
कास्कीको पोखरा महानगरपालिका वडा नं २२, पुम्दीभुम्दी (पुम्दीकोट) मा रहेको महादेवको मूर्ति । यो नेपालकै दोस्रो ठूलो महादेवको मूर्ति हो । नेपालको पहिलो ठूलो महादेवको मूर्ति काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने ’साँगा’मा रहेको छ । सांगामा रहेको कैलाशनाथ महादेव उचाइः यो मूर्ति १४३ फिट छ । भुमेश्वर महादेवको मूर्ति आफैमा ५१ फिट अग्लो छ । तर, यसको आधार सहित गणना गर्दा यसको कुल उचाइ १०८ फिट पुग्छ । मूर्तिको वरिपरि १०८ वटा शिवलिङ्ग र एउटा विशाल डमरु पनि स्थापना गरिएको छ । शिवभक्तहरूका लागि यो एउटा महत्वपूर्ण आस्थाको केन्द्र बनेको छ । विशेषगरी महाशिवरात्रि र साउन महिनामा यहाँ विशेष पूजा र मेला लाग्दछ । पोखराको फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित हुनाले यो धार्मिक र प्राकृतिक पर्यटनको संगम स्थल बनेको छ । यसले पोखरा आउने पर्यटकहरूको बसाइ लम्ब्याउन मद्दत गरेको छ । समुद्री सतहबाट करिब १,५०० मिटर उचाइमा रहेको यो शान्त स्थल ध्यान र योगका लागि उपयुक्त मानिन्छ । दैनिक हजारौंको संख्यामा आउने आन्तरिक तथा वाह्य पर्यटकले पुम्दीकोट गुल्जार बनेको छ । तस्वीरः रमेश विकल
