-छविदीप आले
हिजो नेपाली मिति अनुसार मंसिर १७ गते अन्तर्राट्रिय मिति अनुसार डिसेम्बर २ तारिखको दिनलाई अन्तर्राटिूय दासत्व उन्मूलन दिवसको रुपमा संसारभर
मनाईन्छ । हिजोको दिजलाई अन्तर्राट्रिय दासत्व दिवसको रुपमा मनाइनुले प्र्रष्ट रुपमा के संकेत गर्छ भने मानव सभ्यताको विकास क्रममा दास प्रथापनि कुनै समय अस्तित्वमा थियो । मानिसद्वारा नै मानिसलाई शारीरिक रुपमा बन्धक बनाएर दास बनाउने प्रचलन थियो । निरिह र शक्तिहिन मानिसहरु विना कुनै पारिश्रमिक जीवनभर मालिकको जी हजुरी र सेवा गर्न बाध्य थिए । हिजोको दिनमा कयौ मानिसहरुको हैसियत भनेको आज हाम्रो गोठमा बाँधिएका पाल्तु जनावरको भन्दा बढी थिएन । उनीहरुको इच्छा र भावनाको कुनै मोल थिएन । उनीहरुको कुनै सम्मान थिएन । तर आज समय धेरै परिवर्तन भईसकेको छ । ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यता जतिबेला मानिसहरु फिरन्ते जङ्गली पारको जीवन जिउँथे । आज २१ औं शाताब्दीमा आइपुग्दासम्म यसमा धेरै परिवर्तनहरु आएको छ । आजको दिनमा उभिएर हिजोलाई नियाल्ने हो भने मानव सभ्यताको विकास क्रममा त्यति जर्जर भयानक र निन्दनिय दिनहरु प्नि थिए भनेर विश्वास गर्न मुस्किल पर्छ । आजको दिनसम्म आईपुग्दा मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणी सावित गरीसकेको छ । मानिसहरु शिक्षित भएका छन् । चेतानाको विकास भएको छ । मानिसहरु समाजमा स्थापित छन् । नीति नियम र कानुनको निर्माण गरेका छन् । अधिकारहरु स्थापित गरेका छन् । मानिसहरु आफ्नो समाज र राष्ट्रले निर्माण गरको नियम र कानुनको परिधिभित्र रहेर आफ्नो अधिकारहरुको उपभोग गर्दै जीउन स्वतन्त्र छन् । आजको मितिमा कोही कसैको दास बन्न बाध्य छैन । हिजोको दिनमा जस्तो कसैले कसैलाई दास बनाएर राख्न सक्ने अवस्था छैन । तर पनि दासत्व हाम्रो समाजबाट अझै उन्मूलन भैसकेको छैन । शारीरिक दासत्व त सकियो तर त्यो भन्दा पनि भयानक दासत्व हाम्रो समाजमा बाँकी छ । अझै मौलाउँदो अवस्थामा छ, त्यो हो बौद्धिक दासत्व र राजनीतिक दासत्व हो । विश्व इतिहासलाई अध्ययन गर्ने हो भने प्रायः सबै मुलुक कुनै न कुनै कालखण्डमा दास प्रथाबाट गुज्रिएका छन् । चाहे त्यो कुनै अविकसित, अशिक्षित राष्ट्र होस् या विश्वको पहिलो शक्ति राष्ट्र अमेरिका । अहिले अमेरीका विश्वको पहिलो शक्ति राष्ट्र भएपनि यहाँको इतिहास काला जाति र गोरा जाति बीचको विभेद गोरा जातिले काला जातिलाई दास बनाउने गरेको कुार संसार सामु छर्लङ्गै छ । आजकै मितिमा पनि अमेरीकाले आफुलाई विश्वसामु जसरी प्रस्तुत गरेपनि काला र गोराबीचको विभेद अझै अमेरीकामा छ । भलै विगतमा जस्तो दास नै बनाएर नराखिएको होस् । नेपाल आफै पनि दास प्रथाको तीतो र नमिठो यथार्थबाट गुज्रिसकको छ । राणा शासनको बेला नेपालीहरुको जीवन कुनै