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरेको थियो । त्यस्तै चिनले पनि वर्तमान समयमा कुन कुन क्षेत्रमा के कति जनशक्ति जनशक्ति आवश्यक छ ? सोही अनुसार आफ्ना शैक्षिक संस्थाबाट जनशक्ति उत्पादन गर्दछ । तर विडम्बना नेपालमा आर्थिक धरातल एकातिर छ, शैक्षिक प्रणाली अर्को दिशातर्फ फर्केको छ । त्यसैले दिागो विकासको कल्पना गर्न नेपालमा सकिदैन । यस तर्फ कसैको ध्यान गएकै छैन । सर्वप्रथम यस तर्फ सुधार गर्नुपर्दछ ।
हाम्रा स्थानीय निकायमा वेरोजगारी एउटा गम्भिर समस्या हो । यसले नेपालका सबै जसो पालिकालाई पिरोल्दै लगेको छ । समयमै यसको समाधान नगरिएको खण्डमा प्रत्येक स्थानीय तहमा संकट उत्पन्न हुने निस्चित छ । हाम्रो अर्थतन्त्र ग्रामिण उन्मुख छ । कृषिबाट जनताले आफ्नो रोजी रोटी जुटाउने गरेका छन् । त्यसैले अधिकाँश जनाता अत्यन्त गरिव छन् । जनस्रख्या बमोसावको दृष्टिबाट हेर्दा पचास प्रतिशत जनता ग्रामिण क्षेत्रमा बसोबास गर्दछन् भने ३० प्रतिशत शहरमा बसोवास गर्दछन् । शहरी क्ष्ोत्रमा विदेशबाट आयात गरिएका बस्तुको व्यापारमा रहेका छन् । आफ्नो देशको उत्पादनमूलक उद्योग छैन । विगतमा भएका उद्योग धन्दा पनि सबै नचल्ने अवस्थामा छन् । सरकारको औधोगिक नीति छैन । स्थानिय निकायमा घरेलु उद्योग पनि छैनन् । भएका केही केहीको पनि उत्पादित सामाग्री विक्रि गर्ने बजार छैन । गरिबी विरुद्धको युद्ध वेरोजगारी उन्मूलन गर्नु हो । गरिवी माथि प्रत्यक्ष आक्रमण नर्गुपर्दछ । हाम्रा स्थानीय निकायमा वेरोजगारी, गरिबीको कारण हो ग्रामिण क्षेत्रमा भएका परम्परागत साना उद्योगहरु करिब करिब विनास वा समाप्त भैसकेका छन् । वेरोजगारी समस्या समाधान गर्न कृषि व्यवसायमा सुधार गर्ने प्रयास गरिएका छन् । जसमा कृषकलाई अनुदान, सहुलियत दरमा ऋण दिइएको छ । उत्पादन प्रोत्साहन नीति लागू गर्दा पनि उत्पादित वस्तुको बजारमा विदेशी वस्तुको आयातले बजार पाएका छैनन् । यसका लागि सरकारले कृषिउपजको आयातमा नलगि पुरै प्रतिबन्ध लगाउने सरकारले घोषणा नै गर्नुपर्दछ ।
व्यक्त वेरोजगारीको कारण धेरै जसो युवा जनशक्ति कामको खोजीमा विदेशीयका
छन् । विदेशीयका युवाहरु सहज अवस्थाको सिर्जना नभएको अवस्थामा जुनदेशमा गएका छन् सोही देशमा नै बस्ने अवस्था सिर्जना भएको छ । राजनैतिक अस्थिरता, कलझगडा, द्वन्द, जातिय द्वेश, दलदल बीचको अन्तरद्वन्द, वेमेल, अस्थिर मनस्थितिको कारण सामाजिक सद्भाव भड्किएको छ । यस्तो वेरोजगारी रहीरहेमा दिग्भ्रमित युवाहरु समाजका विध्वंशकारी तत्वहरुद्वारा प्रभावित भै राजनीतिक स्थिरताको लागि ठूलो खतरा बन्न सक्दछन् । अबस्था बदलिएन भने व्यवस्था बदलीन सक्दछ । नेपालको ग्रामिण दूरदराजदेखि शहरका कुना कुनामा युवाशक्ति यो व्यवस्था बदल्नका लागि लागिपरेका छन् । पुरानो पुस्ता गैरजिम्मेवार, लाचार, निरीह, विवेकहिन, सैतानको व्यवहार देखाएका छन् । पुराना पुस्ताका सबै राजनीतिक नेतृत्वलाई जरैबाट उखेल्नु पर्दछ । भ्रष्टाचारमा लिप्तलाई देशबाटै लखेट्ने वा सबैलाई कारागारमा राख्ने काम गर्न ढिला गर्नु हुँदैन । समाजका सचेत वर्ग भन्ने गर्दछन्, यदि यही व्यवस्था रहीरहने हो भने यो देश नै रहँदैन । नेतृत्व बदलेर व्यवस्था बदल्नुको अर्को विकल्प नै छैन । अबको शासनव्यवस्था युवाको हातमा आगामि आमनिर्वाचन पछि देशका सबै पालिका र संसदमा नयाँ युवाको प्रतिनिधित्वको माहौल सिर्जना भएको छ । यसमा सबै सचेत नागरिकले विवेक पु¥याइदिनुहुन हार्दिक आव्हान गरिहेको अवस्थालाई बुझिदिनुहुन अनुरोध छ ।