
पृष्ठभूमिः
राज्य नागरिकको लागि हो । कानुनको शासन आमनागरिकका लागि हो । नागरिकको माग, नागरिकको आन्दोलन, नागरिकको विद्रोहले शान्ति, अमनचयन, सुशासन र विधिको शासनका लागि हुनुपर्दछ । नागरिक सचेत, इमानदार र जिम्मेवार हुन सक्दा सरकार गैरजिम्मेवार र भ्रष्ट बन्न सक्दैन । नागरिक दायित्व जिम्मेवार र उत्तरदायी पनि हुनुपर्दछ ।
राणा शासनः
हामीले हरदिन गाली गर्ने १०४ बर्षे जहानीया राणा शासनले देश र जनतालाइ लुटेको, शोषण गरेको अन्याय र थियो मिचो गरेको भनेर हामीले २००७ सालमा फाल्यौं । त्यतिबेला पनि हामीले विधिको शासनको खातिर आमनागरिकले जीवन उत्सर्ग गरेर प्रजातन्त्र ल्याएको बुझ्यौं । त्यो प्रजातन्त्र २०१७ साल पुष १ गते राजाले खोस्यो भनेर हरेक बर्ष पुष १ गतेलाइ कालो दिनको रुपमा बुझ्दै जान्दै र सम्झदै आयौं । धेरै स्वाभिमानी नेपालीजनको जीवन उत्सर्ग गराएर हामीले पुनः २०४६ सालसम्म प्रजातन्त्रका लागि लड्यौं । फगत एउटै जनअपेक्षा थियो, विधिको शासन र मत्स्य न्यायको अन्त्य । २००७ सालको राजनीतिक परिवर्तन खोसिनुमा उही आन्दोलनकारी अर्थात प्रजातन्त्रवादीको लोभलालच, इष्र्या, द्वेश, बैरभाव र स्वार्थ केन्द्रित उपलब्धिको लागि विक्ने प्रबृत्तिले २०१७ देखि २०४६ सम्म हाम्रो विचार र अभिव्यक्तिको स्वतन्त्रता र मानव अधिकार हरण सहदै आउन अभ्यस्त बन्यौं ।
२०४६ को परिवर्तनः
हामीले २०४६ सालमा गरेको राजनीतिक परिवर्तनलाइ लोकतान्त्रिक मूल्य मान्यता र आर्दश बमोजिम संरक्षित गर्न सकेनौं, सत्ताकेन्द्रित भयौं । प्रतिकार समितिमा बसेका शक्ति र समूहसंग सहजै सत्तासाझेदार बने–२०४६ को राजनीतिक आन्दोलनका पक्षधरहरु । त्यो सत्तास्वार्थमा विधिको शासन, लोकतन्त्रको मूल्य मान्यता र आर्दश विक्यो ।
सशस्त्र विद्रोहः
मुलुकमा लोकतान्त्रिक व्यवस्था छँदाछँदै निर्वाचन प्रणालीबाट राजनीतिक परिवर्तन गर्न छोडेर विदेशी शक्तिको आड भरोसा र उक्साहटमा फेरी २०५१ बाट नेपालमा फेरी सत्ता पक्ष र विद्रोही पक्षका हरकतहरु हत्या, हिंसा, वलात्कार, लुटपाट, विध्वंस, आगजनि जस्ता गतिविधिले १७ हजारको ज्यान लियो । तीन हजारको अंगभंग ग¥यो । पाँच हजार विधवा भए । मौलिकता माथि प्रहार गर्न ७० वटा भन्दा बढी मठमन्दिर फोडियो । संस्कृत भाषाको पढाइ बन्द गराइयो र शिक्षकको हत्या गरियो । चार हजार चर्चा थपाइयो । एक सय पाँच बैंक लुटियो । राज्यको झण्डै ८० अर्बको क्षति गराइयो । झण्डै चालीस लाख गैरनागरिकलाइ नागरिकता प्रदान गर्ने प्रपञ्च मिलाइयो । २०६३ सालमा पुगेर अबको दश बर्षमा नेपाललाई सिंगापुर बनाउने उद्घोष गरियो । झण्डै बीस बर्ष पुग्न लाग्दा आजको दशा नेपालीले भोग्न परेको छ ।
जेन जेडको आन्दोलनः
भाद्र २३ गतेको आन्दोलन पनि विधिको शासन र सुशासन कै मागमा केन्द्रित शान्तिपूर्ण थियो । तर भाद्र २४ गते कानुनको शासन, विधिको शासन, शान्ति अमनचयन कायम गर्ने सिंहदरबार, अदालत, जिल्ला प्रशासनमा आगजनि र तोडफोड गरियो । आव्हानकर्ताले नै स्वीकार गरे की घुसपैठ भयो ।
निष्कर्षः
हामीले माग्ने परिवर्तन र गर्ने परिवर्तन लहलहैमा लागेर गर्न सक्दा रहेनछौं । विद्रोह गर्नु र जिम्मेवारी सम्हाल्नुमा
धेरै ठूलो फरक रहेछ । एक पटक सत्तामा बसेर क्षमताको प्रयोग गरिसकेपछि सधंैलाई पुग्ने अभ्यास सबैले गरेको भए आज तवाहको दशा आउने थिएन ।