कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष र केही दिनभएको छ । गतसाल साउन १० गते साथीको घरमा होकवर्क गर्न गएकी छोरी अवेर सम्म नफर्के पछि आमा दुर्गादेवी सहयोगका लागि प्रहरी सामु पुगेकी दुर्गालाई प्रहरीले तिम्री छोरी भोली खाजौंला भनेर फर्काए । छोरी हराएकीले खोजी गरिदिनु प–यो भनेर गुहार माग्न जाँदा जनताको शान्ति सरक्षाको जिम्मा लिएर बसेको प्रहरीबाट आएको जवाफले दुर्गादेवीलाई आहत तुल्यायो तर उनी केनै गर्न सक्थिन र ? अनेकौं आशंका र डर मिश्रित भारी मन लिएर घर फर्किन ।
रातभर छोरी नफर्के पछि दुर्गादेवी भोलीपल्ट साउन ११ गते बिहानै फेरी निर्मलाकी साथी रोशनीको घरमा पुगिन्, तर छोरीको कुनै पत्तो लागेन । थोरै समयमा नै रोशनीको घरमा थुप्रै स्थानीय जम्मा भए । केही छिनपछि एक स्थानीय निर्मलाको साइकल उखुबारी छेउमा भेटिएको खवर लिएर आए । साइकल भेटिएको खवर सुन्नासाथ निर्मलाकी साथी रोशनीकी दिदी बबिताको साइकल भेटिएको भए लाशपनि त्यतै होला भन्ने अभिव्यक्तिले निर्मलाको हत्या भएको र त्यसमा, खोजीमा चासो नदेखाउने प्रहरी र बबिताका दिदी बहिनीको पनि मिलेमतो रहेको हुन सक्ने आशंकामा उब्जन थाल्यो ।
निर्मलाको शव नजिकै उखुबारीमा भेटियो । प्रहरीले घटना स्थाल सुरक्षित राख्नु साटो निर्मलाको कपडा पखाल्ने सम्मका हर्कत ग¥यो । यि सबै सामाजिक सञ्जाल र पत्रपत्रिकामा सार्वजनिक भएसंगै देशभर आक्रोषको आगो दन्कन थाल्यो । निर्मलाको न्यायका लागि प्रदर्शन हुन थाले । प्रदर्शनका क्रममा अर्का एक बालक सनी खुन्नाले ज्यान गुमाउनु प–यो ।
अझ निर्लज्जता प्रदर्शन गर्दै गयो, सरकार र प्रहरी प्रशासनले । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले निर्मलाको न्यायको लागि भएको प्रदर्शनलाई कम्युनिस्ट सरकार विरुद्धको आन्दोलनको रुपमा अथ्र्याउन थाले । विष्मयकारी कुरा त के थियो भने नेकपाकी सांसद जो आफै एक महिला हुन् उनैले निर्मलाको न्यायका कुरा गर्लिन , बलात्कारी हत्यारालाई कारबाही गर्नुपर्छ भन्छिन् भन्ठानेको त कम्युनिस्ट सरकार असफल गराउन गरिएका घटना पो भनिन् । कामको सिलसिलामा भारतमा रहेका निर्मलाका बुबा साउन १२ मा नेपाल आए तर प्रहरीले साउन ११ मै सनाखत गराएको प्रमाण पेश ग¥यो । निर्मलाका बाबुको किर्ते हस्ताक्षर किन गरियो ? हतार हतार निर्मलाको दाहसंस्कार गरेको किन ? प्रमाणको रुपमा रहने भएकाले यस्ता घटनाका मृतकले लगाएका लुगा जलार्इँदैन तर निर्मलाका लुगा जलाइए । यसले आम मानिसको शंकामा बल पुग्यो कि निर्मलाको बलात्कार पछि भएको हत्यामा कञ्चनपुर प्रहरीको पनि मिलेमतो छ ।
यत्तिमै सरकारी गाइजात्रा अझै सकिँदैन । प्रधानमन्त्री केपी ओली सरकारी टेलिभिजन मार्फत अनुसन्धानको क्रममा रहेका बम दिदी बहिनी निर्दाेष रहेको उद्घोष गरे । भारतको एउटा मामुली फिल्मी कलाकारले प्रम ओलीलाई काठमाण्डौं आर्लेको केही घण्टामा भेट्न पाए तर आफ्नी छोरीको बलात्कारी हत्याराको खोजि गरी आवश्यक कारवाहीको माग गर्न आएका निर्मलाका आमा बुबाले उनैलाई भेट्न एक हप्ता कुर्नु प¥यो ।
