तनहुँ आवाज साप्ताहिक २०७५ मंसिर ११ गतेबाट २३ औ बर्षमा प्रवेश गरेको स्थानीय ‘क’ बर्गको स्तरीय पत्रिका भनेर आमपाठक बर्गमा सगर्व बताउँन पाउँदा यो यात्रामा पाएका झेलेका दुःख कष्ट र आर्थिक संकटहरुलाई पनि भुलेर अगाडि बढ्ने प्रेरणा मिलेको छ । गाउँमा बसेर पनि तनहूँ आवाजको निरन्तरताको लागि चिन्तन गर्ने रमेश विकल पत्रिकाको निःशुल्क सहसम्पादकको रुपमा कार्यकारी भूमिका निर्वाह गरेर, प्रभात पोख्रेलले उपसम्पादक र सुनिता श्रेष्ठको लगनशिल भूमिकाले ‘क’ बर्गको यो पत्रिकाले अबका कठिन दिनहरुमा पनि निरन्तरता पाउनेमा पाठक वर्ग, विज्ञापनदाता, ग्राहक, लेखक बर्गहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं ।
पछिल्लो समयमा तनहुँ आवाजमा विना पारिश्रमिक नियमित समय सापेक्ष लेख उपलब्ध गराउनु हुने मुक्तिनाथ पण्डित, विष्णु बराल, हरिभक्त सुवेदी, सम्झना खनालको बौद्धिक खुराकले पनि तनहुँ आवाज साप्ताहिकको स्तरबृद्धिमा साथ दिएको हो भन्ने हामीलाई आत्मबोध भएको छ । साथै गाउँ गाउँमा रहेर नियमित समाचार टिपाउनु हुने बाबुराम खनाल, माधव गिरीहरुले कुनाकन्दराका समाचार सम्प्रेषण गरिदिनु भएकै कारण आज यो तनहुँ आवाजको स्तरबृद्धि भएको हामीलाई सुखानुभूति भएको छ ।
२३ बर्षे यो यात्रालाई प्रारम्भ गर्नुहुने संस्थापक टीमका कमलामोहन वाग्ले, शिव शर्मा, भक्त खनाल, मुक्तिनाथ खनाल, प्रदीप काफ्ले लगायतका सम्पूर्ण सदस्यहरु, विज्ञापनदाता, लेखक, ग्राहक, पाठक लगायत सम्पूर्ण ग्राहकबर्गहरुमा ‘क’ बर्गमा बर्गिकृत हुन सफल भएको सुखद क्षणमा आभार प्रकट गर्न चाहन्छौं । दोश्रो चरणको यात्रा प्रारम्भ गर्न वर्तमान सम्पादकसंग सहयात्रा गर्ने मदन वाग्ले, शिवहरि धितालको मेहनतले तनहुँ आवाजलाई आजसम्मको निरन्तर यात्रा गर्न प्रेरित गरेको हाम्रो निष्कर्ष रहेको छ । त्यसपछिका दिनहरुमा बसन्त कडेल, रविन पौडेल, पवन पौडेल, अमरराज नहर्की, रामहरि तिवारी, नविन पौडेल, विष्णुबहादुर मास्की, लक्ष्मी पोख्रेल, शिवा आले, विष्णु अछामी लगायतका थुप्रै साथीहरुको मेहनत र पसिनाले तनहँु आवाजलाई हुर्काएको हो भन्न पाउँदा हामीलाई गर्व लागेको छ ।
कम्पनी ऐन अन्तरगत दर्ताभई कानुनी अस्तित्व ग्रहण गरी संस्थागत अस्तित्वका साथको यात्रा गर्न प्रेरित गर्ने सरोज पोख्रेल, अन्जु पोख्रेल, संगिता पोख्रेल, अमित पोख्रेल, अरुण पोख्रेल समेतको नाम लिंदा विभिन्न गाविसमा रहेर सहयोग गर्नुहुने विभिन्न सम्वाददाताहरुको पनि नाम लिन प्रेरित गरेको छ । तर आत्मकथा हुने डरले वास्तविक यथार्थलाई छोट्याउन विवस तुल्याएको छ । तर हाम्रा पाठक बर्ग, विज्ञापन दाता, लेखक महानुभावहरुलाई यो तथ्यले के कुरा स्पष्ट गरेको छ भने यहाँ सम्लग्न जनशक्ति रोजीरोटीको लागि होइन, पत्रकारीताप्रतिको आकर्षणमा श्रम गर्न प्रेरित हुन्छन्् । त्यही स्वेच्छिक सेवाले तनहुँ आवाजलाई आज प्रेस काउन्सील नेपालको ‘क’ वर्गमा पर्न सफल भएको यो सुखद क्षणमा सबैमाझ अवगत गराउन पाउँदा सन्तोष मिलेको छ ।
तनहुँ आवाज साप्ताहिकलाई पाठक बर्गले मन पराउनुका पछाडि यमप्रसाद सापकोटा, ठाकूर खनाल, विजय अधिकारी, तिर्थ पराजुली, गणेश लोहोनी(फुच्चे साथी), प्रकाश ढकाल, विष्णु सिग्देल, हरिशरण पण्डित,नारायणकैलाश भण्डारी, लक्ष्मी श्रेष्ठ, टंक थापा, खड्कबहादुर आले मगर, खेलीमायाँ थापा यस्तै यस्तै थुप्रै महानुभावहरुले मेहनत गरी प्रकाशित गराउनु भएको बौद्धिक खुराक हो भन्न मन लागेको छ । उहाँहरु सबैप्रति यस अवसरमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
अन्तमा, तनहुँ आवाजलाई सम्झी सम्झी विज्ञापन दिनुहुने महानुभाव, आफैले प्रस्ताव राखेर ग्राहक बन्नुहुने थुप्रै सुभेच्छुक महानुभावहरुको मायाँ र सद्भावले ‘क’ बर्गको पत्रिका भएर २३औं बर्षमा प्रवेश गर्ने अवसर पाएको बताउन पाउँदा भाग्यमानी महसुस गरेका छौं । धन भन्दा ठूलो आत्मस्वाभिमान रहेछ भन्ने निष्कर्ष निकालेका छौं । जस्तोस्ुकै आर्थिक संकटमा पर्दा पनि त्यही आत्मस्वाभिमानले हाम्रो यात्रा निरन्तर अगाडि बढी रहेको छ ।