भुठको सहारामा लोकप्रिय बन्ने कसरत
केपी ओलीको नेतृत्वमा सरकार गठन भएको फागुन ३ मा तीन वर्ष पुरा भएको छ । आफ्नो सरकारले तीन वर्ष पूरा गरको अवसर पारेर ओलीले प्रधानमन्त्री कार्यालय परिसरमा तामझामका साथ प्रेस व्रिफिङ गरे ।
अस्वस्थताको बहाना बनाएर १० महिना देखि प्रधानमन्त्री कार्यालय नगएका प्रधानमन्त्री सोमबार कार्यालय पुगेर आफुले तीन वर्षमा गरको कामको विवरण भन्दै दुइ घण्टाबढी भाषण गरे ।
२३ पृष्ठको र ७४ बँुँदा सम्मिलित व्रिफिङमा ओलीले आफुले यो तीन वर्षमा समृद्धिको आधार खडा गरको बताए । पहिलो ३ पेज र ९ वटा बुँदा आफ्नो प्रतिनिधि सभा विघटन निर्णय सहि भएको बताउन खर्चेका ओलीले आफुलाई अब्बल देखाउन विगतका सरकारका पालामा प्रारम्भ भएर अहिले उनको पालामा सम्पन्न भएका आयोजनालाई आफ्नो उपलब्धिको रुपमा प्रस्तुत गरे । बुँदा नं २८ को प्रारम्भमै प्रस्तुत तथ्याङ्कलाई नै हेरौ न । उनले त्यस बुँदामा भनेका छन्, “विद्युत् उत्पादन ३३३ मेगावाट थप भई १,४३० मेगावाट पुगेको छ । माथिल्लो तामाकोसी ९८.८ प्रतिशत सम्पन्न भइसकेकाले यस परियोजनाबाटै यसै आर्थिक बर्षमा ४५६ मेगवाट विद्युत्थप हुने निश्चित छ ।” ओलीले आफ्नो उपलब्धी भनेर उल्लेख गरको थप ३३३ मेघावाट विद्युत आयोजना कुनै पनि उनको पालामा आरम्भ भएका
होइनन् । न त माथिल्लो तामाकोशी उनको पालामा सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले रासायनिक मलको अनुदानमा १२५ प्रतिशतभन्दा बढीलेबृद्धि गरी बार्षिक अनुदान १० अर्ब ६८ करोड ९८ लाख पु¥याइएको त बताए तर उनको शासनावधीको यो तिन वर्षमा किसानले कहिल्यै समयमा मल नपाएको कुरा धुर्तता पूर्वक लुकाए । समयमा मल नपाउने भएपछि अनुदानमा बृद्धि गर्नुले के अर्थ राख्छ ? भनेर व्रिफिङ सुन्नेले बुझ्न सकेका छैनन् ।
नयाँ युगको सुरुवात भन्दै ओलीले पत्रिकाका खोलमा अनि विद्युतका पोलमा आफ्नो फोटो प्रकाशित गर्न र टाँस्न लगाएर तामझामका साथ २०७५ मंसिर ११ मा सामाजिक सुरुक्षा योजना सुरु गरे । त्यसलाई उनले आफ्नो उपलब्धीको बुँदा नं ३८ मा उल्लेख गरेका छन् तर दुइ वर्षको अवधिमा सो कार्यक्रममा नेपालको औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका झण्डै ४० लाख श्रमिक मध्ये झण्डै डेढ लाख श्रमिक मात्र आबद्ध भएको उल्लेख भने
गरेनन् । सुशासन र भ्रष्टाचार बिरुद्धको अभियान नाम दिइएको बुँदा नं ४० मा ओलीले गतबर्ष फागुन ३ कै दिन प्रतिनिधि सभामा सम्बोधन गर्दा आफुले म आपूmभ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ’ भनेको उल्लेख गर्दै भने, आज फेरि एकपटक दोह¥याउन चाहन्छु–
‘दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने÷नगर्ने फैसला लिइन्नँ ।’
तर ७० करोड काण्डका नाईके गोकुल निर्दाेष रहेको घोषणा गर्ने अनि वाईड बडी विमान काण्ड, यती जग्गा लिज प्रकरण, ३३ केजी सुन काण्ड तथा ओम्नीको औषधी खरिद प्रकरणमा कसैलाई केही नगरेका ओलीको कुरामा नागरिकले कसरी विश्वास गर्ने ? तराईमा शीत लहरका कारण नागरिकको जीवन काष्टकर भएको विर्सेर ओली उल्लेख गर्छन्, शीत लहर र चिसोबाट कठ्याङ्ग्रिएर नागरिकको मृत्यु हुन नदिने सरकारको प्रतिबद्धता यस अवधिमा प्रभावकारी भएको छ । नागरिक सडकमा भोकले मरेको समाचार दिनदिनै सुन्नु परिरहेको छ तर प्रधानमन्त्री आफ्नो उपलब्धीको बुँदा नं ६४ मा उल्लेख गर्छन, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने संकल्प व्यबहारमा लागू भएको छ । अहिले हाम्रा शहर सडक बालबालिका र माग्ने तथा सडक मानवमुक्त शहर भएका छन् ।
यी त केही उदाहरण मात्र हुन्, ओलीले प्रस्तुत गरको झुठको । व्रिफिङमा संलग्न ७४ बुँदा मध्ये धेरैमा यस्ता झुठको सहारा लिएर उनले लोकप्रिय बन्ने कसरत गरेका छन् ।