आज मानवलाई पशु समाजभन्दा फरक बनाउने एउटा मात्रै आधार भनेको धर्म हो । धर्म मानिसले नै बनाएका हुन् । जसलाई हामीले धारण गरियो र त्यही नै धर्मको रुपमा अगाडि आयो । पशुको धर्म हुँदैन । न त उसले धर्मको निर्माण गर्छ । पशुको धर्म भने पनि उसको प्रकृत्य गुण नै हो । मानिसका पनि प्रकृत्य गुणहरू हुन्छन् । त्यसलाई पनि जितेर मानिसले आफ्नो आवश्यकता अनुसार नियम कानुन बनायो । पाप भन्ने बनायो । धर्म भन्ने बनायो । पाप र धर्म प्रकृत्य होइन मावन निर्माणका नियमहरू हुन् । ठाउँ अनुसार मानिसले धर्म र संस्कारको निर्माण ग¥यो । यसो गर्नुको तात्पर्य कतिपय अवस्थामा मानिसको कल्याणको लागि थियो । ती धार्मिक, सांस्कृतिक वा शारीरिक रुपले चेतना मानवीय चेतनाका स्वरुप पनि थिए । धर्मको उदय हुनुभन्दा अगाडि मानिसहरूमा मानवता प्रकृत्य रुपमा मात्रै सिमित थियो ।
देशमा जताततै भ्रष्टाचार बढेको छ । भ्रष्टाचारको खबर सुन्दा जो कोही राष्टूभक्तको पनि छाती चर्किन्छ । मनस्थिती खल्बलिन्छ । लाजले शिर
झुक्छ । पछिल्ला दिनहरूमा यो झन तिब्र गतिले बढिरहेको छ । यो क्षेत्र राम्रो छ । यो क्षेत्रमा भ्रष्टाचार भएको छैन । यो क्षेत्र भ्रष्टाचारदेखि अछुतो छ भनेर नाक फुलाउन सकिने एउटा ठाउँ पनि छैन । यतिखेर देश यति आक्रान्त छ कि यदि भ्रष्टाचार सम्बन्धमा देश स्वयम्ले चित्कार गर्न सक्ने भए त्यो चित्कारले करिब तीन करोड मानिसहरूको कान फुट्ने थियो । तर दुर्भाग्य ! त्यस्तो व्यवधान प्रकृतीमा रहेन छ । यो ब्रह्माण्ड सिर्जना गर्ने सर्जकले सायद यस्तो पर्छ भनेर सोचेनन् होला कि ?
देशमा व्यप्त भ्रष्टाचारभन्दा पनि सयौँ गुणा डरलाग्दो रोग भनेको धर्मान्तर हो । धर्मान्तरको काहालिलाग्दो अवस्था सरकारहरू फेरिएसँगै बढ्ने गर्छ । कतिपय विज्ञहरू भन्छन् ( सरकारका प्रमुखहरू पात्रहरू नै विविध प्रलोभनमा परेर त्यो छुट यहाँ दिइरहेका छन् । हुन पनि सरकारको प्रमुखले एउटा कार्यक्रममा नेपालका हजारौँ जनप्रतिनिधिीहरूलाई उपस्थित हुन निम्तो दिएर …….वाइन चटाएपछि अब कोही पनि पानी माथि ओभानो देखिन मिल्ने ठाउँ रहेन । ‘सरकार मेरो हो । म नै राज्य हुँ । यो मेरो पकडमा छ । यसले जे पनि गर्न सक्छ’ भन्ने लुइ चौधौँको जस्तो पारा गर्नेलाई कुन शब्दले विभुषित गर्नुपर्ला ? जनता सबैले बुझेका छन् । तर विविध कारणले मुख खोल्न नमिल्ने होला ? अमिलोलाई अमिलो र गनाएको लागि गनाएको भन्न नमिल्ने होला ? तर सास दबाएर वास्तविकता लुक्ने र वास्तविकतालाई बङ्ग्याएर हराउने वा लुक्ने पनि होइन । दार्शनिक प्लेटोले भने झैँ ‘सच्चाई सधैँ अमर हुन्छ ।’ वास्तविकता भनेको त वास्तविकता नै हो । जुन हाम्रा लेख, रचना, कुल्र्याई र भुकाई भन्दा धेरै गुणामाथि हुन्छ ।
