कर्मठ शिक्षक
गुरु सम्बन्धी महात्मागान्धीको एउटा उक्ति छ– ‘गुरुमा हामी पूर्णताको कल्पना गर्दछौं । अपूर्ण मान्छेलाई हामी अनेकौं भूलहरुको शिकार बन्दछौं ।’
यदि अल्पग्यानीलाई गुरु बनाइयो भने त्यसको परिणम सबैले भोग्नु पर्दछ । पहिलेका गुरुहरुमा स्वार्थ
थिएन । गुरु दक्ष, निपुर्ण र पारंगत पनि थिए । जे गर्थे सत्य गर्दथे, जे बोल्थे सत्य बोल्थे । त्यसैले गुरुको बचन अकाट्या जस्तै सर्वमान्य हुन्थ्यो । यथासक्य अर्पण गरिएको गुरु दक्षिणाबाट नै जीवन निर्वाह हुन्थ्यो । गुरुका भरण पोषणका लागि शिष्यहरु माग्न जान्थे, जे पाउँथे, सो टक्¥याउँथे । गुरु शिष्य बाडीचुँडी खान्थे । यसरी गुरु चेलाको दैनिकी व्यतित हुन्थ्यो ।
विस्तारै गुरुहरुको स्वतन्त्रता हराउँदै गयो । शासकहरुबाट आफ्ना सन्तान दरसन्तानको शिक्षादिक्षाको लागि गुरुहरु नियुक्त गर्न थालियो । राजारजौटा दरबारिया, बडाहाकिम, हाकिम, उच्चदज्र्यानी र आसेपासेहरुका सन्ततीलाई गुरुले पढाउनु पर्ने भयो । गुरुले चाहेर पनि उनिहरुका इच्छा विपरित एककदम चाल्न पनि नसक्ने भए । पढाए वापत निश्चित रुकम पाउने भए । यानेकि आफू अर्काको नूनपानी खान थालियो । नूनको सोझो गर्न विवश भएँ । गुरुको स्वतन्त्रता विस्तारै कुण्ठित हुँदै गयो । अर्को शब्दमा भन्दा गुरुलाई परिवन्दले पक्षपाती बनायो । गुरुलाई नियमको घेराले बाँधियो, त्यो घेरा तोड्न गुरुको हिम्मत नआउने भयो । शासकले आफ्नो सन्ततीलाई अरु भन्दा अब्बल बनाउनु पर्ने हुनाले त्यसको प्रतिष्पर्धा गर्ने हैसियतका कोही नहुन भनि गुरुलाई इशारा गरिन्थ्यो । गुरु त्यही अनुसार ज्ञान सीप आफ्ना चेलाहरुलाई प्रदान गर्दथे । त्यति गर्दा गर्दै पनि कोही विलक्षण प्रतिभाशाली देखा परेमा उसलाई माथि आउन दिईदैनथ्यो । विभिन्न बहानामा निचोरिन्थ्यो । प्रत्यक्ष वा अप्रत्यक्ष गुरुबाटै त्यो प्रतिभा निमोठिन्थ्यो । अर्जुन भन्दा एकलव्य धनधर बन्ने भन्ने गुरुलाई थाहा भएपछि दोर्णाचार्यले उनको धनु चलाउने औला दक्षिणाको रुपमा मागेर उनको क्षमतालाई विकलांग बनाईन्थ्यो । पौराणिक इतिहासमा गुरुबाट भएको पक्षपाती तीतो सत्य साक्षी छँदैछ । हुन त गुरुले त्यसो गर्नु पर्ने सयौकारणहरु होलान् । तर दुई प्रतिष्पर्धी मध्ये एउटालाई अब्बल र अतुलनीय सावित गर्न र अर्कोलाई प्रतिप्रष्धाको पंक्तिमा उभिनसम्म अयोग्य बनाउने कार्य गुरुबाटै भयो । इतिहासले गुरुको निष्पक्षता माथि अहिलेसम्म औला उठाउँदैछ ।
समय गुज्रिदै गयो, शिक्षकलाई सीमित घेराबाट बाहिर ल्याइयो । चाहनेले खुशी हुनेले पढ्न पाउने भए । तर पनि आ–आफ्नो सामाजिक हैसियत र स्थितिका कारण शिक्षा धेरैलाई आकाशकै फल बनिरह्यो । सक्नेले पढे । नसक्ने त्यसै रहे । शिक्षकलाई राज्यले भर्ति गर्न थाल्यो । राज्यको यो नीतिसंगै शासकको वरपर घुम्नेहरुले शिक्षक बन्ने अवसर पाए । कसैले शिक्षकलाई खोजी खोजी नियुक्त गरिन्छ भने उसको भित्री आकाँक्षा पुरा गराउने उ माध्यम बनाईन्छ । शिक्षक उनिहरुको अभिष्ठ पुरा गराउने माध्यम बने, बनाइयो । त्यस्ता शिक्षकबाट नै विद्यार्थीलाई आफ्नो स्वार्थ अनुकूल परिचालन गराउन छुट्टै प्रशिक्षण दिन थालियो । ‘काँचो माटोले बन्ने आकारको पत्तै नपाई विभिन्न रुपमा विकशित गराइयो ।’ उनको अनुकूल आकारमा मोडिन नचाहनेहरु माथि दोर्णाचार्यको नीति लागू गर्न थालियो । गुरुहरु भनाउँदा पनि बृहस्पति र शुक्राचार्य जस्तै प्रतिष्प्रधी मानसिकतामा विभक्त हुन पुगे । जुन पक्षको शासन व्यवस्था हुन्छ, तिनका पक्षपातीहरुले पढाउनै नपर्ने भयो । विद्यालय पुगे पनि हुने नपुगेपनि हुने छुट भयो । तोकिएको समयसम्म विद्यालयमा नबसे’नि, तोकिए बमोजिम कार्य सम्पादन नगरे’नि उनले छुट पाउने भए । एकथरि शिक्षकले अर्को थरी माथि दमन शुरु भयो । निरिक्षण, निगरानी, नीति नियमका कुराहरु उठाएर धम्क्याउँदै तह लगाउन थालियो । शासन व्यवस्था पुनः परिवर्तन भयो । फेरी पहिलेको पीडित पक्षको शासन स्थापना हुनासाथ पालाको पैंचो भनेझै पैचो फकाउन लागि हाले । खोक लगाएर मेलो सम्याउने जस्तै जताततै एकनाश बनाउन थालि हाले । विद्यार्थीहरु पनि विभक्त भए । एकआपसमा हानाहान, तानातान, जिन्दावाद, मुर्दावाद गर्नतिर लागे । विद्यार्थीमा पढ्न पर्दछ भन्ने मानसिकता हराउँदै गयो । उनै गुरु भनाउँदाले आफ्नो पक्षको लागि जे गरेनि छुट दिन थाले, नपढेपनि पास पास गराई दिन थाले । पढ्ने र पढाउने कुरा विस्तारै हराउँदै गयो । शासन व्यवस्था अनुकूल शिक्षकहरुलाई पढाउन पर्ने बाद्यता भएन । गणेश र कुमारको कथा जस्तो शासक रुपी शिब कहाँ फन्को लगाउन जानेको सबै गुनाह क्षमा हुने भयो । जो जो महादेवको फन्को मार्न जान्थे, उनै नियुक्त हुने, उपयुक्त ठाउँमा सरुवा, बढुवा गरिने भयो । आर्थिक हिनामिना भए मिनाहा हुन थाल्यो । अर्कोथरि जो आफूलाई कर्तब्यनिष्ठ ठान्थे, जस्ले नीति, नियमको बर्खिलाप कहिल्यै गरेनन्, तोकिएको कार्य सम्पन्न गरे, गुलामी चाकरी गरेनन्, आफूलाई कर्तब्यनिष्ठ सावित गर्न मन बचन र कर्मले आफ्नो कार्यक्षेत्रमा तल्लिन रहे । गुलामी चाकरी गर्दै महादेवको फन्को मारेनन् । इमानदारीताको कदरको आशामा पालो पर्खि रहे, विचरा उनिहरुको इमानदारिताको, दक्षताको निष्पक्षताको, पारर्दिशिता, कर्तब्य परायणताको मूल्याङ्कन न त माथिको निकायले ग¥यो, न त निरिक्षकको आँखाले देख्यो, न त समाजले, न त विद्यार्थीले नै ग¥यो ।
जे जस्तो व्यवस्था आउँछ, उस्तै बने, उस्कै बने, जो कार्यालय र हाकिमको वरिपरि फन्को मारे, भोज भतेरमा सामिल भए, हाकिम रिझाउन भोज भतेरको चाँजा ेपाँजो मिलाए, बेला बखत थोरै धेरै नजराना पदार्पण गरे, सित्तन लोकल, घरमै पारेको लोकल, घ्यू मह आदि लिई पाउलागि गरे । उनै हाकिमको प्रिय पात्र बने । विपनाको झल्कोले सपनामा पनि उनैको नाम लिई बर बराउने भए हाकिम साबहरु । उनैको भाउ ताउ आयो । हालिमुहाली, हैकम उनैको ।