अंग्रेजीे डिसेम्बर सुरु भए पछि नै अन्तर्राष्ट्रिय रुपमामनाइने पर्व ख्रीष्टमसको हर्षाेलास सुरु हुन्छ । प्रत्येक वर्षको डिसेम्बर सुरु भए लगतै ठूला ठूला शहर बजारहरुमा रुखहरुमा र घरहरुमा झिलिमिली बत्तीहरु बल्न सुरु गर्दछन् । व्यापारिक केन्द्रहरुमा नयाँ ढाँचाका कपडा, सामग्री तथा उपहारहरु खरिदविक्री हुन सुरु हुन्छ । अझ रमाईलो त चिसो हावापानी भएका देशहरुमा त जाडो बढेकाले शहर र गाउँका चोकहरुमा मुढाको आगो बालेर बुढापाकाहरु आगो ताप्दै दुःख सुखका कुराहरु गरेका पाईन्छन् । जवान जवानीहरु बुढापाकाहरुसंग मिसिएर घरघरमा जाँदै ख्रीष्टमसका (येशुको जन्मदिनको) गीतहरु गाउँदै, बजाउँदै र नाच्दै तथाती घरबाट प्रदानगरिने दान, भेटी, उपहार साथै मिठा मिठाभोजनहरु खाँदै हिँड्छन् जसलाई क्यारोल भनिन्छ । यो रमाईलो क्यारोल लगभग २५ डिसेम्बरसम्मै चल्ने गर्छ ।
२५ डिसेम्बरको दिनलाई विशेष येशुको जन्मदिनअर्थात ख्रीष्टमसको दिनवापर्व भनिन्छ । हाम्रो देश नेपालमा यस दिन इसाइ धर्मावलम्बीहरुलाई सरकारी विदा रहेको छ । कतिप्रदेशले त सबैलाई सार्वजनिक विदा पनि दिने गरेका छन् । यो दिनइसाइहरुको प्रमुखविशेष दिनहो ।
यस दिनमाइसाइहरु बिहान सबेरै नित्यकर्म सकेर बिहानै चर्चमाजम्माहुने गर्दछन् र प्रार्थनाम सामेल हुन्छन् र प्रार्थनापश्चात एक अर्का बीच उपहार साटासाट गर्दछन् । एकले अर्कासंग जानेर वानजानेर भएकागल्तीहरु प्रतिक्षमामाग्दै एकले अर्कालाई क्षमा गरेर प्रेमको भाव प्रकट गर्दछन् । शत्रुहरु र आफ्नो बैगुनगर्नेहरु समेतका शत्रुता र वैमनस्यतालाई विर्सेर मित्रभाव प्रकट गर्दछन् । एक अर्काका लागि प्रार्थनागर्दे खुसीपार्दै र मेलमिलाप गराउनु नै यस वर्षको मुख्य उद्देश्य रहेको पाईन्छ ।
बाइबलीय धारणा अनुसार परमेश्वरले जब मानिसलाई सृष्टी गर्नु भयो तब केही समय पछि परमेश्वरले अदनको बगैंचामा रहेको फल नखानु भन्नु भएको फल मानिसले खाएर फसे । उक्त पापले मानिसलाई परमेश्वरबाट अलग गरायो र मानिस र परमेश्वर बीचको सम्बन्ध टाढा भयो । कयौं वर्षहरु वितेर गए मानिस झनै पापमा फस्दै गयो र ती पापबाट मुक्त गराएर परमेश्वरको सम्बन्धमा लैजान पुनः आज भन्दा २०२१ वर्ष अगाडि येशू परमेश्वरका पुत्र यस संसारमा जन्म लिनुभयो । यसरी उहाँ परम पवित्र आत्माद्वारा कन्य मरियमको कोखबाट जन्म लिनु भयो र मानिसहरुको पापको लागि बली हुनभयो र यसरी मनिसहरुलाई पापबाट उद्धार र मुक्ति दिनुभयो । यसरी मानिसलाई पापबाट उद्धार र मुक्ति दिनुहुने परमेश्वरका पुत्र येशूको जन्मको प्रचार र सुसन्देश फैलाउँदै ख्रीष्टपस मनाईने गरिन्छ ।
ख्रीष्टमस विश्वव्यापी रुपमा इसाइ धर्मावलम्बीहरुले मनाउने पर्व भएता पनि अन्य धर्मावलम्वीहरुबीच पनि यसलाई मनाइने तथा समावेशी हुने गरेको पाइन्छ । धार्मीक मान्यता स्वरुप पपनि संसारमा जन्मने हरेक मानिस एक ख्रीष्टको रुपमा जन्मने गर्दछन् भने यस पर्वले क्राइष्ट (ख्रीष्ट) को आत्मालाई मानिसको हृदयमा जन्माउने गर्छ र उहाँको त्याग र बलिदानलाई याद दिलाउने गर्छ । बाइबलको खण्ड मुहन्ना ३ः१६ र १७ मा प्रभू येशू स्वयम्ले भन्नु भएको छ कि “किनभने परमेश्वरले संसारलाई यस्तो मायाँ गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँ माथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् । किनकी परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो ।” उहाँले येशूको जन्मदिन अर्थात ख्रीष्टमसको महत्व अझ यसरी बढेको छ कि मानिस जन्मदैमा पापी छ र पापबाट कोही अछुतो छैन । र पनि हामी सबै पापीहरुलाई उहाँ नाश गर्न भनेर आउनु भएको थिएन बरु सबै पापीलाई प्रेम गर्न, बचाउन र मुक्ति दिन आउनु भयो जनुकुरा उहाँमा विश्वास गरेर पाईन्छ । उहाँमा विश्वास गर्ने मानिसहरुलाई प्रायः नेपालमा विश्वासीहरु भन्ने चलन रहेको पाइन्छ ।
विसं १७७२ ताका मल्ल राजाहरुको समयमा क्याथोलिक केपुचिनहरुद्वारा नेपालको काठमाण्डौंमा एउटा चर्च स्थापना भए पश्चात नेपालको एकिकरणको समयमा विसं १८२५ मा आएर राजा पृथ्वीनारायण शाहद्वारा ती सबै पाष्टर तथा विश्वासी(इसाइहरु) देश निकाला भए । त्यस पश्चात २०० वर्षका लागि इसाइत्वले नेपालमा प्रवेश पाएन बरु भारतमा भने नेपाला इसाइ र भारतीय इसाइहरु बढ्दै गए ।
राणा शासनको अन्त्य पश्चात विसं २००९ मा नेपालकै पहिलो चर्चको रुपमा पोखराको रामघााटमा पास्टर डेभिड मुखियाद्वारा रामघाट चर्चको स्थापना भयो । देशको कानुनले स्वतन्त्रता नदिएता पनि मानिसहरुको आस्था इसाइत्वमा बढ्दै गएको पाइन्छ । विदेश पढ्न गएका र काममा गएका नेपालीहरु विदेशमै इसाइत्व ग्रहण गरेर बहुसंख्यक रुपमा आएको पाइएको छ ।
जसरी होस्, आज आएर इसाइमात्र हैन अन्य सबै प्रकारका धर्मावलम्बीहरु बीचपनि ख्रीष्टमसले व्यापकता पाएको
छ । र आगामी पुष १० गते पर्न गएको ख्रीष्टमसको उपलक्ष्यमा सम्पूर्ण नेपाली तथा विश्वव्यापि दाजुभाइ, आमाबुबा, दिदीबहिनी लगाएत सबैमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायू, शान्ति, मुक्ति र सुरक्षाको कामना तथा प्रार्थना प्रभु येशू मसिहसंग गर्दछु । आमिन