राज्यका निकायमा नेताहरुद्वारा लिइएको अनैतिक नितिको कारण भय र त्रास पैदा भएको छ । राज्यसत्तामा शक्तिकेन्द्रको विकास गरेर, आर्थिक अस्तव्यस्तता सृजना गरेर आफु सुरक्षित भएको महसुस गरेका छन् । पद र पैसामा लोभ्याएर आफ्नो सत्ता प्राप्त गर्न र जोगाउन मरमज्दुर प्रयास गरेका छन् । राज्य संस्थामा विश्वासको कमि आएको छ । नेताहरुले नै कानुनको शासनप्रति विश्वास गरेका छैनन् । खराब खेलहरु मार्फत राज्यका निकायका अधिकारलाई सिमित पारेका छन् । विकास निर्माण योजनामा प्रभावकारी प्रशासनयन्त्रको प्रयोग नगरि आफ्नो फाइदाको निम्ती प्रयोग गरिरहेको छन् । अस्तिवको राजनितिले शासनको स्थायित्व कायम हुन सकेको छैन ।
सबै नागरिकमा कानुनप्रतिको वफादारिता हुनुपर्ने हो । असल शासकमा धैर्यता, बुद्धिमत्ता, र उद्यमशिलता जस्ता गुण हुन अनिवार्य छ । शासकसँग नागरिकलाई मार्ने हतियार होइन, धैर्यताको हतियार हुन आवश्यक छ । ज्ञान र विवेकले मात्र न्याय र समानता स्थापित गर्न सक्दछ । अपराध गर्ने मानिसलाई लज्जित अनुभूति गराएरै अपराधलाई दुरुत्साहित गर्नुपर्दछ । आजकाल अपराध गर्ने मानिसलाई पिडा दिने होइन, यदि दिइयो भने उसको व्यक्तिगत स्वतन्त्रता वा मानवअधिकारको हस्तक्षेप हो भन्ने बुझिन्छ । वर्तमान समयमा विश्वमा अपराध गर्ने व्यक्तिको उपचार र बचाउनको लागि चिकित्सक (डा) खटाइएका छन् ।
कारावासको सजायले व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई कुन्ठीत पार्दछ । सजाय दिनको लागि खटिएका राज्यका निकायका पदाधिकारी पनि अपराधीको चालकशक्तिको रुपमा वा अपराधि नै हुन भन्ने अर्थमा बुझ्न सकिन्छ । शक्ति सम्बन्धले शरीरमाथि लगानी गर्ने, यसको अध्ययन गर्ने, यसलाई तालीम दिने, पिडा दिने, काम गर्न बाध्य बनाउनेजस्ता दबाबहरु सृजना गर्दछ । बर्तमान विश्वसमुदायले हिंसा र आतंकको प्रयोगलाई अस्विकार गर्दछ । शक्ति अभ्यास गरिने चिज हो, स्वामित्व ग्रहण गरिने चिज होइन । शक्ति र मानिस वा जनताको सम्बन्ध समाजको गहिराइसम्म पुगेको हुन्छ । शक्तिको जटिल सम्बन्ध हुन्छ, यसको निर्माण निरन्तरताको बिचबाट हुन्छ । शक्तिले ज्ञानलाई जन्माउँदछ । (Power Produces Knowledge) । यसर्थ शक्ति र ज्ञान सम्बन्धको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । बर्तमान सरकारका नायकहरुमा यस्तो चिन्तन गर्ने र गहिराइसम्म अध्ययन गर्ने क्षमता नभएकै कारण घडिको सुई उल्टो दिशातर्फ घुमेझैं यो सरकार त्यस्तै गतिमा अगाडि बढीरहेको छ । जनतामा आशाका किरणहरु कहिकतै छैनन् ।
मतसर्भेक्षण गर्नुहोस नतिजा आइहाल्दछ । अब भनौं देश र समाज आज कहाँ छ रु सुझाव पेश गर्ने व्यक्तिले के भन्दैछ र सुझाव लिने व्यक्तिले कसरी बुझ्दैछन यसको विश्लेषण गरौं नतिजा आइहाल्दछ । वर्तमान समयमा सरकार बाहिर रहेका शक्तिले के माग गरिरहेका छन् रु त्यसलाई बुझ्नतर्फ नलागेर निषेधको घोषणा गर्नु मुर्खताबाहेक केही हुँदैन । प्रजातन्त्रको पहरेदारको रुपमा बौद्धिक व्यक्ति विश्लेषण गरिरहेको छन् । तसर्थ वार्ता, छलफल, समन्वय, संवाद, अन्तरक्रियाको माध्यामबाट निश्कर्ष निकाल्दा समाजले फेरी अर्को पिडा भोग्नु पर्दैन र शान्ति र स्थीरताको बाटो पहिलिन्छ ।
विकासका फूलहरु ग्रामिण झुप्राबस्तीमा र गरिब दुरदराजमा बस्ने गरिबहरुको घर घरमा फुलाउन निकै ढिलो भैसकेको छ । नेताहरुले गरेको शोषण, दमन, अन्याय, अत्याचार, झुट्टा आश्वासनले जनता आक्रान्त भएका छन् । देश निर्माण गर्ने युवालाई स्वदेश भित्र्याएर नेताहरुलाई विदेशी भूमिमा शरणर्थी बनाउन बाध्य हुने दिन आउन नदिंदा राम्रो होला कि रु समयमै सुधारका बाटाहरु पत्ता लगाउनुहोस् । शुभकामना १