
विभिन्न विकसित देशहरुलाई हेर्ने हो भने सबै कुराहरु शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भौतिक पुर्वाधारको काममा अगाडि रहेको देख्न
सक्छौं । हाम्रो मुलुक नेपालको अहिलेको परिवेशलाई जताततै हेर्ने हो भने विभिन्न विरोध सभाहरु र विरोध प्रदर्शन मात्र गरेको देख्न पाइन्छ । सबै देश विकास गर्नेको ध्यान देशको मुहार फेरेर देश विकास गरेर देशलाई अरु विकसित रास्ट्र जस्तै गराउने भन्दा आफ्नो पद र कुर्सीमा रहेको देखिन्छ । चुनाव आउँदा सबै नेताहरु जनताको घरमा घरमा भोट माग्न आउने
गर्छन् । तर जति विकास गर्छु, राम्रो गुणस्तरीय शिक्षा, रोजगार दिन्छु भनेर जनतालाई भर्ममा पार्नु हुन्छ, अनि जब उहि नेता त्यस क्षेत्रबाट चुनाव जितेर
जानहुन्छ । जब माथि सरकारमा पुग्नु हुन्छ, उहाँ पनि आफुले भनेको कुराहरु बोलीमा मात्र सीमित राख्नुहुन्छ ।
विगत साढे दुई दशकको इतिहासलाई हेर्ने हो भने नेताले जति बोलेका कुराहरु अनि प्रतिवद्धता जनाएका कुराहरु बोलीमा मात्र सीमित रहेको देख्न पाइन्छ । देशको मुहार फेर्छु नेपाललाई युरोपका विकसित मुलक जस्तै बनाउँछु भनेका कुराहरु अहिले भाषणमा मात्र सीमित रहेको देख्न सकिन्छ । हामी जनताले भोट जिताएर पठाउँछौ माथि सत्तामा पुगे पछि त्यही नेताहरूले जनतालाई चिन्नु हुन्न, आफ्नो कुर्सीको मात्र ख्याल गर्नु हुन्छ ।
अहिलेको परिवेशमा हेर्नु हो भने जताततै विरोध सभा, हड्ताल, बन्द गरेर दुःख गरेर खाने जनताले सास्ती खेप्न्न परेको छ। मुलुकलाई साँच्चै समृदि र विकासको बाटोमा अघि बढाउने हो भने सम्पुर्ण राजनीतिक दल पार्टी चिन्ह मेरो भनेर भन्दा देशको मुहार फेर्नु तर्फ आगाडि बढनु जरुरी छ । त्यसैले एक अर्काले एक अर्कालाई आलोचना नगरिकन सम्पुर्ण राजनीतिक दल एकताबद्ध भएर देशको मुहार फेर्न जरुरी छ ।र, त्यो भयो भने मात्र फेरिएला की भन्न्रे आशा जनतामा रहेको छ । विरोध होइन एकतावद्ध सोच र विचारले देशको मुहार फेर्न अघि बढनुस् नेताजीहरु, गफ दिन होइन ।