कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्ने प्रतिष्पर्धीलाई जीतको पगरी आफ्नो पोल्टामा पार्ने रहर हुन्छ । झन राजनीतिको खेलमा प्रतिष्पर्धा गर्न उत्रेका खेलाडीहरुलाई त साम, दाम, दण्ड, भेद जुनसुकै रणनीति अपनाएर भएपनि जीत आफ्नो बनाऊँ भन्ने दाऊ हुन्छ । हार्नका लागि अथवा भनौं आफू हारेर अरुलाई जिताउनका लागि प्रतिष्पर्धा गर्ने खेलाडीहरु अक्सर भेटिदैनन् । विशेष खालको परिस्थितिमा बाहेक त्यसैले पनि हरेक खेलाडीलाई जे जसरी हुन्छ, आफैले जितौ भन्ने नै हुन्छ । इतिहास जित्नेले मात्र लेख्छ र जित्नेहरुको मात्र लेखिन्छ भने झै खेलमा पनि कस्ले राम्रो प्रदर्शन ग¥यो भने कुराले भन्दा पनि ज्यादा महत्व बाजी कस्ले मा¥यो भन्ने कुराले राख्दछ । त्यसैले पनि प्रतिष्पर्धाको मैदानमा उत्रेका खेलाडीहरुले जित आफ्नो होस् भनेर इच्छा राख्नु, चहाना गर्नु, आफैमा कुनै नौलो कुरा होइन । यो एउटा स्वभाविक कुरा हो ।
नेपालको राजनीतिक खेलमा पनि भरखरै एउटा ठूलो खेलको समापन भैसकेको छ । संघीय चुनावलाई नेपाली राजनीतिकको विश्वकपको उपमा दिनेहो भने स्थानीय तहको निर्वाचनलाई नेपाली राजनीतिको ओलम्पिक भन्दा अतिसयोक्ति नहोला । बर्षौंदेखि अलपत्र परेको स्थानीय तह र खाली भएको जनप्रतिनिधिहरुको कुर्चीहरुले आजभन्दा पाँच बर्ष पहिले अर्थात २०७४ सालमा भरिने मौका पाए । बषौंसम्म स्थानीय तहको निर्वाचन हुन नसकेर केन्द्रिकृत विकास प्रणालीको अभ्यास गर्न बाद्य भएका नेपालीहरुमा पाँच बर्ष पहिलेको चुनावले एउटा खुशीयालीको माहोल बनाई दियो । संघसगै जनन्मिएको थियो, एउटा संका । अब पाँच बर्ष पछि फेरी समयमै चुनाव होला या नहोला ? तर अब त्यो चिन्ता गरिरहनु पर्ने विषय रहेन । २०७९ बैशाख ३० गते दोस्रो पटक स्थानीय तहको निर्वाचन भैसकेको छ । केही मतदानकेन्द्रहरु छाडेर बाँकी सबै केन्द्रहरुमा एकदमै शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भैसक्यो । शान्तिपूर्ण तवरले निर्वाचन यो भन्दै गर्दा केही स्थानमा भएका दुःखद र खेदपूर्ण घटनाहरुलाई पनि विर्सिहाल्न भने मिल्दैन । गल्ति जजस्ले गरेको भएपनि त्यस्तो हुनु हुँदैनथ्यो तर भयो । यो दुःखद कुरा हो । जे होस् कुरा यति हो, दोस्रो पटक समयमै स्थानीयतहको निर्वाचन भयो, समयमै चुनाव गर्ने गराउने संस्कारको विकास भयो, यस्को लागि राजनीतिक शक्तिलाई धन्यवाद दिनै पर्दछ । मतदान हुने भयो भन्ने वित्तिकै राजनीतिक बृत्त लगायत आमजनमानमा पनि कुन पार्टीबाट कस्ले टिकट हत्याउला भन्ने कुराको बडो चर्चा थियो । चियादेखि भट्टी पसल, अफिस, स्कूलदेखि दोबाटो, चौतारो हरेक ठाउँमा उही गफ सुन्न पाईन्थ्यो । मतदान सकियो, अब मतगणना नसक्याउन्जेलको लागि गफ गर्ने विषय फेरीएको छ । त्यो के भने बाजी कस्ले मार्ला ? जित कस्को होला ? कुन पार्टी ठूलो दलको रुपमा अगाडि आउला ? राजधानीको चुनावी माहोलको कुरा त बच्चा बच्चालाई थाहा छ यति बेला । यसमा पनि कुरा के मात्रै हो त भन्दा अहिले सबैको चासोको विषय भनेको कहाँ कस्ले जित्ला ?
