मुलुकमा अग्रगामी छलाङ मारी क्रान्तिकारी परिवर्तन गर्ने कबूल गरेपछि नेपाली जनताले दुई तिहाई बहुमत सहित सत्तारोहण गराएको बलियो सरकार छ । तर नेपाली स्वाभिमान धरापमा पर्दै गएको छ । सिंगापुर जस्तो देश बनाउने सपना बोकेर सत्तामा पु¥याएका नेताहरु नेपाली राष्ट्रिय स्वाभिमानलाई नै दाउमा राखेर सत्तामा टिकीरहने प्रयन्त गरेको देख्दा सदियौं देखिको नेपाली पहिचान, मौलिकता र स्वाभिमानमा गर्व गर्ने नागरिकहरुलाई दुई तिहाई बहुमत सहितको क्रान्तिकारी सरकारले आश्वस्त पार्न सकेको छैन ।
विदेशीले संविधान जारी नगर्न दिएको दवावका वावजुद संविधान जारी गर्ने, नाकाबन्दिका बेला विदेशी शक्ति सामू नझुक्ने, नेपाली नक्साबाट अकारण हटाइएको नेपाली भूमि समेटीएको नक्सा सार्वजनिक गर्ने सरकारप्रति जनता धेरै आश्वस्त हुँदै आएका थिए । तर पछिल्ला दिनमा ति सबै विदेशी स्वार्थपूर्ति गर्ने प्रयोजन र सत्ता टिकाउनका लागि विदेशी इशारामा नेपाली जनता झुक्याउन गरिएको जालप्रपञ्च मात्र रहेछ भन्ने पछिल्ला गतिविधि र लम्पसारवादले पुष्टि गर्दै जान थालेको छ ।
ओली राष्ट्रवादलाई होलीवाईन प्रकरणबाट प्रश्न खडा भएको थियो । विस्तारै पछिल्ला दिनहरुमा एक पछि अर्का घटनाले ओलीको राष्ट्रवाद विदेशी स्वार्थपूर्तिका लागि रहेछ भन्ने तरकारीमा प्रयोग भएको विषादी परिक्षण हठात् भारतीय दूतावासको पत्रबाट रोकिनु, संविधान संसोधन गरेर, सांसदहरुको लोगो परिवर्तन गरेर, निसान छाप परिवर्तन गरेर प्रमाणिकरण गरिएको नेपालको नक्सा पाठ्यपुस्तकमा राख्नबाट रोक्नु, देश र जनतालाई गलत सूचना दिएर कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्थाका प्रमुखसंग गोप्य भेटवार्ता गर्नु जस्ता धेरै प्रकरणबाट छर्लङ्ग हुँदै गएको छ । वर्तमान सरकारको यही कार्यशैलीले धरापमा परेको नेपाली स्वाभिमान, पहिचान र जनआन्दोलनबाट प्राप्त लोकतन्त्रक बचाउन अब फेरी नेपाली जनता एक पटक संगठित हुन परेको छ ।
सदियौंदेखि नेपाली वीर पुर्खाले बचाएको नेपाली स्वाभिमान, पहिचान र मौलिकता बचाउन राजनीतिक परिवर्तन पछिको नेतृत्व असफल भएको छ । नेपाली जनताले सुझबुझका साथ अब विदेशी सामू राष्ट्रको विभाजित परराष्ट्र नीति नदेखाउने, मुलुक र मुलुकवासीको मौलिक अधिकार, नागरिक अधिकारको रक्षा गर्न सवल, सक्षम, जनउत्तरदायी नेतृत्व सुभबुझ र सजगताका साथ चयन गर्नु पर्नेभएको छ ।
धरापमा परेको स्वाभिमान
previous post