नेपाल यतिबेला कोभिडको महामारीले आक्रान्त छ । व्यापार, व्यवसाय, शिक्षा हरेक क्षेत्र कोभिडको चपेटामा परेको छ । देशको अर्थ व्यवस्था तहस नहस भएको छ । हरेक क्षेत्र कोभिडको कारणले प्रभावित छ । हुन त कोभिडको कारणले हरेक क्षेत्रहरु प्रभावित छन् र पनि शैक्षिक क्षेत्रमा परेको प्रभाव र असर अपुरणिय छ । यतिबेला देशभरका विद्यालयहरु लगभग ठप्प प्रायः छन् । कतिपय विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेपनि सबै ठाउँमा त्यो सम्भव छैन र अनलाईन कक्षा सञ्चालन भएको विद्यालयहरुमा पनि सम्पूर्ण विद्यार्थीहरुको सहभागिता भएको छैन । विद्यार्थीहरुको दैनिक पठनपाठन त प्रभावित भएकै छ । संगसंगै परीक्षाहरु पनि प्रभावित भएको छ । न्यूनतम दुई सय दश दिन कक्षा सञ्चालन हुनुपर्नेमा दुई चार महिना पढाएर कक्षा चढाउनु पर्ने अवस्था आएको
छ । यदि दुई चार बर्ष अवस्था यस्तै रहने हो भने शैक्षिक उपलब्धिका हिसाबले नेपाल थारैमा पनि दुई दशक पछाडि धकेलिने निश्चितप्रायः छ । प्राकृतिक प्रकोप महामारी जस्ता भवितब्यका विषयहरुमा कसैले पनि केही गर्न सक्ने कुरा हुँदैन र पनि अलिक व्यवस्थित र बुद्धिमत्ताबाट अगाडि बढ्ने हो भने त्यसबाट पर्ने प्रभाव र असरहरुलाई न्यूनिकरण भने पक्कै गर्न सकिन्छ ।
मैले यो आलेखमा उठान गर्न चाहेको विषयवस्तु चाहि विद्यालय सञ्चालन सम्बन्धमा नै हो । विगत एक हप्तादेखि तनहुँको, विशेषगरी व्यास नगरपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आएको थियो । भौतिक रुपमै विद्यार्थीहरुलाई उपस्थित गराएर दैनिक पठन पाठनको क्रियाकलापहरु सञ्चालन हुन थालेको थियो । तर जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णय अनुसार निर्देशन जारी भएपछि ती सबै कुराहरु फेरी बन्द भएका छन् । जहाँसम्म पंक्तिकारको आँकलन छ, संस्थागत विद्यालयहरुलाई आफ्ना शिक्षक कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने कुराहरुले पनि समस्या बनाएको थियो । अभिभावक बर्गको गुनासो पनि थियो । त्यसैले पनि संस्थागत विद्यालयहरु नियमित कक्षा सञ्चालन गर्ने मनस्थितिमा पुगे । सामुदायिक विद्यालयहरुको कुरा गर्ने हो भने अभिभावकको गुनासो र विद्यालय सञ्चालन भएपनि हुने भन्ने इच्छा र छँदैछ । संगसंगै संस्थागत विद्यालयहरु सञ्चालनमा आईसकेपछि आफू मात्र चुप लागेर बस्न मिल्ने अवस्था रहेन । यसैपनि सामुदायिक विद्यालयका शिक्षकहरुलाई जागिर पकाउनुको लागि विद्यालय जाने, मन लगाएर नपढाउने भन्ने आरोप लागि रहेको छ । यस्तो अवस्थामा संस्थागत विद्यालय सञ्चालन हुने सामुदायिक बन्द हुँदा सामुदायिक विद्यालयका शिक्षकहरुलाई नैतिक रुपबाट अप्ठ्यारो नै थियो । फलतः सामुदायिक विद्यालय पनि संञ्चालनमा आयो । तर जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्देशन अनुसार यी सबै कुराहरु फेरी बन्द भएका छन् । यहाँनेर मलाई जिज्ञासा लागेको कुरा चाहि के हो भने के शैक्षिक क्षेत्र बन्द गराउँदैमा कोभिड महामारीको संक्रमण कम हुन्छ त ? यदि महामारीको प्रभावबाट बालबालिकालाई सुरक्षित राख्नको लागि शैक्षिक क्षेत्र सञ्चालन गर्न नदिएको हो भने के त्यति प्रयाप्त छ ? अनि उनिहरुको शैक्षिक घाटाको हिसाब कस्ले गर्ने ? शैक्षिक क्षतिको न्यूनिकरणको लागि अनलाईन क्लास या अन्य वैकल्पिक उपायहरुको कुरा आउला । ति उपायहरु भने सहज र प्रभावकारी छँदै छैनन् । मैले यति भन्दै गर्दा विद्यालयहरु धमाधम सञ्चालन गरिनु पर्दछ । विद्यार्थीको स्वास्थ्य जे होला होला भन्ने मेरो आषय निश्चय पनि होइन । एउटा शिक्षक पनि भएको नाताले विद्यार्थीको पढाईसंगसंगै उनिहरुको स्वास्थ्यको पनि मलाई उत्तिकै चिन्ता छ । तर मेरो प्रश्न र जिज्ञासा चाहि खाली के मात्र हो भने विद्यालय बन्द गराएर मात्र हाम्रा बालबालिकाहरु संक्रमणको जोखिमबाट मुक्त छन् त ?
