
छोरी भइ जन्म लियौ पछि भयौ नारी
घर फेरियो थर फेरियो भयौ बुहारी
संसारको श्रृष्टी कर्ता ममताकी खानी
सबको पेट भरेर नै बन्छिन आफू रानी
गृहणी हो मुख्य पेसा डाक्टर पाइलट भएपनि
छैन उनको कदर कतै जति पिडा सहेपनि
प्रशंसाकी भोकी उनी मायामा नै लजाउँछिन
भित्र बाहिर सिर्जनाले गृहस्थी सजाउँछिन
नारी आमा, मकन ममता प्यार दिन्छिन अपार
हाँसो भर्छिन हरपल खुसी छर्दै सुन्दर मुहार
नारी छोरी मगमग फूली दिव्य छर्छिन सुवास
सीता, भृकुटी, पारिजात नाम प्यारो छ खास
लिन्छिन पीडा अतिशय खपी वाध्यतामा परेर
बाँच्छिन नारी पलपल मरी लास जस्तो बनेर
गृहस्थी समाल्ने जिम्मा उनकै काँधमा छ
थोरै बाटो मोडियो भने जीवन दोसाँधमा छ
चौकोमा मात्र नबस उठ अब आँट लिएर