बैशाख तीसमा मतदान सकिए लगत्तै मतगणना शुरु भैसकेको छ । संख्याको दृष्टिकोणले थोरै मतदाता रहेको स्थानीय तहहरुको मतपरिणाम पनि आईसकेको छ । जित्नेका विजय जुलुस बाजागाजा सहित चलिरहेको छ । हार्नेहरु कसैले सहजै नतिजा स्वीकार गरेका छन् । कोही चुनावमा धाँदली भयो भनेर आक्रोस पनि पोखी रहेका छन् । राजधानी, भरतपुर, पोखरा जस्ता ठूला क्षेत्रहरु जहाँ लाख भन्दा बढी मतदाताहरु छन्, ती ठाउँहरुमा प्रसस्त समय लाग्ने पक्का देखिन्छ, मतगन्न । तर थोरै मतदाता भएको ठाउँमा काम फटाफट भएको पनि छ । अहिलेसम्म जतिपनि ठाउँमा मतगणना सकिएको छ, त्यसबाट प्राप्त नतिजाहरु पनि बडो रोचक र आश्चर्य लाग्दो छन् । कहि मत बराबर भएर गोला तान्नु परेको छ, कहि एक मतले जितेका छन् । कहिल दुई मतले । कहि काँग्रेसले मेयर जितेको ठाउँमा एमालेको उपमेयरले जितिरहेको छ । कहि एमालेको मेयर हुँदा काँग्रेसको उपमेयर । कहि वडाध्यक्ष एउटा पार्टीले जित्दै गर्दा त्यही वडाबाट त्यही पार्टीको मेयरलाई भोट गैरहेको छैन त, कहि उम्मेदवारै नभएको चुनाव चिन्हमा पनि मत आइ रहेको छ । बडो रोचक र राजनीकि शक्तिहरुले आँकलन गरेको भन्दा भिन्न किसिमको नतिजा आइरहेको छ । नतिजा जस्तो सुकै आएपनि स्वीकार्नुको विकल्प त छँदै छैन, सारमा कुरा के मात्र हो भने अन्ततः स्थानीय चुनावबाट कुन चाहि दल बलियो भएर आउला ?
अहिलेसम्म मत गनेर सकिएको ठाँउमा जित्नेले जिति हाले । हार्नेले हारि हाले । गन्न बाँकी रहेको ठाउँमा पनि प्रत्येक उम्मेदवार र समर्थक एउटा कुराको आशा र पर्र्खाईमा छन् । त्यो हो जित । तर प्रश्न यहाँनेर उठ्छ र मेरो यो आलेखको आषय पनि यही हो कि जित कस्को ? काँग्रेसको, एमालेको, माओवादीको कुनै एउटा व्यक्तिको कि सिंगो देशको जीत ।
राजनीतिक दलको हारजित आजभन्दा पाँचबर्ष पहिले पनि भएको थियो । बाम गठबन्धन गरेर तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको थियो । तर त्यो जीत समग्र नेपाल देशको जितको रुपमा परिणत हुन सकेन । अहिले पनि एकाध स्थानीय तहलाई छाडेर नेकपा एमाले एकातिर र काँग्रेस माओवादी लगायत अन्य दलहरु गठबन्धनको बलमा चुनावी मैदानमा होमिएका छन् । भोलि अन्तिम मतपरिणाम आउँदै गर्दा यिनै पार्टीहरु मध्ये कुनै एउटा त अवश्य पनि ठूलो पार्टीको रुपमा आउँछ । तर यस पटकको हारजीत पनि कुनै एउटा राजनीतिक पार्टीको जीतको रुपमा मात्र त सीमित हुनेहोइन ? शंका र प्रश्न गर्नुपर्ने ठाउँ यहीनेर हो ।
बहुदलीय शासन व्यवस्थामा धेरै राजनीतिक दल हुनु नौलो कुरा होइन । चुनावमा प्रतिष्पर्धा हुने पनि यिनै दलहरुको बीचमा हो । आफ्नो राजनजीति आस्था, आशा र भरोसा अनुसार सबै सम्भव भएका मतदाताहरुले मत दिई सके । बाँकी केवल परिणाम आउन मात्र बाँकी हो । तर भोलि जुन शक्ति प्रथम शक्तिको रुपमा देखिनेछ, त्यसले समग्र नेपालको आवश्यकता र मागलाई सम्बोधन गर्ला या नगर्ला ? गर्न सक्ला या नसक्ला ? हार्नेले जित्नेले काम गर्न सहज वातावरण बनाई देला या खुट्टा तानिरहला ? प्रश्न यतिमात्र हो ।
अतः चुनाव लडेका उम्मेदवारहरुलाई जितको पर्खाइ हुनु स्वभाविक कुरा हो । आफूले आस्था राखेको पार्टीको उम्मेदवारले जितोस् भनेर इच्छा राख्नु स्वभाविक हो । तर चाहे त्यो पार्टीको कार्यकर्ता होस् या उम्मेदवार या चाहे स्वतन्त्र उम्मेदवार तपाईहरुले सम्झनु पर्ने, कुनै पनि हालतमा सम्झनु पर्ने कुरा के हो भने जितको पखाई तपाईहरु मात्र हुनुहुन्न । हाम्रो देश नेपाल पनि जितको पखाईमा छ । तसर्थ तपाईहरुको जित केबल तपाईहरुको या कुनै एउटा राजनीतिक दलको जीत नबनोस् । आगिमी पाँच बर्षमा तपाईको जित राष्ट्रको जित बन्न सकोस् । चुनावमा भोट पाएर चाहे काँग्रेसले जितोस् या एमाले या माओवादी या अरु कोही तर देशले नहारोस् । तपाईहरु विगत पाँच बर्षदेखि मात्र जितको पर्खामा हुनुहुन्छ तर यो देश नेपाल बर्षौदेखि जितको प्रतिक्षामा छ । तपाईहरुले अहिले हारे पनि पाँच बर्ष पछि जित्न सक्नुहुन्छ तर यो देशले अहिले पनि हा¥यो भने पाँच बर्ष पछि पनि जित्न सक्दैन । त्यसैले चुनावी नतिजामा ज जस्ले जितेपनि त्यो जित नेपालको जित हुन सकोस् यही कामना छ अस्तु ।
जीतको पर्खाई
previous post