विशेषसम्वाददाता
विश्व मजदुरका मजदुर एक हौं भन्ने नारा लगाईन्छ । तर दलगत भातृसंस्थाको रुपमा दलीय अनुशासनको सीमाभित्र सीमित बनेर मजदुरको नाउँमा शिक्षक, पत्रकार, विभिन्न दलीय भातृसंगठनको स्वरुपमा स्थापित ट्रेडयुनियनहरुले राजनीति गरिरहेका छन् । राजनीतिक भ¥याङ्ग का मजदुरका संगठनहरु कब्जा गरिरहेका छन् । ¥याली, जुुलुस र व्यानरको अग्रभागमा उनै सुकिलामुकिला कथित मजदुरहरु हुन्छन् । वास्तविक मजदुर कर्मक्षेत्रमै खटिएका हुन्छन् । किनकि काम नगरेको दिनमा उनिहरुको चुल्हो बाल्ने सामाग्री जुट्दैन ।
अंग्रेजी मे महिनाको पहिलो दिनलाई अन्तराष्ट्रिय मजदुर दिवसको रुपमा नेपालमा पनि हरेक बर्ष मनाईन्छ । यस बर्ष पनि तनहूँमा समेत मनाइयो ।
नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा पहिचान बनाएको नेपाल ट्रेड युनियन काँग्रेसले अनसन चौतारीबाट पञ्चैबाजाका साथमा प्लेकार्ड, व्यानर, मजदुर संगठनको झण्डा र नेपाली काँग्रेसको झण्डा समेत बोकेर मजदुर नेता, नेपाली काँग्रेसका नेता, कर्मचारी नेता, विभिन्न पेशा व्यवसाय गर्ने मजदुरहरु सडकमा निस्के । पृथ्वीराजमार्ग पुगेर सफा सडक हुँदै झरेको जुलुस नेपाली काँग्रेसको अफिस भएको चोकबाट सिधै नेपाली काँग्रेसको पार्टी कार्यालयतिर मोडियो । ठीक त्यसैगरी पछिपछि प्लेकाण्ड र नारा जुलुसमा आएको नेकपा एमाले निकट नेपाल मजदुर महासंघ (जिफन्ट) सफासडकबाट झरेर एमालेको कार्यालय भएको चोकबाट सिधै एमाले पार्टी कार्यालयमा प्रवेश ग¥यो । दुवै समूहलाई सुरक्षाकर्मिहरुले स्कटिङ्ग गरिरहेका थिए । ताकि यस्ता जुलुसबाट विगतमा जस्तो प्रतिषोधमा हुने तोडफोड सहितका हानीनोक्सानी हुन नपाओस । मजदुर नामका ती समूह जसरी राजनीतिक दलका कार्यालयतिर प्रवेश गरे ठीक त्यसैगरी राजनीतिक आवरणमा विभक्त पत्रकारहरु पनि विभक्त भएर समाचार संकलनमा लागे ।
बर्गिय हकहित र अवसरका पक्षमा संगठित हुन पर्ने यस्ता संगठनहरुले दलका नेताको निर्देशन पालनालाई बर्गिय संगठनको अनुशासन बनाए । आफ्नै बर्गिय हकहित र अवसरलाई गौण बनाए ।
इट्टभट्टामा काम गर्ने, माल बहाक सवारीबाट सामान लोडअनलोड गर्ने अर्थात दैनिक श्रम गरेर कमाइ गर्ने, विदाको दिनमा कमाइ नहुने मजदुरहरुको नाराजुलुस र ¥यालीमा सहभागिता ठम्याउन गाह्रो थियो । मासिक तलव बुझ्न,े पोशाक भत्ता पाउने दशैं भत्ता पाउने अर्थात दैनिक हाजिरी जनाएर सार्बजनिक विदाको दिनको समेत तलव खाने सुकिलामुकिला मजदुरहरूको जुलुसमा सहभागिता अधिक देखिन्थ्यो ।
वास्तविक मजदुरको दैनिकी, तिनका बालबच्चाको दैनिक, शैक्षिक दुरावस्था समेतका बारेमा यस्ता मजुदुर संगठनहरुले ध्यान पुर्याउन पर्दथ्यो ।
१३५औं मजदुर दिवस मनाउँदासम्म दलगत स्वार्थमा प्रयोग भएका ती बर्गिय संगठनहरुले अर्को बर्ष मजदुर दिवस मनाउँदा दलगत स्वार्थमा प्रयोग हुन छोडेर मजदुरहरुका लागि अवसर मुलुक, राहत मुलक बनाउन बनाउन अम्ब्रेला फाउण्डेशनको सहयोगमा एकिकृत हरित विकास नेपालले शिक्षा दिएछन् । म्यादे क्षेत्रको इट्टाभट्टीमा काम गर्ने मजदुरहरुका साठी जना बालबालिकालाई मजदुर दिवसकै दिन शैक्षिक सामाग्री वितरण गरेर त्यो सवक सिकाए ।