
शिक्षकः जनजुक्त शाही मावि
नेपाल पर्यटनका दृष्टिले धर्तीको स्वर्ग हो । प्रकृति हाम्रो देश नेपालको अनुपम उपहार हो । अनेकौ सम्पदाले भरिएको मेरो प्यारो नेपालको प्रकृति, संस्कृति र माटो गौरवशाली छ । प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । मलाई बेला बेला नेपालको यिनै सम्पदाका नजिक पुगेर धीत मर्ने गरी हेर्ने भोक लाग्छ र तिर्खा मेटिने गरी पिउने र तृप्त हुने हुटहुटी जाग्छ । आजको थकित, व्यस्त र उकुसमुकुस जिन्दगी देखि टाढा रहेर देशको सुन्दरतालाई नियाल्न पाउँदा मेरो मन चड़गा झै नाचिरहेको थियो । नेपालको सुन्दर तथा पर्यटकीय जिल्ला मुस्ताङ सम्मको यात्रामा रमाउन पाउँदा मनको तृप्तीको सिमा रहेन । जुन जिल्लालाई हिमालपारीको जिल्लाले नि चिनिन्छ । पर्यटकका निम्ति शयर गर्ने ठाउँ र विद्यार्थीका निम्ति अनुसन्धान गर्ने ठाउँ, जति ज्ञान किताबबाट पाइन्छ त्यो भन्दा बढी ज्ञान प्रत्यक्ष अवलोकनबाट पाइन्छ । सायद त्यही भएर होला शैक्षिक अवलोकन भ्रमण प्राथमिकतामा पर्दछ । म शिक्षक भएको हुँदा विद्यार्थीहरुको साथमा वि.स. २०८२ कार्तिक २१ गते शैक्षिक भ्रमणको अवसर मिल्यो। हामी ३६ जना विद्यार्थीहरुको साथमा भ्रमणके तीन जना शिक्षक साथीहरू थियौ । नेपालकै ज्ञानभूमि, तपोभूमिको सुन्दर जिल्ला तनहुँको व्यास नगरपालिकाको साँगे फाँटमा अवस्थित जनजुक्त शाही मा. वि. प्राङ्गणबाट हाम्रो यात्रा सुनौलो विहानी सँगै ६ः०० बजेबाट सुरु भयो । मेरो मनमा निकै अटेसमटेस उद्वलन थियो। मुस्ताङ जिल्ला को मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मेरो रहरले सार्थकता पाउने अर्थमा म अत्यन्तै हर्षित थिएँ ।
हाम्रो यात्राको प्रारम्भ निकै रमणीय र मनोरञ्जनपूर्ण थियो । यात्रा गर्दैगर्दा गाडिभित्रै विविध सांस्कृतिक प्रतिभाहरू प्रस्तुत भइरहेका थिए । सबैको मन चङ्गा झै फुर फुर थियो । हाम्रो यात्राको पहिलो विन्दु बाग्लुङ कालिका मन्दिरको दर्शन थियो । कास्कीको लुम्लेमा पुगेर केही सामान्य चिया खाजा खाएर विहानको ९ः३० मा यात्रा सुरु भयो । ११ बजे हामी बाग्लुङ कालिका मन्दिर परिसरमा पुग्यौं । त्यहाँ थुप्रै भक्तजनहरुको आगमन थियो। मन्दिरको प्राङ्गणमा पाइला राख्ने अवसर मिल्दा साह्रै खुसी थियो। कालीमाताको दर्शन गरी केही तस्बिर लिएर हामी
निस्कियौं । त्यसपछि म्याग्दीको गलेश्वरधाममा हाम्रो यात्राले विश्राम लियो, होटल ताजमहलमा हाम्रो खाना खाने मेसो थियो । कालीगण्डकीको तीरमा रहेको त्यो होटल भित्र निकै ज्ञानवर्धक पोस्टरहरू टाँसिएका थिए । दिउँसो २ बजेतिर त्यस होटलबाट बिदाइ हुँदै हाम्रो यात्रा मुस्ताङतर्फ अगाडि बढ्यो । मुस्ताङसम्म पुग्दै गर्दा म्याग्दी जिल्लासम्मको बाटो अलि खतरा युक्त रहेछ । कालीगण्डकीको