कोभिड–१९ ले आज विश्वलाई नै आक्रान्त पारिराखेको छ । केही दिन यता नेपालमा पनि दिन प्रतिदिन संक्रमणको डर बढीरहेको छ । आफू बाचौ, अरुलाई पनि बाँच्न दिउँ र सोको लागि सामाजिक दूरी बढाउँ , सरसफाई मा ध्यान दिऔ !
मैले लेख्न खोजेको के भन्दा, सेल्फ क्वारेन्टाइन मा बसेर सामाजिक सन्जाल प्रयोग गर्दै गर्दा सरकार सम्बन्धि विभिन्न टिप्पणीहरु देखें । सरकारले यो गरेन, त्यो गरेन । यसको मतलब यो नरहोस् कि म सरकारको पक्षमा बोल्दै छु । सरकारको वकालत गर्दै छु । तर म जे–जे देख्दै छु, त्यो लेख्दै छु हुनसक्छ म गलत पनि छु !
प्रथमतः सरकारले स्वास्थ्य लगाएत अन्य सुबिधा दिन नसकेकै हो र यो पहिलेबाट हुँदै आएको छ यस्को मतलव यो हैन यो सरकारलाई छुट छ । सरकारले विकासको काम गर्नु पर्छ, नियम बनाउनु पर्छ । तर सरकार को हो रु र कस्ले बनाएको हो रु यो नभुलौ वर्तमान सरकार हामी आफैले बनाएको हो । र देश बनाउने जिम्मेवारी हामीले नै दिएका हौ ।
हामी अर्थात जनता । त्यसो भए जनता कै कमजोरी हो त रु सरकारको अर्थ वा अस्तित्व रहन राज्य चाहिन्छ, राज्य हुन एउटा निश्चित भुभाग र जनता, हो जनता १ त्यस राज्यको नागरिक र नागरिक कति सचेत नागरिक कति शिक्षित भन्ने कुराले नै सरकार कति राम्रो भन्ने हुन्छ ।
प्रसङ्ग रह्यो कोभिड–१९ को १ जति पनि सँक्रमित भेटिए सबै बिदेशबाट आएका भेटिए । र उनिहरु आउदै गर्दा सरकारको नालाएकीपन एउटै मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुविधा पु¥याउन नसक्नु कडा प्रतिबन्ध लगाउन नसक्नु हो भन्दै गर्दा म घर जाँदै छु सँक्रमण क्षेत्रबाट । मेरो कारण मेरो परिवार बर्बाद हुनसक्छ, उनिहरुलाई सर्न सक्दछ भन्ने हेक्का नराख्नु एउटा सचेत नागरिकले गर्नुपर्ने कर्तव्य होला कि नहोला रु आफ्नो मातृभूमी परिवारको माया लाग्छ । देश फर्कनु राम्रो हो, तर ऐले संक्रमणको बेला मै किन रु भिसा सकियो, सकियो भने आउँदा एउटा सचेत नागरिकको हैसियतले आफुलाई क्वारेन्टाइन मा किन राख्न सकिएन रु हो सरकार निकम्मा छ , तर तपाईं त बुझ्ने हुनुहुन्छ नि होइन र रु कि तपाईंसँग रोग प्रतिरोधात्मक क्षमता छ भनेर ढुक्क भएर आउनु भयो को हो भने दम रोगसँग लड्दै गरेको, चिनी रोगले ग्रस्त पारेको आमा बुवा लाई सम्झिनु भएन ?
छाड्नुस् यो कुरा तपाईं जुन कमेन्ट गर्दै हुनुहुन्छ सायद त्यो कुनै ब्रान्डेड फोन वा वाइफाईबाट घरमा सुति सुति गर्दै हुनुहुन्छ । तर तपाईंलाई थाहा छ तपाईंले यो सेवा सुबिधा उपभोग गर्दै गर्दा गाउँको कति खेतीयोग्य जमिन र खेत बाँझो छन् रु किनकि तपाईं आफू खेतमा जानु हुन्न रु र तरकारी किन्न मार्केट जानुहुन्छ र भन्नुहुन्छ महङ्गो भयो महङ्गी बढ्यो तर सर्टकट र सुविधा तपाईंले नै खोजेको होइन र रु कुनै कामको लागि सरकारी कार्यालय जानुस् तपाईं लाइनमा बस्नु हुन्न किनकि तपाईंको चिनजानको मान्छे त्यहाँ हुनु हुन्छ । तपाईं कतिको जिम्मेवार हुनुहुन्छ रु कति सचेत नागरिकले गर्ने कर्तव्य पालना गर्नुभएको छ रु कति राष्ट्रको लागि सहयोग गर्नु भएको छ रु कति अनुसाशनमा बस्नु भएको छ रु उत्तर आफैसँग खोज्दै गर्नुस् ।
अन्त्यमा तपाईं बाच्नुस् र तपाईंको वरिपरिकालाई बचाउनुस् । तपाईं बाँच्नु भयो भने सरकार बदल्न सक्नु हुन्छ अन्यथा तपाईंलाई सँसार र प्रकृतिले बदल्ने छ । जीवितबाट एउटा अस्तुमा कोभिड–१९ बारे हामी कति जिम्मेबार र सचेत रु
कोभिड–१९ बारे हामी कति जिम्मेवार र सचेत
previous post