तपाईँ नेपालमा बस्नुहुन्छ । तपाईँले आफू आफ्नो देशलाई चिनाउनु प¥यो भने के के भनेर चिनाउनु हुन्छ ? नेपाल भनेर चिनिने आधारहरू के के हुन् ? र तपाईँले नेपाल भनेर कतै पहिचान गराउनु प¥यो भने कुन कुनु पक्षमा प्रकाश पार्नुहुन्छ । त्यसरी नै ‘हामी नेपाली हौँ । हाम्रो विशेषताहरू यी हुन्’ भनेर चिनारी गराउनुप¥यो भने के के भन्नुहुन्छ ? एक पटक छातीमा हात राखेर शान्त भएर सोच्नुस् त । आफ्नो धर्म सम्झेर गम्नुस् त । नेपाल आमाको एक मुठी माटो उठाएर आफ्नो छातीमा राखेर गम्भिर हुनुहोस् त ।
अब तपाईँले अवश्य भन्नैपर्ने हुन्छ –म नेपालमा बस्छु । म एक कृष्चियन हुँ । मेरो धर्म कृष्चियन हो । मेरो ठूलो चाड भनेको कृषमस हो । म बाइबल पढ्छु । यो विश्यको सबैभन्दा पवित्र धार्मीक ग्रन्थ हो । यो देब बाणी हो । मेरो देवताको नाम यसु ख्रिष्ट हो । म यसु ख्रिष्टलाई सम्मान गर्छु । म हरेक शनिबार चर्चमा
जान्छु । प्रार्थना गर्छु । म श्राद्ध गर्दिनँ । बाबु आमा परलोक हुँदा कपाल काट्दिनँ । किरिया गर्दिनँ । मरेको लाशलाई खाल्टोमा पुर्छु । लाश नदीमा लैजान, किरिया गर्न, श्राद्ध गर्न, जनैपूर्णिमा, नागपञ्चमी, दशै तिहार यी वाइघातका चाडपर्वहरू हुन् । यी चाडबाडहरू हाम्रा पीडा थप्ने तत्वहरू हुन् । आदि इत्यादि………… ।
अब तुलना गर्नुहोस् त एक सच्चा र वास्तविक नेपालीले के भन्छ । म नेपालमा बस्छु । मेरो धर्म हिन्दु÷बौद्ध हो । मेरो ठुला चाडहरू भनेका दशै, तिहार, जनै पुर्णिमा, तीज, बुद्ध जयन्ती, बुद्ध पुर्णिमा, माघी, माघे सक्रान्ती आदि हुन् । म वेद, महाभारत, रामायण, त्रिपिटक, बुद्ध बाणी आदिको अध्ययन गर्छु । मेरो देवताको नाम शिव, पार्वती हो । लक्ष्मी हो । राम हो । सीता हो । बुद्ध हो । महाबिर हो । म हरेक शनिबार मन्दिरमा÷बुद्ध विहारमा जान्छु । गुम्बामा
जान्छु । पूजा गर्छु । जोसुकै होस् कसैको मृत्यु भए पश्चात लाश नदीमा लैजान्छु । कपाल खौरन्छु । नियममा रहेर ५।७।१२ दिन किरिया बस्छु । श्राद्ध गर्छु । आदि इत्यादि ।
उपरोक्त यी दुई अनुच्छेदमा तपार्इँ कुनमा नेपालीपना झल्केको मान्नु
हुन्छ ? पहिलो अनुच्छेदमा तपाईँ नेपालिपना झल्केको कहाँ देख्नुहुन्छ ? नेपालको परम्परागत धर्म, संस्कृतिमा रहेको सार कहाँनेर पाउनुहुन्छ । अनि सरासर भन्न सकिएन त नेपालको धार्मिक, सांस्कृतिक, नैतीक लगायत हरेक क्षेत्रलाई ध्वस्त पारिदै छ भनेर ? अझ तपाईँलाई भ्रममा पारेर– यो धर्ममा लाग्यो भने ‘रोग निको हुन्छ’ भनिएको छ । ‘धनी हुन्छौँ, सुखी हुन्छाँै’ भनिएको छ । ‘दबाई लगायत सारा सित्तैमा पाइन्छ । चार पैसा लाग्दैन’ भनिएको छ । अनि ‘लागिसकेको रोग पनि निको हुन्छ’ भनिएको छ । अनि पछि भनिएको छ ‘अस्पताल भर्ना हुनुप¥यो भने पनि पैसा लाग्दैन । हाम्रै मण्डलीले उपचार गरिदिन्छ ।’ हेर्नुहोस् त, हामी नेपाली विचरा ठगिएका ! हेर्नु त, हामी नेपाली, राँगा, खसीबोका, कुखुराको भाले झैँ धमाधम बेचिएका ! ! यो सुखको लोभमा बेचिएको देखेर त विश्व प्रसिद्ध लेखक खलिल जिब्रान भन्छन् –‘अचम्मको कुरा छ कि सुखको आशा नै मेरो दुःखको कारण बन्यो ।’ अब यो पनि यहाँ लागु हुँदैछ । धर्मान्तरको कारणबाट मानिसले मात्र होइन नेपाल आमाले समेत दुःख पाउनेवाला छिन् ।
