पृष्ठभूमिः
संविधान अर्थात कानुन बमोजिम देश चलेको अनुभूति नेपाली जनताले गर्न पाउनु पर्दछ । देश र जनताप्रति उत्तरदायी लोकतान्त्रिक दलहरूले बहुमतको होस् या गठबन्धन होस् सरकार पाँच बर्ष चलाउनै पर्दछ । कर्मचारी, प्रहरी, न्यायाधिश एउटा विधि प्रक्रिया र राष्ट्रिय स्वार्थमा नियुक्ति, सरूवा, बढुवा र पुरस्कृत हुने विश्वासको प्रणाली बसाल्न सक्नु पर्छ ।
कानुन
संविधानले सरकारको कार्यकाल पाँच बर्ष तोकेको छ । नेपाल जस्तो देशले मध्यावधि चुनाव र अस्थिर सरकार धान्न सक्दैन । जुनसुकै क्षेत्रको होस् राष्ट्रसेवकमा इमान्दारिता पुरस्कृत हुनुपर्दछ । सरकार तीन÷तीन महिनामा फेरिने । सरकारसंगै मन्त्रालय देखि जिल्ला तहसम्मका सरकारी कर्मचारी बदलिने । निजामति सेवा ऐन नियम वा प्रहरी सेवा ऐन नियम वा अन्य कानुन किताबमा मात्र सीमित राख्ने शासकिय दम्भले कानुनको मर्यादा समाप्त हुन्छ । त्यसको अन्ततः परिणाम राज्य पहिचान र अस्तित्व पनि सुरक्षित रहेको विश्वास समाप्त हुन्छ । कानुन नमान्ने शासकीय दम्भले मुलुकप्रतिको मायाँ, आस्था र विश्वासबाट जनविश्वास मेटाएर निराशा विकास गराउने गरी यो देशका शासकहरुले कानुनको निर्माण र कार्यान्वयन गर्दै गएका छन् ।
कार्यान्वयन
नेपाली लोकतन्त्रले कानुन निमुखा र पहुँच विहिनहरू माथि राज्यशक्तिमा कब्जा जमाएकाहरुले बर्साउने र तर्साउने अश्त्रको रूपमा अपव्याख्या गराइएको छ । निमुखा जनतालाई कारवाही गर्ने ठूला तस्करहरुहरुलाई कर मिनाहा दिने कार्यशैलीले कानुनको निष्पक्ष कार्यान्वयन गरेको दृष्टान्त दिन सकेको छैन । ठूला ठूला उद्योग र कम्पनीले विद्युत महसुल, कर, छुट सुविधा दिने सत्तासिनहरुले उनिहरुबाट निहित स्वार्थ लिएको आमनागरिकका अगाडि घामजस्तै छर्लङ्ग भएको छ । कानुनको यस्तो छाडा कार्यान्वयन नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारण बनेको छ ।
अस्थिरता
नेपाली जनताले लोकतन्त्रको उपभोग गरेको २०४७ सालबाट हो । यो अबधि भनेको ३३ बर्ष पार गरेको छ । ३० बर्ष पञ्चायतले गरेको शासन र ३३ बर्ष लोकतन्त्रले गरेको शासन अवधिको सुद्ध नेपाली आत्माबाट मूल्याङ्कन गरेर टिप्पणी गर्न सक्ने हो भने राजनीतिक स्थिरताको दृष्टिले ३० अब्बल राजनीतिक स्थिरता थियो । स्वाधिनताको दृष्टिले झनै अब्बल थियो । नीतिगत विकासको दृष्टिले पनि पञ्चायतकाल उत्कृष्ट थियो । नीतिगत भ्रष्टचारको दृष्टिले यो लोकतन्त्र पञ्चायतसंग तुलना नै हुँदैन । न्यायीक सुशासनको दृष्टिले लोकतान्त्रिक काल त अराजक नै बन्दै गएको छ ।
निष्कर्ष
लोकतन्त्रले विधि प्रक्रिया र पद्धति बसाल्न सक्नु पर्दछ । लोकतान्त्रिक संस्कार बसाल्न सक्नु पर्दछ । कानुनले शासन गर्नु पर्दछ । ३३ बर्षमा यो लोकतन्त्रको सञ्चालकहरू पूर्ण रूपमा असफल भए । राष्ट्र असफल हुन नदिने हो भने अहिलेका दलको नेतृत्व र राज्य संचालकले निर्मम विश्राम लिएर मार्ग प्रसस्त गरिदिनु पर्दछ ।
कानून, व्यबहार र अस्थिरता
previous post