पुषको कठाङ्ग्रिदो जाडो । कक्षा ८, ९ र १० का ४१ जना विद्यार्थी लिएर शैक्षिक अवलोकन भ्रमण तथा वनभोज कार्यक्रमको आयोजना गरियो । एक दिने कार्यक्रमका लािग विहान ६ः४५मा प्रस्थान गरियो । गन्तव्य थियो, पवित्र धार्मिक स्थल देवघाटको । बस स्टार्ट हुनासाथ सिटमा बसेका र उभिएका सबै विद्यार्थीहरु हुटिङ गर्न थाले । सङ्गीत र गीतको तालमा किशोर किशोरीहरु नाच्न र चिच्याउन
थाले । कक्षामा कहिल्यै आवाज ननिकाल्ने किशोर किशोरीहरु सबैभन्दा बढी चिच्याएको पाइयो । कमलबारीदेखि देवघाटसम्मको यात्रामा सिटमा रहेका किशोर किशोरीहरु समेत उठेर प्रफुल्लित हुँदै नाँच्न र हुटिङ गर्न थाले ।
देवघाटको पवित्र स्थलमा पुगेको पत्तै भएन । केही साथीहरु पिकनिकको व्यवस्थापनमा जुट्नु भयो । म भने विद्यार्थी डुलाउने कामको नेतृत्वमा चयन भएँ । देवघाटका विभिन्न स्थलहरको भ्रमण गरियो । भ्रमणका क्रममा पनि विद्यार्थीहरु उत्तिकै प्रफुल्लित थिए ।
दिनको २ बजे हामी पिकनिक स्पटमा गयौं । स्पट थियो, सानो गढी चितवनको स्टल नम्बर पाँच । साथीहरुले मीठो खाना तयार पारिसक्नु भएको रहेछ । खाना खाइसके पछि विद्यार्थीहरु नाँच गान गर्न तल्लिन भए । नारायणी नदीको किनारमा अवस्थित पार्क ज्यादै मनमोहक रहेछ । विद्यार्थीहर झनै रमाए । बेलुकीको ५ कजे हामी पनु कमलबारी तर्फ प्रस्थान ग¥यौं । जाँदा जसरी रमाएका थिए, फर्कँदा पनि विद्यार्थीहरु त्यसरी नै रमाएको पाइयो ।
किशोर किशोरीहरुको स्वाभाविक क्रियाकलापले हामीलाई पनि त्यस्तै बनाएको थियो । बेला बेलामा हामी शिक्षकहरु पनि उनीहरु जस्तै भएका थियौं । उनीहरुका गतिविधिलाई मैले कालो चस्मा लगाएर लुसुलुसु अवलोकन गरिरहेको थिए । गतिविधि सबै राम्रा थिए ।
विद्यार्थीहरुलाई बेला बखतमा मनोरञ्जन प्रदान गर्नु गतिलो शिक्षा भएको अनुभूति भयो । यस्ता भ्रमणले विद्यार्थीलार्य मनोरञ्जन प्राप्त हुनुका साथै ज्ञानको भण्डार वृद्धि हुँदो रहेछ । घर र विद्यालयको सीमाभित्र थुनिएका किशोर किशोरीहरुलाई नजिकबाट नियाल्ने मौका प्राप्त हुने रहेछ । उनीहरुलाई पनि आफूभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने मौका प्राप्त हुने रहेछ ।
रातको ८ः३० बजे सबै विद्यार्थीहरुलाई आ–आफ्नो घरमा पु¥याइयो । दिनभर किशोर किशोरीहरुको सङ्गतले गर्दा आफूलाई किशोर जस्तै उर्जावान भएको पाएको थिएँ । घरमा पुगेर ठूलो ऐनाको अगाडि उभिँदा पो थाहा पाएँ म त किशोरको हजुर बुवा पो रहेछु । आगामी दिनहरुमा पनि विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण तथा वनभोज कार्यक्रममा सहभागी गराई आफु पनि पुनः एक दिने किशोर बन्ने सपना बुनेर निन्द्रा देवीको आराधना गर्न लागें ।