दासको भन्दा कम थिएन । इतिहास साक्षी छ,राणाको मर्जि बेगर सास लिन पनि पाईँदैनथ्यो । पञ्चायत कालमा गाउँका २, ४ जना पञ्चहरुबाहेक अरु नागरिकको जीवन त दासकै सरह नै थियो । माओवादी युद्धको समयमा पनि नेपालीहरुको जीवन दासको भन्दा कम थियो र ? माओवादीले ने भन्यो त्यही ठिक, जे गर भन्यो त्यही गर्नुपर्ने, चुईक्क बोल्नसम्म पनि नपाईने । स्वतन्त्रता भन्ने कुरा आकाशको फल हो कि एकादेशको कथा जस्तो
थियो । जसलाई चाह्यो मा¥यो । बलात्कार ग¥यो । सम्पत्ति कब्जा ग¥यो, अपहरण ग¥यो, यातना
दियो । यो कुनै दासत्व भन्दा कम थियो र ? विशेष गरी तराई मधेशकै क्षेत्रबाट स्पष्ट रुपमा दासप्रथाको आन्त्य भएपनि सामाजिक रुपमा दास प्रथा यदाकदा अझै बाँकी छ । कानुनको डरले चप लागेपनि मनमनै आफुले आफुलाई मालिक सम्झने र त्यही अनुसारको सम्मान खोज्नेहरुको सम्मान खोज्नेहरुको कमि छैन हाम्रो समाजमा । राजनीतिक रुपमा पनि दुइ चार जना नेता भनाउँदा ठूला मालिक र तिनको हुकुम लागू गराउने छोटे मालिकहरुको कमी त कहाँ छ र देशमा ? हामी सबै तिनको रमिता र चर्तिकला हेरिरहेका, सहिरहेका त छौं ।
आज संसारको धेरै देशहरुबाट दास प्रथा उन्मूलन भइसकेको छ । नेपालमा पनि कानुनी रुपले दास प्रथा उन्मूलन भइसकेको छ । अब काहीँ मालिक र नोकर छैन । हामी स्वतन्त्र छौं । हामी स्वयम नै मालिक हौं । कानुन त हामीले कसैको जि हजुरी गर्नुपर्ने आवश्यकता छैन । हामीलाई हाम्रो संविधानले कानुनको दायरामा रहि आफ्नो हक अधिकारको उपभोग गर्दै स्वतन्त्र रुपले जीउने स्वतन्त्रता दिएको छ । हामी माथि अंकुश लगाउने, हुकुमत जनाउने कोही छैन र पनि हामी दास हौं । हो आज पनि तपाई हामी सबै दास नै हौं । दासत्वको प्रकार फेरियो, दास बनाउने तरिका फेरियो तर पनि हामी दास नै हांै । हिजो मानिसले मानिसलाई शारीरिक रुपमा दास बनाउँथ्यो आज बौद्धिक रुपले दास बनाएको छ । मानसिक रुपले दास बनाएको
छ । कैयन अवस्था हामी आफ्नै गलत सोच र विकृत मानसिकताको दास पनि बनेका छौं ।
एकपटक सोचौं त हामी दैनिक कति पटक आफ्नो मोवाईल, ल्यापटप वा कम्प्युटर चलाउँछौं । कति कामको
लागि ? कति त्यत्तिकै ? सोचौं त मोवाईल र इन्टरनेट विना हामी कति दिन रहन सक्छौं ? मुखले सहज जवाफ दिएपनि यथार्थमा हामी मोबाईल र इन्टरनेट बीन एकछिन् पनि रहन सक्दैनौं । हिजो मोवाइल इन्टरनेट नहुँदा हामी कति स्वतन्त्र थियौं ।
हामीसंग कति धेरै समय हुन्थ्यो ? तर आज हामी मोवाईल र इन्टरनेटको गुलाम बनेर बाँचिरहेका छौं । प्रविधिको विकास हुन राम्रो हो । प्रविधिसम्म आफ्नो पहुँच हुनु झन राम्रो कुरा हो तर कति कुरा ख्याल गर्र्नुपर्छ भने प्रविधिलाई हामीले चलाउने, प्रयोग गर्ने हो । प्रविधिले हामीलाई नचलाओस् । अहिले हामीलाई एकछिन् फुर्सद हुनु हुँदैन मोबाइल खोली हाल्छौं । फेसबुकमा कसले