दमौली÷दमौलीको प्रशासन चोकमा राखिएको सार्वभौम नेपालको राष्ट्रिय पहिचान स्थापित गर्न सफल चतुर राजनीतिज्ञ राजा महेन्द्र वीर विक्रम शाहदेवको अर्धकदको शालीक ०६२÷०६३ को जनआन्दोलनको समयमा टुटाइ पहिचान मेटाइएको थियो । १८ बर्षपछि सो शालीकलाई बुधबार विहानै पुनः स्थापित गरिएको छ । जानकारहरुका अनुसार विहान चारै बजे सो शालीकलाई पुनस्थापित गरिएको थियो । कारण थियो पृथ्वीजयन्तीको दिन पुस २७ गते स्थापित गर्ने भनिएको शालिक प्रशासनिक अवरोध हुने अवस्था देखिएपछि माघ ३ गते विहानै चार बजेको साइत जुराइएको थियो ।
राजा महेन्द्र वीर विक्रम शाहदेवको अर्धकदको शालिक पुनस्थापना गरिएपछि बुधबार दिनभर एकथरी शालीको पर्दामा राखेर फोटो खिचाउन व्यस्त देखिन्थे । अर्काथरी सामाजिक सञ्जालमा आफ्नो धारणा राख्न व्यस्त देखिन्थे ।
सामाजिक सञ्जालमा तथा विभिन्न समाचार माध्यममा आएका विचार र स्टासलाई हेर्दा हिजो महेन्द्रको शालिक फुटाउनेहरुमा पश्चातापको भाव देखिन्थ्यो । १८ बर्षपछि महेन्द्रको शालिक पुनस्थापित हुँदा फुटाउनेहरुमा पनि सकारात्मक भाव पाईन्छ ।
सदरमुकाम निवासी देवीबहादुर बस्नेतले आफ्नो स्टाटसमा लेख्नु हुन्छ – दमौलीमा महेन्द्रको शालिकमा शिर राखिएको छ । अब दमौली मुर्कट्टाको शहर भनिनबाट जोगन्छ । दमौली न्यूज लेख्छ– गणतन्त्र निदाउँदा राजा बिउँझियो । नेपाल पत्रकार महासंघका पूर्व सभापति प्रकाशचन्द्र भट्टराई शालिकमा थप मर्मत गर्दै गरेका तस्विरहरु राखेर आफ्नो फेसबुक स्टासमा लेख्छन्– बिहान ४ बजे हतार हतार दमौलीमा रहेको महेन्द्रको शालिकमा टाउको जोड, दिउँसो उज्यालो भएपछि थप मर्मत गर्दै राप्रपाका कार्यकर्ताहरु । नेपाल पत्रकार महासंघका पूर्व सभापति डम्बरबहादुर अधिकारी प्रहार न्यूज मार्फत आफ्नो धारण व्यक्त गर्दै भन्छन्–इतिहाससंग जोडिएका विषय वर्तमान र भावि पुस्ताका लागि उच्च शिक्षा हासिल गर्ने विश्वविद्यालय भन्दा कम महत्वपूर्ण हुँदैनन् । ........सुरक्षित राख्नु पर्दछ ।
अर्का पूर्व सभापति प्रेमप्रकाश पौडेलको तर्क नकारात्मक छ । उनि भन्छन्–इतिहास जगाएछन् । राम्रै भयो । कुनै बिला देसमा निरंकुश राजा महेन्द्र शाहले राज गरेका थिए भन्ने भावी पुस्ताले जानकारी पाउने भए ।
यही मेसोमा नेपाल बार एशोसिएशनका अध्यक्ष डम्बरदेव हड्खलेको टिप्पण सटिक छ– रामे भयो बल्ल । अधिवक्ता त्रिभुवन श्रेष्ठ भन्छन्–इतिहास बचाउने राम्रो काम । जस्ले जसरी चर्चा गरेपनि राजा र राजसंस्थाप्रति प्रायः सबै सकारात्मक भाव झल्किएको छ ।
जसरी पनि राजा र राजसंस्थाको चर्चा
शालीक पुनःस्थापनाप्रति फाल्नेहरु नै सकारात्मक
previous post