
पुट्टार/अदक्ष जनशक्ति निर्यात गर्ने नेपालको तनहुँ जिल्ला घिरिङ्ग गाउँपालिका वडा नंं. १ मा प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षालय दुई बर्ष अगाडिदेखि सञ्चालनमा आएको छ ।
मुलुकमा अहिले बाह्र तेह्र सय रिक्त रेञ्जर दरबन्दी रहेको सरकारी आँकडा छ । दरखास्त माग्दा माग बमोजिमको दरखास्त पर्दैन ।
९२ हजार खर्च गरेर पढाई पुरा गरेपछि पाईने सरकारी प्राविधिक सुब्बाको स्थायी जागिरले नेपाली युवाहरुलाई आकर्षण गर्न सकेको छैन । लाखौं खर्च गरेर दुई चार बर्ष परिवारबाट टाढा पुग्नु पर्ने जोखिमपूर्ण अस्थायी वैदेशिक रोजगारले नेपाली युवाहरुलाई आकर्षण गरेको छ ।
कमजोरी
दक्ष जनशक्ति उत्पादन गर्न शिक्षालय खुलाए पनि हाम्रो शिक्षा नीतिको कमजोरीले गर्दा अर्थात शिक्षकहरुलाई राजनीतिक कार्यकर्ताको रुपमा परिचालन गर्ने दलीय व्यवस्थाका कमजोरीका कारणले गर्दा SEE परीक्षामा विद्यार्थीहरुले D प्लस पनि ल्याउन सकेका छैनन् । त्यस्ता विद्यार्थीले फरेष्ट्री अध्ययनका लागि आवेदन गर्नबाट बञ्चित हुनु परेको छ । अर्को तर्फ क्भ्भ् पुरा गरेपछि बालबच्चालाई शहरीय वातावरणमा पढाउने अभिभावकीय आकर्षण र विद्यार्थीको सोखले गर्दा पनि समयले मागेको प्राविधिक शिक्षा हासिल गर्नुपर्ने आवश्यकताले प्राथमिकता पाउन नसकेको प्राविधिक शिक्षाको महत्व बुझेका शिक्षाविद्हरुको बुझाई रहेको छ ।
विद्यार्थीहरुका लागि अवसरः
गाउँघरको कम खर्चिलो वातावरणमा बसेर जम्मा ९२ हजार शिक्षण शुल्क बुझाएर प्राविधिक सुब्बाको स्थायी जागिरका लागि आवश्यक योग्यता हासिल गर्ने अबसर घिरिङ्ग–१ स्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा खुलेको छ ।
अझ सामुदायिक विद्यालयमा पढेका गरिब, दलित, महिला, जनजाति, मधेशी, मुस्लिम, द्वन्द पीडित, दुर्गम वस्तिका विद्यार्थी बीचबाट तीन जनालाई त निःशुल्क पढ्ने अवसर समेत खुलेको छ । साथै भर्नाभएका विद्यार्थीहरु मध्येबाट गणित, विज्ञान र अंग्रेजीमा उत्कृष्ट अंक ल्याई क्भ्भ् पास गर्ने जेहेन्दार एक जना विद्यार्थीले पनि निःशुल्क पढ्न पाउने अवसर शिक्षालयमा उपलब्ध छ ।
आकर्षणः
प्राविधिक शिक्षाप्रति मध्यपश्चिम र सुदुरपश्मिका अभिभावक र विद्यार्थीमा विशेष आकर्षण रहेको प्राविधिक शिक्षालयमा रहेको विद्यार्थी सहभागिताले देखाउँदछ । देशको जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, रुकुम, दैलेख, बझाङ्ग, दार्चुला, कैलाली, दैलेख, सुर्खेत, मुगु, महोत्तरीका विद्यार्थी सहभागिताकोले त्यो आकर्षणलाई पुष्टि गरेको छ ।