अघिल्लो साताको आइतबार अर्थात पुष ८ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा प्यानल डिस्कसनको आयोजना गरेको थियो ।
‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक प्यानल डिस्कसनमा कांग्रेस महासमिति सदस्य समेत रहेका सोलुखुम्बुका हुतराज बस्नेतको प्रश्न थियो,“किसुनजीसँग जीवन बिताएका हाम्रा साथीहरूमा किसुनजीसँग भएका आदर्श कति प्रतिशत छ ? त्यसको मूल्यांकन गर्ने कि नगर्ने ?” दर्शक÷श्रोता दीर्घामा रहेका वस्नेतले कांग्रेस भएकै कारण माओवादीले दिएको पिडा सम्झिए, गएको स्थानीय तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीलाई मत दिनु पर्दाको पिडा सुनाए अनि हँसिया हथौडामा भोट नहाल्दा कारवाहीको भागिदार हुनुपर्ने भन्दै कांग्रेस नेतृत्वले दिएको धम्की विरुद्ध आक्रोष पोखे ।
किसुनजीसँग जेलमा संगत गरेको सुनाएका पार्टी सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक दल कांग्रेस बन्ने भए स्व. नेता भट्टराईको पथमा हिँड्नुपर्ने धारणा यस अघि राखेका थिए । उनको यो धारणा माथि बस्नेतको प्रश्न थियो, “जीवनभरि कांग्रेसको आदर्श भएर बसियो, कांग्रेस भएकै कारण माओवादीले गौंडा ढुकेर मार्न खोजे, घर सबै लुटे शेरबहादुरजीको पालामा आएर माओवादीलाई भोट नदिए कारवाही गर्ने भनियो, के विचित्रको व्यवहार हो ?”
बस्नेतको मात्र होइन, नेपाली कांग्रेसको नेतृत्व र खासगरी सभापति शेरबहादुर देउवा प्रति देशभरका कांग्रेस कार्यकर्ता र शुभेच्छुकको प्रश्न हो यो । तर यस्ता प्रश्नहरु सुन्ने र त्यसको सम्यक जवाफ दिने आत्मबल नभएका कारण देउवा र कांग्रेस नेतृत्व यस्ता प्रश्न सुन्न चाहँदैन र प्रश्न गरिनु अगाडि नै कार्यक्रम स्थलबाट हिँडिसक्छ वा प्रश्नकर्तालाई गैर कांग्रेस भनेर अलग्याउन थालिन्छ, अवसरहरुबाट बञ्चित गर्न थालिन्छ । तगारो बाहिरै राखिन्छ । प्रश्न गर्न पाउने, प्रश्नहरु संयम पूर्वक सुनिने र त्यसको सम्यक जवाफ पाउने व्यवस्थाका लागि नेपाली नागरिक बारम्बार लडे तर नेपालको सबैभन्दा जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा त्यो व्यवस्थाको अभाव देखिन थालेको छ । माओवादीलाई मत किन दिने भन्ने समर्थक÷शुभेच्छुकको प्रश्नमा कारवाहीको धम्की यसैको पछिल्लो उदाहरण हो ।
नेपाली कांग्रेस तनहुँले भर्खरै प्रकाशित गरेको स्मारिका मा उल्लेख भए अनुसार माओवादी द्वन्द्वका बेला सरस्वती कृष्ण श्रेष्ठ, होमराज लोहनी, कल्याण खनाल, रामजीप्रसाद भट्टराई लगाएत तनहुँका १४ कांग्रेस नेता तथा कार्यकर्ताले ज्यान गुमाए । सरस्वतीकृष्ण श्रेष्ठ तत्कालिन रानीपोखरी गाविसका अध्यक्ष थिए । २०५५ फागुन २४ मा माओवादीद्वारा हत्या गरिएका उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष थिए,उनको दोष नेपाली कांग्रेस हुनु थियो । २०५९ साउन २७ मा गृहनगर भिमादमा हत्या गरिएका नेपाल विद्यार्थी संघको कुसल नेतृत्व गरेर कांग्रेसको नेतृत्वमा जाने प्रयासमा रहेका कल्याण खनाल आँखामा राखेपनि नविझाउने व्यक्तित्व थिए । उनको पनि एउटै खोट थियो, त्यो हो उनी कांग्रेका जिल्ला तहका नेता थिए
