विषेश सम्वाददाता
कोभिड–१९ अर्थात कोरोना भाइरस डिजिज–२०१९ अहिले विश्वव्यापि चिन्ताको विषय बनेको छ । सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखापरेको कोरोना भाइरसले यो समाचार तयार पार्दासम्म झण्डै आठ हजारको ज्यान लिइसकेको छ भने लाखौं संक्रमित बन्न पुगेका छन् । उद्गम थलो चीनमा लगभग संक्रमण सकिएको भए पनि संसारका एकसय ५० भन्दाबढी देशका नागरिक यसको संक्रमणबाट पिडित बन्न पुगेका छन् । इटलीमा यसकै कारण दैनिक सयौंको ज्यान जान थालेको छ । हाम्रो दक्षिण छिमेकी भारतमा पनि संक्रमणको बढ्दो छ । र नेपालमा संक्रमण फैलेका खण्डमा त्यसको नियन्त्रण हाम्रो काबुमा नरहने कुरा हामी सबै प्रष्ट जस्तै छौं ।
कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानीका सानासाना तपाईँका आँखा, नाक र मुखमा पुगेभने तपाईंलाई भाइरस संक्रमण हुन्छ । यसैगरी संक्रमित व्यक्तिबाट निस्केका ¥याल टाँसिएको ढोकाको चुकुल, कलम तथा भ¥याङजस्ता बस्तु छँुदा र हात मिलाउँदा पनि यो भाइरस संक्रमण हुन सक्छ । त्यसैले राम्ररी साबुन पानीले हात धुने, खोक्दा मुख छोप्ने, व्यक्तिगत सामान अरुसंग साटासाट नगर्ने, सम्भव भएसम्म आँखा, नाक र कान नछुने, भीडमाडमा नजाने तथा नजिकका स्वास्थ्य संस्थामा गई स्वास्थ्य सल्लाह लिने गर्दा हामी यो भाइरसको संक्रमणबाट जोगिन सक्छौं । सुख्खा खोकी लाग्ने, ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने, टाउको दुख्ने तथा घाँटी दुख्ने भएमा छिट्टै नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउँ । सरकारले यो वा त्यो गरेन भनेर गुनासो गरेर बस्ने बेला यो होइन ।
सरकार जनस्वास्थ्य प्रति जिम्मेबार छैन भन्ने कुरा छ मन्त्रीहरुका अभिव्यक्तिबाट स्पष्ट छ । तर हामी नागरिकको तहमा पनि आवश्यक सावधानीका उपाय अपनाउने कुरामा ध्यान नगएको कुरा सत्य नै हो । हामी कोरोना संक्रमित भएको खण्डमा हामै ज्यान जाने हो, सरकारमा रहनेहरुको होइन भन्ने कुरा हामी जति छिटो बुझ्छौं त्यतिनै छिटो सावधानी अपनाउन थाल्ने छौं । त्यसैले सरकारले भनेको कुरामा अटेरी गरेर हामीले आफ्नो बहादुरी देखायौं भन्ने भ्रमबाट मुक्त भएर आफ्नो तर्फबाट अपनाउन सकिने सावधानीका सबै उपाए अपनाउँ ।
कोरोना भाइरसको कहर
previous post