दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको २६ अधिवेशनमा मतदान सम्पनन भएको छ । कूल एक सय १६ मत मध्ये एक सय ११ मत मात्र खसेको थियो । मतदान सम्पन्न भएपछि साँझ सात बजेबाटै मतगणना शुरु भएको छ । मतदाता संख्या एक सय १६ मात्रै हुँदा पनि प्रत्यक्ष निर्वाचनको प्रणालीको अभ्यास भएको हुँदा मतगणना जिल्ला, प्रदेश र केन्द्रको गर्नुपर्ने भएकाले परिणाम सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।
प्रेस युनियनले गोरा मियाँको नेतृत्वमा संयुक्त प्यानल उठाएको छ भने चौतारीले उज्जल पौडेलको नेतृत्वमा संयुक्त प्यानल उठाएको छ ।
मतसंख्याको आधारमा प्रेस युनियनको उम्मेदवारले चुनाव जित्नु पर्ने देखिन्छ । तर राजनीतिक मत भन्दा व्यक्तिगत मत बढी जाने अवस्थाले गर्दा चुनाव प्रतिष्पर्धात्मक हुनेछ ।