सोही समयमा माओवादीद्वारा कुटपिट गरिएका र अंगभंग भएकाको संख्या त्यो भन्दा धेरै छ । तत्कालिन साभुङ भगवतीपुर गाविसका अध्यक्ष समेत रहेका चीनबहादुर आले सिद्धार्थ उच्च मावि किहुँका प्रधानाध्यापक रामभक्त खनाल लगाएत १९ जनाले कांग्रेस भएकै कारण माओवादीको कुटपिट सहे र अपांग भए । केही स्वर्गवासी भए अनि कोही कष्टकर जीवन बाँचिरहेका छन् । धु्रव वाग्ले, जितबहादुर श्रेष्ठ सहित चार जनाको घरमा माओवादीले लुटपाट मच्चाए । आफ्नो थात थलोमा खनीखोस्री गरेर जीवन गुजारा गरिरहेका तर कांग्रेसको शुभेच्छुक समर्थक भएकै कारण माओवादीबाट लखेटिएका व्यक्तिको संख्या महेश्वर भट्टराई, लक्ष्मी आचार्य, तारानरेश पौडेल तथा हरिकला अधिकारी लगाएत ५८ छ । यो छोटो लेखमा कांग्रेस भएकै कारण मारिका, लुटपाट गरिएका, कुटपिट गरेर अंगभंग भएका तथा विस्थापनमा परेका सबैको नाम र भूमिका उल्लेख गर्न नसकेकोका दुःखी छु ।
२०५८ माघ ३ गते बुधबार माओवादीद्वारा हत्या गरिएका खोटाङ स्थित चिसापानी माविका प्रधानाध्यापक हर्कबहादुर राईको दोष केही थियो भने त्यो हो, उनी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका खोटाङ जिल्ला अध्यक्ष थिए ।
कांग्रेस समर्थक भएकै कारण माओवादीद्वारा हत्या गरिएका अर्का व्यक्ति हुन लमजुङको पाणिनी संस्कृत माविका तत्कालिन प्रधानाध्यापक मुक्तिनाथ अधिकारी । २०५८ साल पुष १८ गने बुधबार कक्षामा पढाइरहेका अधिकारीलाई माओवादी कार्यकर्ताहरुले घोक्राएर बाहिर निकाले, हात पछाडी लगेर बाँधे र लामो पाइला चाल्न नमिल्ने गरी गोडा पनि बाँधे । संस्कृतको पठनपाठन बन्द नगरेको सहित शिक्षकको तलबको २५ प्रतिशत रकम संकलन गरेर नदिएको अभियोग लगाए र केही पर रहेको उत्तीसको रुखमा झुण्ड्याएर विभत्स तरिकाले हत्या गरे । उनको मुख्य दोष चाही उनी नेपाल शिक्षक संघका सदस्य थिए अर्थात कांग्रेसका समर्थक थिए ।
यस्ता दर्जनौं उदाहरण छन्, जसले कांग्रेस समर्थक भएकै कारण माओवादीको आँखाको कसिंगर बने र जीवन गुमाए । माओवादीद्वारा मारिएका, लखेटिएका, अंगभंग भएका र लुटिएका व्यक्ति र तिनको परिवारलाई हंसिया हथौडामा भोट हाल नभए तिमीलाई कारवाही गरिन्छ भन्दा कस्तो हुँदो हो, नतृत्वले त्यता कहिल्यै विचार गरेको देखिएन् । तल्लो तहका नेता, कार्यकर्ता र शुभेच्छुकको दुःखमा मलम लगाउने सोच नेताहरुमा देखिएन बरु तिनका घाउमा नून चुक छर्ने काम कांग्रेस नेतृत्वले माओवादीलाई भोट नहाले कारवाही गर्ने उर्दी जारी गरेर गरिरहेको छ । विहान घरबाट निस्केको आफु सांझ सकुसल घर आइपुग्न पाउने हो वा होइन भन्ने त्रासका बीच जसले देशका दूर दराजमा कांग्रेसलाई बचाइ राखे, तिनको अब कांग्रेस नेतृत्वलाई कुनै वास्ता छैन । आज कांग्रेस नेतृत्व त्यही माओवादीको भरिया बनिरहेको छ, उसका लागि सत्ता सोपान बनिरहेको छ,जसले आफ्ना हजारौं नेता कार्यकर्ताको नृशंस हत्या ग¥यो । लाखौ कार्यकर्ता बेघर बनायो । त्यति नै संख्यामा कायकर्ता लुट्यो, अंगभंग बनायो । त्यसैले त अहिले कांग्रेस हुनुमा दुः