श्रावण २० गतेसम्मको लकडाउनलाई तनहुँ जिल्ला प्रशासनले फेरी लम्ब्याएर श्रावण मसान्तसम्म पु¥याएको छ, संक्रमण नियन्त्रणको लागि प्रशासनको यो कार्यलाई एक हिसाबले ठिकै मान्न सकिएला । तर पंक्तिकारको व्यक्तिगत विचारधारामा यो चाहि एकदमै हास्यास्पद निर्णय जस्तो लाग्दछ । विहानदेखि दिउसो चार बजेसम्म सबै बजारहरु खुल्ला रहन्छ । बजारमा मानिसहरुको उस्तै चहलपहल र भिडभाड । पसलै पिच्छे ठेलमठेल मान्छेहरु अनि चार बज्नासाथ प्रहरी आउँछ सिठ्ठी फुक्दै, पसल बन्द गराउनको लागि । कस्तो खालको लकडाउन हो यो ? के कोरोना भन्ने रोग चारसम्म चाहि लाग्दैन ? चार बजेपछि मात्र लाग्ने हो ? चार बजेसम्म सम्पूर्ण बजार र कार्यालयहरु खुल्ला हुँदा खतरा हुँदैन भने विद्यालयहरु मात्र बन्द गरिनु पर्ने चाहि किन ?
पंक्तिकार स्वयम पनि सामुदायिक विद्यालयको शिक्षक हो । गतसालदेखि पठन पाठनको कुराहरु राम्रोसंग सञ्चालन हुन सकेको छैन । इच्छा नुहँदा नहुँदै पनि घरमै थन्किएर बस्नुको विकल्प छैन । अनि मानिसहरु सहज रुपले भनि दिन्छन् । जागि र त मास्टरको मजा । घरमै बसीबसी तलब खान पाईने । सुन्दा हामीलाई पनि नमज्जा लाग्छ । मन दुख्छ । हामी पनि रहरले घर बसेका होइनौं । परिस्थितिले गर्दा बाद्यतावस बस्नु परेको हो । घर मै बसेपनि आफूले सक्दो र भ्याउँदो विद्यार्थीहरुलाई ध्यान दिएकै छौं र पनि मानिसहरु सजिलै भनिदिन्छन् कति मजा घरमै बसीबसी तलब । आममानिसको दृष्टिकोणबाट हेर्दा उहाँले भन्नुभएको कुरा पुरै गलत पनि होइन, आखिर हामी तलब त घरै बसीबसी नै खाईरहेका छौं । यही भ्रम र गुनासोहरुलाई चिरौं भनेर विद्यालय खोल्यौं, अनि प्रशासनको निर्देशन आउँछ, विद्यालय बन्द गर्न । प्रशासनको निर्देशन भन्दा माथि गएर त हामीले पनि काम गर्न सक्ने कुरा आएन । अनि फेरी त्यही कुरा सुन्नु पर्दछ कति मजा, स्कूल नै नगई नगई तलब खाने ।
तेह्रौं शताब्दिको मध्यतिर युरेशिया र उत्तरअफ्रिकी राष्ट्रहरु एउटा घातक महामारीको शिकार भए । एकिन तथ्याङ्क नभएपनि अनुमान त ७५ करोडदेखि २० करोडसम्म मानिसहरुले उक्त प्राणखात रोगको कारण ज्यान गुमाउनु प¥यो । त्यो भाईरसले युरेशिया र उत्तरअफ्रिकी राष्ट्रहरुमा झण्डै एक दशकसम्म प्रभाव प¥यो । यहाँनेर विचार गरौं, कोभिडसंग नेपाल जुधेको दुई बर्ष भैसक्यो । यदि एक दशकसम्म नै कोभिडको प्रभाव रहीरहने हो भने हामी अगाडि बढ्ने यही तरिकाले हो त ? यसरी नै चार बजेसम्म खुल्ला अनि लक डाउनको हिसाबले कोभिड नियन्त्रणमा आउँछ त । दश बर्षमा त एउटा बच्चो एक कक्षाबाट दश कक्षामा पुग्छ । उसको स्कूले जिवन समाप्त हुन्छ । अनि यसरी नै विद्यालय बन्दको बन्द गर्नु पर्ने हो भने त्यो बच्चोको भविष्य के होला ? भनिन्छ यदि कुनै राष्ट्रलाई विगार्नु छ भने राष्ट्रको शैक्षिक क्षेत्रलाई विगारिदिए हुन्छ । अनि यही हिसाबले हामी समृद्धिमा पुगौंला त ? मैले फेरी पनि दोहो¥याएँ, विद्यार्थीको स्वास्थ्यसंग खेलवाड गर्नु पर्छ, हेलचेक्रयाई गर्नुपर्छ भन्ने मेरो आषय कदापि होइन । मेरो आशय के मात्र हो भने विद्यालय बन्द गरिनु मात्र समस्याको समाधान होइन ।