विदेशीहरूले आफ्नो धर्मको प्रचारप्रशार गरी कुस्वार्थले पोल्टो भर्नको लागि हाम्रो देशमा किन यति बिघ्न मरिहत्ते गरेका होलान् ? तपार्इँ आफै कल्पना गर्नुस् त । उनीहरूले आफ्नो धर्मको प्रचार प्रशारको लागि कति समय खर्चेका होलान् ? आफ्नो धर्मले विश्वमा एकछत्र राज गरोस् भन्ने कुत्सित अभिप्रायले युवा युवती हरूलाई भाडामा लिएर झोला बोकाएर गाउँगाउँमा मन्त्र पढाउन पठाएका छन् । चर्चको नाउँमा थुप्रै स्कुलहरू, बाटाघाटाहरू निर्माण र जिर्णोद्वार गर्ने नाउँमा भोका चराहरूलाई कनिका छरे झैँ रुपैया छरेका छन् । त्यति मात्र हो र नफकिएकाहरूलाई फकाउन खरबौँ रुपैया लगानी गरिरहेका छन् । अनि कसले भन्न सक्छ यसमा उनीहरूको कुनै स्वार्थ छैन भनेर ?
सात समुद्र पारको विदेशीले आफ्नो धर्मको लागि यहाँ लगानी गर्नाको कारण के होला त ? पक्कै पनि हामी उसका नाताभित्र त अवश्य पर्दैनौँ होला नि ? स्पष्टै छ । ……..मतलब, स्वार्थ र लुब्ध ….स्वार्थविना कसैले दुःखसँग कमाएको पैसा लगानी गर्छ र ? हो हामी गरिब छाँै । अल्छी पनि छौँ । हामीलाई रोटी चाहिएको छ । त्यसको लागि स्वार्थरहित भावनाले रोटी वा पैसा ल्याएर दिउन् न त । तर उनीहरू हाम्रो भोकसँग किन आफ्नो धर्म लाद्न चाहन्छन् ? ती भोका, नाङ्गा, गरीब, अबुझ र अशिक्षित मानिसहरूलाई विविध तरिकाले लोभमा फसाएर किन उनीहरूले सदियौँदेखि मान्दै आएको आफ्नो प्राण प्यारो धर्मलाई ‘त्याग’ भनेर छुद्र व्यवहार देखाउँछन् ? यसरी सबै शक्ति लगाएर सिधासाधा जनतालाई आफ्नो बसमा पार्नु भनेको सरासर कुनै न कुनै शर्तमा आफ्नो दाशत्व स्वीकार गर्न लगाउनु हो कि होइन ? कसैको अनुदानमा बाँचेको मानिसले ‘म स्वतन्त्र छु भन्न सक्छ ?’
योगी नरहरीनाथ भन्नुहुुन्छ ‘जसले धर्म बेच्छ । अब उसको बेच्ने कुनै कुरा
रहुँदैन ।’ एक पटक सोच्नुस् त हाम्रो धर्ममा के छैन ? ….बशुदैव कुटुमबकुम । विश्व नै एउटा कुटुम्ब हो । सर्वे भवन्तु, सुखिनः । सर्वे सन्तु निरामयाः सर्वे भद्राणी पश्यन्तु कश्विद् दुःखाग्भवेत् ।। सबै सुखी रहुन । सबै निरोगी रहुन । सबैले भलो देखुन् । कुनै पनि दुःखभागी नहुन् । मा भ्राता भ्रातरं द्विक्षन् मा स्वसारमुत्त स्वसा । सम्यञ्चः सद्रता भूत्वा वाचँ वदत भद्रया ।। दाजु भाइले दाजुभाइसित द्वेष गर्नुुहुन्न । सबैले मिलेर यौटै, ब्रत, यौटै विचार, यौटै इष्ट, लक्ष्य र साधना
गर्नुपर्छ । आदि प्रकारका कति स्तरीय स्लोक, शिक्षा एवम् निती नियमहरू छन् । धार्मीक हिसाबले विश्लेषण गर्ने हो भने हामी कुन ठाउँमा, कुनभन्दा कम छौँ ? हामीले आफ्नो धर्मको गहन अध्ययन, खोज अनुसन्धान र विश्लेषण नगरी पर धर्म किन ग्रहण गर्छौँ ? यो त राष्ट्र र आफ्नो कूलप्रतिको अपमान हो । अपराध हो । क्रमशः
कूलप्रतिको अपमान
previous post