तिरै तिर हिड्दै गर्दा देशका भौगोलिक बनोटका दृश्यले मनलाई आनन्द दिइरहेको थियो । मुस्ताङ्रु जिल्ला को हावा, पानी र भौगोलिक बनोट नै अलि फरक रहेछ । लेतेडाँडामा गाडी रोकेर हामीले केही क्षण विश्राम लियौं । हिमालको सुन्दर दृश्य हेर्नलाई उपयुक्त त्यस ठाउँमा केही तस्वीर लिएर यात्रा सुरु ग¥यौ । मुस्ताङको भौगोलिक बनोटले मनलाई निकै आल्हादित बनाएको थियो भने गाडी भित्र विद्यार्थीहरूको प्रतिभाको प्रस्तुती पत्नी उत्तीकै रमाइलो थियो । यी नजरले भित्र बाहिर कता रोज्ने अन्योलमा परेको थिएँ म । साँच्चिकै नेपाल त प्रकृतिले दिएको अनमोल उपहार नै रहेछ भन्ने कुरा मेरो मनमा प्रमाणित भइरहेको थियो । बेलुकी ५बजे हामी मार्फा गाउँ पुग्यौ । होटलमा बस्ने व्यवस्था मिलाएर हामी त्यहाँको प्रसिद्ध गाउँ जेरी गल्लीको रमणीय दृश्य नियाल्न पुग्यौ । पुराना ढुङ्गा बाट बनेका घर, स्याउ बारी घुम्यौ । हिमाली मौलिक बस्तुको विक्री केन्द्र रहेछ मार्फा गाउँ । पैदल यात्राद्वारा त्यस गाउँ घुमेर आई होटलमा खाना खाइ केही रोचक सांस्कृतिक प्रस्तुतीद्वारा रमाइलो सित त्यो दिनलाई विदाइ गर्यौं ।

भोलिपल्ट यात्राको दोस्रोदिन विहान ६ बजे नित्य कर्म सकेर चिया खाई हाम्रो यात्रा मुक्तिनाथ मन्दिरसम्मको लागि अगाडि बढ्यो । कालीगण्डकीको किनारै किनार जोमसोम हुँदै कागवेनी अवलोकन ग¥यौं । पृथक भौगालिक बनोट, सुन्दर भूमिले मेरो मन लोभ्यायो । कागवेनीमा मुक्तिधार र पातालगंगाको पानी मिसने ठाउँ धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । जुन ठाउँमा हिन्दु धर्मावलम्बीहरुले पितृहरुको मोक्ष प्राप्तीको लागि श्राद्ध गर्नु हुन्छ । त्यस ठाउँबाट अपर मुस्ताङ जाने र मुक्तिनाथ जाने दुई बाटोमा एक बाटो रोज्दै हाम्रो यात्रा मुक्तिनाथ तर्फ
लाग्यो । २ कि.मि. यात्रा पछि विशाल पार्कमा गाडी अडियो । त्यस पार्कको मध्य भागमा विशाल शालग्राम सजाएर राखिएको रहेछ । शालग्रामलाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्दछन् ।
चिसोको अनुभव, विशाल चट्टानको दृश्य, चारैतिर हिमाल र हिउँका थुप्राको दृश्य अवलोकनसँगै बढेको हाम्रो यात्रा मुक्तिनाथ पुगेर रोकियो। होटलमा खानाको बन्दोवस्त गरी केही समय पैदल उक्लदै हामी मन्दिर परिसरमा पुग्यौ । ३जना विद्यार्थीलाई लेक लागेको अनुभव भयो । जसकारण धेरै समय मन्दिरमा बस्न सकिएन। मुक्तिनाथलाई मुक्ति क्षेत्र भनिने रहेछ । जहाँ १०८ धारा, एउटा पाप कुण्ड र एउटा धर्म कुण्ड रहेछ । त्यहाँ स्नान गर्दा पॉप नष्ट भई धर्म प्राप्त हुने जन विश्वास छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तिर्थ स्थल मानिने यो क्षेत्र समुन्द्री सतह देखि ३८०० मि. उचाइमा रहेको छ । हिन्दुहरुले मुक्ति क्षेत्र