निर्मलाको न्यायको सन्दर्भमा सरकार प्रमुख कति संवेदनशिल रहेछ भन्ने कुराको यो एउटा उदाहरण हो । जनताको शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले बलात्कारमा पूँजिवादको हात रहेको भन्ने हास्यास्पद तर्क गरेर आफ्नो असक्षमता लुकाउने प्रयत्न गरे । एक छिन अघि अनसन्ुधानमा प्रहरीको कमजोरी भएको स्वीकार गर्ने गृहमन्त्री एकछिन पछि बोली फेर्दै भन्छन्ः राजनीतिकरण हुँदा अपराधी खोज्न असहज भयो । कस्तो निर्लज्ज तर्क, बलात्कार पछि हत्या गरिएकी चेलीको न्यायका लागि गरिने प्रदर्शनलाई राजनीति भन्ने । के नेपाली जनताले अब न्यायका लागि आवाज उठाउन नपाउने हो ? पछिल्लो पटक गृहमन्त्री रामबहादुर थापाले आफ्नो मन्त्रालयको प्रगति सुनाउँदै भने निर्मला पन्तको जस्तो घटना विगतमा पनि भएको थियो, अहिले पनि भैरहेका छन् र भविष्यमा पनि यस्ता घटना भैरहने छन् । गृहमन्त्रीको अभिव्यक्तिबाट आम नागरिकले के बुझ्ने हो ? यस्तो अवस्थामा कसरी एउटी बालिका निर्धक्क भएर विद्यालय वा कलेज जान सक्छे ? हाम्रा मन्त्री कस्तो सन्देश प्रवााह गर्न खोज्दै छन् आम नागरिकमा ? दोषीलाई कारवाही गर्ने प्रतिवद्धता कतै छैन उल्टै राजनीति भएर काम गर्न पाइएन भन्ने अर्काे कुतर्क ? दोषीलाई समातेर कानुनको कठघराका उभ्याउने हो भने फेरी उनले भनेझै राजनीति गर्ने ठाउँ रहने थिएन होला नि ? आफ्ना चेलीको दैनिक जसो भैरहेका बलात्कार र हत्याका घटनाले मन नछुने र आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकोमा थोरै पनि आत्मग्लानी नहुने अझ भविष्यमा पनि यस्ता घटना भईरहन्छन् भन्ने कस्तो व्यक्तिलाई प्रतिनिधि चुन्यौं भनेर आम जनताले आफैलाई धिक्कार्नु पर्ने हो ?
वर्तमान सरकारका प्रधानमन्त्री, गृहमन्त्री तथा सत्ताधारी दलका नेताहरु र प्रहरी प्रशासनको अहिले सम्मको व्यवहार हेर्दा निर्मला पन्त र अन्य थुप्रै निर्मलाहरुले न्याय पाउने आश मरेको छ । यो वर्ष न्याय पाउने आशा मरेको वर्ष बनेको छ । अब मैले राज्यबाट न्याय पाउदिँन भन्ने अवस्थामा नागरिक पुग्नु दुर्भाग्यपूर्ण अवस्था हो । गृहमन्त्रीले फेरी पनि यस्ता घटना भै रहन्छन भन्दा एउटी छोरीका बाबु आमा कसरी निदाउन सक्लान ? क्यै भैहाल्ने पो होकि भनेर विद्यालय वा क्याम्पस पठाउँदा डराउनु पर्ने अवस्था किन सृजना गर्न खोजेका गृहमन्त्रीले ? घरमै डराउनु पर्ने, विद्यालय वा कलेजमा डराउनु पर्ने, बाटोमा हिड्दा डराउनु पर्ने एउटी चेलीले कसरी आफ्नो भविष्य बनाउन सक्छे ?
पछिल्लो समय डिएन ए परिक्षण नै गलत थियो वा डिएनएलाई नै सतप्रतिशत आधार मान्नु न्यायसंगत हुन्न भन्ने आवाज पनि आइरहेको छ । यदि यस्तो भए प्रहरीले आफ्नो कमजोरीलाई आत्मसाथ गर्दै अनुसन्धानलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु आवश्यक छ । बलात्कारी हत्यारा खुलेआम बाहिर हिड्दा निर्मलाको आत्माले के भनेको होला ? अन्य नेपाली चेलीहरुलाई निर्मला हुनबाट जोगाउन पनि दोषीलाई कानुनी कठघरामा उभ्याउनु आवश्यक छ । यसो हुन सकेमा निर्मलाको न्यायका लागि संघर्षमा वितेको एक वर्षको सार्थकता रहने छ । अनि निर्मलाको आत्माले शान्ति पाउने छ ।