के लेख्यो ? इन्सटामा के छ ? कसले के ट्वीट ग¥यो ? कसैको नयाँ टिकटक आएको छ कि ? यीनै कुराहरुमा हामीले दैनिक धेरै समय खर्चिरहेका हुन्छौं । मेरो आशय यी कुराहरुमा चासै दिनुहुन्न भन्ने होइन तर एउटा सीमा त हुनुप¥यो । अनि त्यहाँ भएका राम्रा कुराहरुलाई सिक्न सक्नुप¥यो । तर अहँ हामीले यी कुराहरु खाली आफ्नो अमूल्य समय खेर फाल्नको लागी प्रयोग गर्ने गर्छौै । मानिसहरु भन्छन नि टाइमपास नभएर टाइमपास गरको । हेर्नुस् त हामीले आफ्नो अमूल्य समय खेर फालेर गरको टाइमपासबाट एउटा व्यक्ति अरबौंको व्यापार गरिरहेको छ । हाम्रो मष्तिश्क र दैनिक जीवनमा उसले यसरी कब्जा गरको छ कि त्यो विना हामी बाँच्न नसक्ने भएका छौं ।
गुगलमा नपाइने भन्ने कुरा नै छैन होला शायद । सहि प्रयोग गर्ने हो भने गुगल हाम्रो व्यक्तित्व विकासको लागी राम्रो सहायक बन्न सक्छ । तर हामी गुगलको यति विघ्न गुलाम भएका छौं कि आफैले पढेर खोजेर थाहा पाउन सकिने कुरा पनि गुगलमा सर्च गरौं । हामी आफैले देखे भोगेका सत्य र यथार्थ पपनि हो कि होइन भने प्रमाणित गर्न गुगलमा सर्च गर्छाैं । तर कति साथीहरु भन्छन्, विहान उठेर एकछिन् फेसबुक नखोले त हलुङ्गो हुन ( शौच गर्न ) पनि गह्रो पर्छ । कति साथीहरुलाई दिनमा एकाध घण्टा भएपनि पब्जी खेल्न नपाए खाएको पच्दैन । भान्सामा पाकेको कुखुराको मासु भन्दा पब्जीको चिकन डिनर मिठो लाग्छ । अरुलाई मात्र के भन्नु म आफैलाई पनि फेसबुकमा आएको स्टाटस पढेर लाईक, कमेन्ट नगरे, फोटोमा लाइक कमेन्ट नगरे टिकटकमा २,४ वटा भिडियो नहेरेसम्म के नपुग्या के नपुग्या जस्तो हुन्छ । हेर्नुस त प्रविधिले हामीलाई कसरी आफ्नो वशमा पारिरहेको छ । संसारका अरबौं मानिसलाई २,४ जना मानिसले बौद्धिक रुपमा दास बनाईरहेका छन् । तर विडम्बनाको कुरा यो दासत्वलाई हामीले सहर्ष स्वीकारेका छौं । अझ भनौं यो दासत्वबाट हामी मुक्त हुनपनि चाहँदैनौं ।
यो त भयो कसरी प्रविधिले हामीलाई आफ्नो गुलाम बनाउँदै छ भन्ने कुरा । तर हाम्रो वर्तमान समाजमा प्रविधिको दासत्व भन्दा नि जर्जर र भयानकको अर्काे दास प्रथा छ,त्यो हो राजनैतिक दासत्व । हाम्रो समाजलाई राजनीतिक दासत्वले यति नराम्रोसंग गाँजेको छ कि राजनैतिक दासत्वबाट मुक्त व्यक्ति पाउनु भनेको मुस्कील प्रायः छ । अहिले राजनैतिक दासत्वबाट मुक्त स्वतन्त्र व्यक्ति खोज्न तोरीको बोरामा कोदो खोजे सरह मुस्किल छ । हाम्रो संविधानले हामीलाई वाक स्वतन्त्रता दिएको छ तर हामी खुलेर बोल्न सक्दैनौं । पार्टीको डर जो छ । राजनैतिक पार्टी सधैं एउटा सहि र अर्काे गलत हुन सक्दैन तर आफुले आस्था राख्ने पार्टीले नराम्रो गरेपनि, पार्टी भित्र गलत प्रवृत्ति मौलाए पनि हामी बोल्दैनौं किनभने हाम्रो मष्तिष्कमा राजनैतिक दासत्वले शासन गरको छ । भन्न त हामी भन्छौं, प्रत्येक