तथा बौद्ध मार्गीहरुले तिब्बती भाषामा छर्मिङ ग्याप्सा अर्थात सय पानी भन्ने गर्दछन् । बैष्णव समुदायको पनि’ प्रमुख मन्दिर मानिने यो मन्दिर शालिग्राम भगवानको लागि पनि प्रसिद्ध तिर्थस्थल हो । यस मन्दिरमा दिनको हजारौको संख्यामा भक्तहरूको उपस्थिती देख्दा मलाई साह्रै खुसी लाग्यो १०८ धारा र मन्दिरको विषयमा त्यहाँको पुजारीसँग केही प्रश्न सोध्ने जिज्ञासा जाग्यो । प्राचिन कालमा भगवान विष्णुले त्यहाँ तपस्था गर्नुभएको रहेछ । तपस्या गर्दा गर्दै शरीरको तापक्रम बढेर गालाबाट पसिनाको धारा छुटेर तिनै पसिनाबाट गण्डकी नदी उत्पत्ति भुई १०८ धारा निर्माण गरिएको कुरा बताउनुभयो । यहाँको शिला विभिन्न देशका मन्दिरमा पनि सुरक्षित राखिएको कुरा सुन्दा साँच्चै हाम्रो देश त भगवानले दिएको एक वरदान हो भन्नेकुरा प्रमाणित भयो । मन्दिर परिसर अवलोकन गर्दागर्दै हामी दिउसो १२ बजे मन्दिरबाट बिदाइहुँदै तल झरेर खाना खाई हाम्रो यात्रा धुम्बालेक अवलोकन तर्फ अगाडि बढ्यो । त्यो सुन्दर भूमिमा अवस्थित धुम्बालेक निकै कञ्चन, निर्मल र आकर्षक रहेछ । सफा निलो पानीले मनलाई निकै आकर्षण ग¥यो । त्यो सुंदर दृश्यलाई हृदयमा राख्दै केही तस्विर लिएर हाम्रो यात्रा मुस्ताङलाई बाई बाई गर्दै अगाडि बढ्यो । म्याग्दी जिल्लाको तातोपानी कुण्डमा हाम्रो यात्रा रोकियो । त्यस कुण्डमा स्नान गर्नपाउँदा मुस्ताङको चिसो सबै पखालेको अनुभूति भयो । स्नानपछी थोरै अगाडि गुलेश्वर धाममा आसर हाम्रो यात्राले विश्राम लियो ।
यात्राको तेस्रो दिन नित्यकर्म पछि विश्वकै अलौकिक मन्दिर गलेश्वर धामको दर्शन बाट हाम्रो यात्रा सुरुवात भयो । साँच्चै एउटा शिलाबाट निर्माण गरिएको त्यस मन्दिरको पनि छुट्टै विशेषता रहेछ । भगवान शिवको पूजा गरिने त्यस मन्दिर माता सतीदेवीको गला पतन भई उत्पत्ती भएको जनविश्वास रहेछ । त्यस पछि हाम्रो यात्रा बाग्लुङको शालीग्राम संग्राहलयतर्फ अगाडि बढ्यो । विभिन्न ठाउँका शालीग्राम राखिएको त्यस संग्राहलयमा अनौठो कला र शैलीमा ढुङ्गा र काठबाट निर्माण गरिएको मन्दिर रहेछ । त्यसपछि बाग्लुङ पञ्चकोट, गण्डकी स्वर्णीम झुलामा केही क्षण रमाउँदै बाग्लुङ जिल्लालाई बिदाइ गर्दै पर्वत जिल्लाको मालढुङ्गामा रहेको सहस्र धाराको दृश्य अवलोकन तर्फ अगाडि बढ्यौ । पर्वतको सुन्दर बजार कुस्माको बञ्जीसाइडमा खाना खाएर केही क्षण रमाइलो गर्दै हाम्रो यात्राले पोखराको फेवातालमा विश्राम लियो । सूर्यले बिदाइ गर्दै सन्ध्याले पच्छ्याइ रहेको त्यस समयमा हामी फेवातालको मनोरम दृश्यमा लड़ीबुडी गर्दै बोटिङ ग¥यौं । तालबाराही मन्दिरको. दर्शन पश्चात हाम्रो यात्रा अगाडि बढ्यो । राती ८ बजे हाम्रो ३ दिने यात्रा ज्ञानवर्धक र मनोरञ्जनात्मक तरिकाले समापन भयो ।