काभिडबाट संक्रमित भएमा कमसेकम दुई हप्ता घरमै आराम गर्नुपर्ने भनिन्छ । खोपहरु बनेको भएपनि तिनले पूर्ण सुरक्षा दिन नसक्ने भएको हुँदा, व्यक्तिगत सावधानि नै अपनाउनु पर्दछ । व्यक्तिगत सावधानी अपनाउँदै पौष्टिक आहार र व्यायामको कुराहरुलाई मिलाउने हो भने करिब दुई हप्तामा लकभग कोभिडको संक्रमणबाट मुक्त पनि भईदो रहेछ । यदि त्यसो हो भने दुई हप्तामात्रै किन, पुरै महिनादिन लकडाउन गरौं न, पूर्ण रुपमा । ताकि संक्रमित पनि ठीक होइने र नयाँ थप संक्रमण नहोस्, होइन भने यो चार बजेसम्म खुल्ला अनि लकडाउनको गाईजात्रा गरेर केही हुनेवाला छैन । सबै कुरा खुल्ला, विद्यालय मात्र बन्द गरेर पनि बालबालिका संक्रमणको जोखिमबाट मुक्त छैनन् । विद्यालय बन्द गरेर खाली दुईवटा मात्र काम भएको छ । एउटा शिक्षकलाई गालि दिने, अर्को बालबालिकाको पढाई विगार्ने । एउटा बच्चोको अभिभावक दिनभर काम गरेर बजार डुलेर साँझ घर आउँछ अनि केही स्कूल नजाँदैमा त्यो बच्चा संक्रमणको जोखिमबाट सुरक्षित छ त ।
विद्यालय सञ्चालनको कुराहरु प्रशासनलाई पहिल्यै थाहा नभएको होइन । प्रशासन कार्यालय, शिक्षा समन्वय इकाई, नगर शिक्षा समिति सबैलाई लगभग थाहा थियो । उताको पनि आषय ेके थियो, विद्यालय सञ्चालन गर्ने अनुमति नै हामी दिन सक्दैनौं । सुरक्षाको मापदण्डहरुको पूर्ण रुपमा पालना गरेर कक्षा चलाउनु हुन्छ भने आफै विचार गर्नुस् । त्यही कारणले नै धेरै विद्यालयहरुले कक्षा सञ्चालन गरेका थिए । तर समस्या बनि दियो एउटा समाचार । जसमा लेखिएको थियो, तनहुँमा अनुमति विना नै विद्यालय सञ्चालन । प्रशासनको औचित्य माथि नै ठाडै प्रश्न आउने गरी समाचार आएपछि प्रशासनले बाद्य भएर विद्यालय बन्द गर्न निर्देशन दियो । समाचार बनाउने ति पत्रकार महोदयलाई सोध्न मन लागेको कुरा चाही, ‘तपाईको समाचारले राम्रै काम ग¥यो, बल्ल बल्ल चल्न थालेका स्कूलहरु फेरी बन्द भए । त्यसबाट तपाईलाई फाईदा चाहि के भयो ? के अब स्कूल बन्द भएर कोरोना पुरै समाप्त हुन्छ ?
प्रशासन, स्वास्थ्य इकाई, नगरपालिका सबैसंग मैले यो आलेखमा अनुरोध गर्न चाहेको खाली के मात्र हो भने यो आंशिक खालको लकडाउन समस्याको समाधान कुनै पनि दृष्टिकोणले होइन । लकडाउन आधा दिन गर्ने, स्कूल खोल्नै नदिने, तार्किक रुपमा यसको केही अर्थ छैन । तसर्थ यदि साँच्चै समस्याको निवारण गर्ने हो भने पूर्ण रुपमा कमसेकम एक महिना आवतजावत सहित पूर्ण लकडाउन गरौं । होइन भने सबै कुरा खुल्ला छ त छ । विद्यालय पनि अभिभावकको आफ्नै जिम्मेवारीमा खोल्ने वातावरण मिलाईयोस् । यो ताईन तुईको आधादिन लकडाउन स्कूल चाही सँधै बन्द गरेर केही उपलब्धि हुने वाला छैन । सम्बन्धित सबै निकायको यो विषय तर्फ ध्यान जाओस् । अस्तु
कोभिड, लकडाउन अनि विद्यालय
previous post