नेपालमा अधिराज्यको अति दुर्गम गाउँ भोजपुर जिल्लामा जन्मेका दुर्गा प्र. भट्टराई तनहुँ जिल्लाको हालको म्याग्दे गाउँपालिका वडा नं २, जामुनेमा जन्मेका मुक्तिनाथ २०३४ सालमा अध्ययनको शिलशिलामा महाराजगञ्ज क्याम्पस काठमाण्डौंमा हेल्थ असिस्टेन्ट पढ्ने क्रममा भेट भएका र दुबै जना होस्टलमा संगै बस्ने सहपाठी हुन् । प्रमाणपत्र तह उत्तिर्ण गरि जागिरको क्रममा मुक्तिनाथ पण्डित पश्चिमतिर लागे भने दुर्गा प्र. भट्टराइ केही समय काठमाण्डौं बाहिर पूर्वतिर लागे र पछि काठमाडौंमा नै आफ्नो कार्य थलो बनाए । दुबै जनाले त्रि.वि.वि.बाट स्नातक तह प्राइभेट उत्तिर्ण गरि दुर्गा प्र. भट्टराइ वाणीज्य व्यवस्थापन बिषयमा मिन भनव क्याम्पसमा स्नातकोत्तर तह अध्ययनगरि प्रथम श्रेणीमा प्रथमस्थान हासिल गरि सोही कलेजमा अध्ययन शुरु गरे । केही समयपछि परराष्ट्र मन्त्रालयको शाखा अधिकृतमा प्रथम स्थानमा उत्तिर्ण भइ नेपाल सरकारको परराष्ट्र सेवामा प्रमोसन हुँदै सचिवसम्म कार्य गर्नु भयो । तत्पश्चात नेपाल सरकारका अति विशिष्ट प्रतिभाका धनि दुर्गा प्र.भट्टराइ पुनः नेपाल सरकारको तर्फबाट संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधी (United Nations-Permanent Representative from Nepal) को रुपमा आफ्नो कार्यकाल पुरा गरि विश्वसमुदायमा नेपाललाई अग्रस्थानमा पु¥याउन अतुलनिय योगदान दिन सफल रहनुभयो । जसको कार्यकालका कार्यहरु नेपाल र नेपालीका लागि ठूलो सम्पतिको रुपमा स्विकार्दा कुनै अत्युक्ति नहोला । बैदेशिक ज्ञानका भण्डार विशिष्ट प्रतिभाका धनि भट्टराइ श्रीलंका र माल्दीभ्सका लागि कुटनैतिक सेवा राजदुतको रुपमा (Ambassador) समेत कार्य गरि विश्व समुदायमा देशको शिरलाई सगरमाथाको उचाइमा पु¥याउनु भएको योगदान कसैले नकार्न सक्दैन ।
त्यस्तै तनहँु जिल्लाको दुरदराज अति गरिब परिवारमा जन्मीएका मुक्तिनाथ पण्डित नेपाल सरकारको अधिकृतस्तरको सेवामा कार्य गर्नुका साथै तनहुँको आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा बिहानी समयमा अर्थशास्त्र विषयमा प्रध्यापन गर्नुहुन्थ्यो । निज पंडितले अर्थशास्त्र विषयमा प्रथम श्रेणीमा–स्नातकोत्तर उतिर्ण गर्नु भएको छ । निज पण्डितले १४ वर्षसम्म उक्त क्याम्पसमा अर्थशास्त्र विषय अध्यापन गराउनु भएको थियो । हाल यि दुबै व्यक्तित्व सेवा निवृत्त हुनुहुन्छ । यि दुबै व्यक्तित्व ३९ वर्ष पछाडि एकआपसमा काठमाण्डौंको भृकुटिमण्डपस्थित पुस्तकालयमा भेट भएर देशको समसामायिक अवस्थाको बारेमा विश्लेषण र विवेचना गर्नुभएको थियो । मुक्तिनाथ पण्डित बर्तमान समयमा देशको समसामायिक अर्थव्यवस्थाको बारेमा लेख–रचना तनहुँ आवाज पत्रिकामा लेखिरहनु हुन्छ । नेपालले २१औं शताब्दीको जनताको आर्थिक स्थिति सुधार गर्न– जनताको मागलाई सम्बोधन गर्न Macro Economic National Development Plan एबिल निर्माण गरि देश विकासको अभियानमा जुट्न सम्पूर्ण देशवासी दाजुभाइ, दिदीबहिनी, शिक्षक, प्राध्यापक, विद्यार्थी, बुद्धिजीवीवर्गलाई आह्वान गर्नु हुन्छ । यो विकासको नविनतम मोडेल हो । जुन नेपालका शान्तिकामि जनताले चाहेका छन् । नेपाल विश्वमा सगरमाथाको देश, बुद्ध जन्मिएको देश, विर गोर्खा सैनिकको देश, विश्वपर्यटनको प्रथम सूचिमा रहेको देश– आर्थिक सम्वृद्धिमा पनि प्रथम स्थानमा रहेको दावी गर्नुहुन्छ । देशको आर्थिक सम्वृद्धिलाई सगरमाथाको काम गर्न नपाएको चिन्ता व्यक्त गर्नुहुन्छ । नेपाल र नेपालीको मानसम्मान इज्जत, प्रतिष्ठालाई विश्वमै नमुना बनाउन अझै बढि मेहनत र कर्म गर्नुपर्ने उहाँहरु दुबैले बताउनु हुन्छ ।