नेपाली स्वतन्त्र छ तर मलाई लाग्छ, यसमा सत्यता छैन । हाम्रो स्वतन्त्रता केवल संविधानको पानामा मात्रै सिमित छ । आज पनि राज्यमा २,४ जना ठूला ठाला भनाउँदाहरुको कब्जा छ । उनीहरुकै बोलबाला र हाली मुहाली छ । अनि हामी तीन करोड नेपाली जनता ति २,४ जनाको इशारामा नाचिरहेका छौं । तिनै २,४ जनासंग थर्कमान भएर बाँचिरहेका छौं । हाम्रो हालत आज पनि एउटा गुलामको भन्दा माथि भएजस्तो लाग्दैन । एउटा नेताले जे भन्यो हामी हुरुरु त्यसकै पछाडि
दौडिन्छौं । नेताको कुरा सुनेर एक आपसमा गाली गलौज
गछौैं । पिटापिट गर्छाै, जसरी हिजो एउटा गुलामले आफ्नो मालिकको लागि गथ्र्याे । हामी करोडौंको विवेकमा तिनै २,४ जनाको विचारले शासन गरको छ । त्यसैले त हामी विवेक शुन्य भएका छौं । सहि र गलत छुट्याउन नसक्ने भएका छौं । गलत थाहा पाइहाले पनि बोल्न नसक्ने भएका छौं । हामी मध्ये अधिकांश त हाम्रो आफ्नै गलत सोचाई र विकृत मानसिकताको दास भएर बाँचिरहेका छौं । हाम्रो जीवन यथार्थ भन्दापनि देखावटी भएको छ । हामी अरुलाई देखाउनका लागि बाँच्ने भएका छौं । समाजमा आफ्नो खोक्रो आडम्बर र इज्जत देखाउनको लागि बाँच्ने भएका छौं । झुट र भ्रमको सहारामा बाँच्ने भएका छौं । लोभ र लालचमा फसेर स्वार्थी भएका छौं । शक्ति र सम्पत्ती नै हाम्रो लागि सबैथोक भएको छ । कैयन अवस्थामा आफ्नो विकृत मानसिकताको दास बनेर बलात्कार र हत्या जस्ता जघन्य अपराध पनि गरेका छौं । इमान जमान बेचेर भ्रष्टाचार गरेका
छौं । आफ्नो स्वार्थ सिद्धीका लागि जुनसुकै हद पार गर्ने भएका छौं । यसलाई हाम्रो विकृत मानसिकताको दासत्व स्वीकार गरको भन्न मिल्ने कि नमिल्ने ?
हिजो भन्दा आजको समय भिन्दैछ । समाज फेरिएको छ । भोली अझ फेरिने छ । हिजो जो शक्तिशाली थियो, सर्वसर्वा थियो विस्तारै सम्पत्तिवाला सर्वेसर्वा भयो । सम्पत्तीको अगाडि शारीरिक शक्ति निरिह भयो । आज जोसंग शक्ति र सम्पत्ति छ उ सर्वेसर्वा छ । तर कानुनी राज्यमा निमय कानुनले हुने नहुने शक्तिमान्, शक्तिहिन सबैलाई सन्तुलनमा राख्छ । नियम कानुन र संविधानको नियन्त्रण भन्दा पर हुने भनेको हाम्रो सोचाई हो । हाम्रो मानसिकता र सिद्धान्त हो । अरु सबै दासत्वबाट मुक्त भएपनि हामी हाम्रो सोचाइको गुलामीबाट मुक्त हुन सक्दैनौं । किनभने जबसम्म हामी रहन्छौं तबसम्म हाम्रो सोचाइ रहन्छ । त्यसैले हामी हाम्रो सोचाइलाई विकृत हुनबाट जोगाऔं । हाम्रो मानसिकता माथि राजनैतिक दासत्व हावी हुन
नदिउँ । हामी स्वयम पनि स्वार्थी मानसिकताको नबनौं । शारीरिक दासत्व भन्दा बौद्धिक दासत्व अझ खतरनाक हुन्छ । त्यसैले हामीले सदैव प्रयास गर्नुपर्छ कि हामी आफ्नो अरुको कसैको पनि खराब बौद्धिकताको दास नबनौं । हाम्रो मस्तिष्क अरुको गुलामीबाट स्वतन्त्र रहन सकोस् तब मात्र हाम्रो समाज अझ सुन्दर हुनेछ ।