–विद्यालय जान हिँडेको बालक सडक पेटीमा बसेर गृहकार्य गर्र्दै गरका तस्वीर पत्रपत्रिका र सामाजिक सञ्जालमा देख्न पाईन्छ । अनि गृहकार्य नसकेको र त्यस वापत पाइने कठोर सजायका डरले छोराछोरी विद्यालय जान नमानेको अभिभावकको गुनासो सुन्न पाईन्छ ।
–गृहकार्य विगारेको भन्दै भक्तपुर स्थित एक निजी विद्यालयकी शिक्षकले कक्षा ५ मा पढ्ने छात्रलाई पेन्सील कटरको व्लेडले नाडीमा चिर्न लगाईन् ।
–गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीलाई यातना दिँदा कान नसुन्ने भएका वा अङ्गभङ्ग भएका खबरहरु पनि हामी बारम्बार सुन्न पाउँछौं ।
–घरेलु कामदारका रुपमा राखिएका बालबालिकालाई घरमा पशुलाई जस्तै बाँधेर राखेका घटना पनि बारम्बार सुन्न र पढ्न पाउने गरेका छौ ।
–होटल तथा रेष्टुरण्टहरुमा आफुभन्दा ठूला भाँडा माझ्दै गरेका बालबालिका भटिन्छन् । सितिमिती घाम नपर्ने अँध्यारो कुनामा दिनरात भाँडा माझ्ने उनीहरुका औँला झण्डै कुहिएको अवस्थामा हुन्छन् भने मालिकले काम समयमा नसकेको भन्दै दिने यातना पनि भोग्नै पर्छ, कहिले कुटाइका रुपमा त कहिले खाना खान नपाएर ।
–भीमदत्त नगरपालिका कञ्चनपुरकी बालिका निर्मला पन्तले बलात्कारको शीकार भएर मृत्युवरण गर्नु प¥यो । निर्मलाको बलात्कारी हत्याराको खोजी गर्न र कानुनको कठघरामा उभ्याउन आग्रह गर्दा अर्का बालक सनी खुन्नाले पनि ज्यान गुमाउनु
प¥यो ।
–एउटी बालिकालाई यो त नक्कली छ । ११÷१२ वर्षमै पोइला जान्छे भनेर उसकै सामुन्ने भन्ने गरेका पनि सुनिन्छन् ।
–घरमा सौतेनी आमा भएका कारण सडक बालक बन्न पुगेका थुप्रै बालबालिका हामी कहाँ छन् । यस्तै जोखिम पूर्ण कामहरु गिट्टी कुट्न लगाउने, लागू पदार्थको ओसार पसार गर्ने काममा बालबालिकालाई लगाउने पनि गरेका प्रसस्त उदाहरण हामीसंग छन् ।
यि त बालबालिका माथि हुने हिंसा, अमानविय व्यवहार तथा अत्याचारका केही दृष्टान्त मात्र हुन् । यस्ता दृष्टान्त हामी हाम्रो गाउँ छिमेक र समाजमा अनि देशमा अनगिन्ती पाउन सक्छौं ।
निर्मला पन्त र सनी खुन्नाले के यस्तो अपराध गरेका थिए र ज्यानै गुमाउनु प¥यो रु भन्ने प्रश्नको उत्तर हाम्रो राज्यसंग छैन । लोककल्याणकारी राज्य व्यवस्थाको अवधारणामा अघि बढीरहेको वर्तमान विश्वमा न्याय माग्दा ज्यान गुमाउनु पर्ने देश शायद नेपाल मात्र होला । अर्काे शब्दमा न्याय माग्नेहरुको प्राण नै हरण गर्ने राज्य हाम्रो मात्रै होला । न्याय माग्दा मर्नुपर्ने, गृहकार्य नगर्दा नाडीको छाला चिर्नुपर्ने, अङ्गाभङ्ग हुनेगरी पिटाई खानुपर्ने, पशु झैं बाँधिएर बस्नुपर्ने वा हातको छाला कुहिनेगरी अँध्यारो र चिसो छिँडीमा दिनरात नभनेर काम गर्नुपर्ने र पनि काम गरको जस नपाएर यातना सहनु पर्ने तथा भोकभोकै बस्नुपर्ने अवस्थाको अन्त्यको पर्खाइमा वर्तमान नेपाली बाल पुस्ता रहेको छ । तर हाम्रो राज्यसंग यस्तो अवस्थाको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको उत्तर त छैन नै त्यसका लागि आवश्यक तदारुकता पनि छैन ।
भोली जुन ४, संसारभर निर्दौष बालबालिका माथि हुने अत्याचार विरुद्धको विश्व दिवस मनाईन्छ । नेपालमा पनि विभिन्न कारणले बालबालिकाले भोगेका शारिरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको निवारणको चर्चा गरिन्छ । ति पिडाहरुलाई कम गर्ने उपायहरुको खोजी गरिन्छ । थुप्रै वर्ष भयो यस्तो हुन थालेको तर बालबलिकाले भोग्ने पिडामा कमि आएको छैन ।
पछिल्लो समय बाल क्लबहरु गठन गर्ने र आफ्ना अधिकारका बारेमा कुरा गर्ने तथा आफुमाथि भएका र हुनसक्ने अत्याचारका विषयमा बालबालिकाले आवाज उठाउने गर्न थालेका छन् । बालबालिका भनेका कोपिला हुन् । उनीहरुलाई उपयुक्त वातावरण प्रदान गरेर फुल्न÷फक्रन दिनु आम अभिभावक, आमा बुबा र समग्र राज्यको दायित्व हो । भोलिका लागि असल समाजको परिकल्पना यदि हामीेले गरेका हौं भने बालमैत्री वातावरण निर्माण अत्यावश्यक छ । प्रतिक्षा गरौं आजका कोपिला भोली फक्रेर मुस्कुराउने वातावरण र समयको ।
निर्वाध फक्रन दिउँ, कोपिलालाई
previous post