नेवारहरू नेपा लकाठमाण्डौ उपत्यकाका बासिन्दाहरू हुन् । काठमाण्डौ उपत्यका आसपासका नेवारहरू बस्ने जिल्लाहरू समेतलाई नेपाल मण्डेला भनिन्छ । नेपाल मण्डेलाबाट नेपाल अधिराज्य भरी नेवारहरु व्यापार व्यवसायको सिलसलामा रहन पुगेको पाइन्छ । यस विषयमा नेवारको जातका साथै थरहरूका सम्बन्धमा जिज्ञासा भएकालाई थोरै जानाकारी हुन्छ कि भनेर संकलन गरी लेखिएको हो। हिन्दुमार्गी र बुद्धमार्गी नेवारका थरहरू निम्न प्रकारका छन्–
हिन्दुमार्गी नेवारहरू
१. राजोपाध्याय बाहुन जातका नेवार सर्वश्रेष्ठ अथवा उच्च जातमा पर्दछ । आचार्य, शर्मा बाहुनहरू नेपाल उपत्यकामा आएपछि नेवारी (नेपाल) भाषा बोले अनि नेवार बनेको भन्नेकुरा खेही विव्दानहरूको अनुशन्धानमा उल्लेख छ । यिनीहरूले ब्रतबन्ध गर्दा नै जनै लगाउँथे । यिनीहरू वैष्णव शाखाका मन्दिरहरुका पुजारी र हिन्दु श्रेष्ठका पुरोहित हुन् ।
२. छथरिया (क्षेत्री सरह) नेवारका जातहरूका बाहुनहरूमा आचार्य (अचाजु)–कर्माचार्य (गुरुआचार्य) र जोशी पर्दछन् । कर्मचार्यहरू परम्परागत बाहुन होइन, मल्लकालिन तलेजुको तान्त्रिक पुजारी हुन्, यिनीहरू राजोपाध्यायका सहयोगी हुन्, जोशी चाहिं ज्योतिष हुन् साथै जोशीहरू कर्माचार्यहरूको सहयोगी भनिएको छ । छथरीया नेवारका थरहरुमा प्रधान, मल्ल, प्रधानाङ्ग, अमात्य, मुन्सी मास्के, राजवंशी, राजभण्डारी, राजवैद्य आदि पर्दछन् ।
३. पाँचथरिया र चारथरिया
(वैश्य सरह) का नेवारहरूः–
(क) पाँचथरिया (वैश्य सरह) नेवारहरू चाहिं व्यापारीहरू
हुन् । सामान्यतया यी समुहका सबैले श्रेष्ठ थर लेख्चन् । यिनीहरू नेपाल मण्डेलाका ब्यापारी हुन् । यिनीहरूका थरमा ताम्राकार, हलवाई, राजकर्निकार आदि पर्दछन् । यिनीहरुका बाहुनमा अचाजु, जोशी गुरुवाचार्य पर्दचन्।
(ख) चारथरिया (वैश्य सरह) नेवारहरू पनि व्यापारीहरु हुन् । यिनीहरू श्रेष्ठका भूमिकाबाट नआएका तर छथरिया र पाँचथरिया अवस्थाको
ठान्दछन् । यिनीहरूले श्रेष्ठ वा जोशी, सिंह, अचाजु, प्रधान शदि थरहरू लेख्दछन् ।
४. यसमा ज्यापु (वैश्य सरह) थरहरू पर्दछन् । कृषि तथा व्यवसाय जातको रुपमा राखिएको छ ।
यसमा धेरै उपथर पाइन्छः– महर्जन, डंगोल, अवाले, सुवाल, दुलाल , सिंह, कुम्हा वा प्रजापती, तन्डुकार वा खुसा
आदि । भक्तपुरका ज्यापुको बाहुन राजोपाध्यय तथा काठमाडौं र ललितपुरका ज्यापुहरूका बाहुन बज्राचार्य हुन ।
५. एकथरिया जातहरूमा पानी मात्र चल्ने र पानी पनि नचल्ने थरहरू छन् । तिनीहरूमा निम्न बमोजिमका थरहरू पर्दछन्–
(क) व्यवसायिक समुहः– करञ्जित, मानन्धर, नकर्मी, नापित, चित्रकार, रञ्जितकार, तण्डुकार, बलामी आदि पर्दचन्।
(ख) सूचिकृत जातहरूमा खड्गी (नैया, कसाई), धोवी (रजक), कपाली, कुलु, पोडे च्यामे(खल) आदि राखिएको पाइन्छ ।
बुद्धमार्गी नेवारहरू
१. गुभाजु(बारे)– बज्राचार्य, शाक्य २. उदास(ख)) तुलाधर, बानिया, कंशकार, ताम्राकार, स्थापित, शिख्रकार, सिलाकार, सेलालिक, सिन्दुराकार आदि पर्दछन् ।
अतः नेवारको जात तथा थर विभाजन जात र थरबाटै कामको आधारमा भएको बुझिन्छ ।
नेवार जातका थरहरू
previous post