विशेष सम्वाददाता
नेपाली काँग्रेसको विरलै बोलाईने महासमितिको बैठक यस बर्ष फागुन ७ देखि १० गतेसम्म ललितपुर गोदावरीमा शुरु भएको छ । देशभरबाट महासमिति सदस्यहरु राष्ट्रिय मुद्धामा घनिभूत छलफल गर्न काठमाडौमा उपस्थित भएका
छन् ।
नेपाली काँग्रेसको महासमिति बैठक विगतमा भन्दा यस पटक फरक ढंग र पहिचानका साथ सञ्चालन भएको छ । विगतमा गिरिजाप्रसाद कोईरालाको कार्यकालमा भएको महासमिति बैठकले गिरिजाप्रसाद कोईरालाको निर्देशात्मक आदेशको अनुमोदन गर्ने हैसियत मात्र देखाएको थियो भने यस पटक गगन कुमार थापाले सभापति शेरबहादुर देउवालाई प्रचण्डको निवासमा चाकडी गर्न पुग्नु पर्ने विवश तुल्याउने गरी महासमितिलाई गरमागरम बहस थलो बनाई दिएका छन् । चर्चित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रस्तावबाट यो महासमितिमा आफ्नो पहिचान गुमाउन पुगेका छन् । अर्को शब्दमा भन्दा विश्वप्रकाश शर्माले आर्शिवादको आशा राखेको देखियो भने गगनकुमार थापाले जनआवाज, कार्यकर्ताको भावनालाई सम्बोधन गर्दा भावि अवसर दाउमा राखेर गरेका छन् । यस कारण पनि नेपाली काँग्रेसको यो महासमिति बैठकबाट नेपाली काँग्रेसका महासमितिमा दाश मानसिकताका कार्यकर्ता छनौट भएर गएका छन् कि स्वाभिमानी कार्यकर्ता छनौट भएका गएका छन् महासमिति बैठकले गर्ने निर्णयले कशी लगाउने नै छ ।
नेपाली काँग्रेसमा सैद्धान्तिक विचलन आएको चर्चा चलिरहेको समयमा नेपाली काँग्रेसलाई सैद्धान्तिक लीकमा फर्काउन कामयावी हुने, बीपी वादको परिमार्जन वा हूबहु अनुमोदनमा निर्णय लिन पर्ने यो गंभिर बहसका बेला राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको तनहुँ जिल्लाले महासमिति बैठकमा तीन जना महासमिति सदस्य सहभागि बनाउन नसकेर आफ्नो असक्षमता प्रकट गरेको
छ । यसमा पर्दा बाहिर देखिएको दोष र कमजोरी क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको छ । तर पर्दाभित्रको दोषबाट जिल्लाको हाईकमाण्ड कब्जा गरेको आडम्बर गर्ने नेताहरुको असक्षमता जाहेर भएको छ । साथसाथै केन्द्रिय सदस्यहरु पनि असक्षमताको आरोपबाट मुक्त हुन पाँदैनन् ।
तनहुँबाट तीन जना महासमिति सदस्य रिक्त हुनुमा क्षेत्र नं. १ बाट पूर्ण बहादुर गुरुङले नेपाली काँग्रेस परित्याग गरेको कारण जनजाति कोटाको सदस्य खाली भएको हो । क्षेत्र नं. २ मा झुलबहादुर आलेको निधनले रिक्त भएको छ भने खस आर्यको कोटामा महेश भट्टराईले नेपाली काँग्रेस परित्याग गरेका कारण रिक्त हुन पुगेको हो ।
क्षेत्र नं. १ बाट अघिल्लो पटक त्याग गरेर बसेका रेशम गुरुङ्ग र टेकबहादुर गुरुङ्ग मध्ये कुनै एक लाई चयन गर्नुपर्ने आग्रहले प्रक्रिया अगाडि बढ्न सकेन । तर दावेदारमा देवकुमार श्रेष्ठ, अशोककुमार श्रेष्ठ, खरसिं दरै र आशा थापा रहेका थिए ।
क्षेत्र नं.२ को रिक्त स्थानमा महासमिति सदस्यका आकाँक्षीहरुमा खस आर्य तर्फ डिल्लीराम अधिकारी र चुडामणी खनाल आकाँक्षी थिए भने जनजाती तर्फ चामबहादुर थापा, मिलन आले, भिमबहादुर थापा र भक्त श्रेष्ठ थिए । नेपाली काँग्रस तनहुँको क्षेत्रीय समिति र जिल्ला कार्य समितिको असक्षताले तीन जना कार्यकर्ताहरुले पाउने अवसरबाट बञ्चित हुनु परेको छ ।
नेपाली काँग्रेस तनहुँको कमजोरीका सम्बन्धमा प्रवक्ता हरि वाग्लेले सर्वसम्मत हुन नसकेको अवस्थामा प्रक्रिया पु¥याएर चयन गर्न समय नपुगेको बताउनु भयो । त्यसै गरी पूर्व कोषाध्यक्ष रेशमलाल गुरुङ्गले हामी जनजाती राजनीतिमा मिसाईने कुटनीति नबुझी नबुझी बुढो भइने भो भन्ने खिन्नता प्रकट गर्नुभयो ।
नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ
previous post