आज २०८० चैत्र १५ गते विहिबारबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) सञ्चालन हुँदैछ । यो परीक्षामा देशभरका सामुदायिक र संस्थागत विद्यालय गरी १०८०६ वटा विद्यालयका ५लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षामा २ लाख ५० हजार ७७२ छात्रा २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा केन्द्राध्या, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी ७७ हजार ५०५ जना जनशक्ति परीक्षामा खटिने समेत परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विगतमा जस्तै माशिपलाई व्यवस्थित मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नु र हुने वातावरण तयार पार्नु हामी सबैको दायित्व हो । विगत केही वर्ष यता जसरी यो परीक्षाको नतिजा प्रकाशन हुने गरेको थियो, त्यो भन्दा फरक प्रणालीबाट नतिजा प्रकाशन हुने तथा फरक नमुनामा आधारित परीक्षा हुने भएकाले आम विद्यार्थी र अभिभावकको थप चासो छ । तर परीक्षा एउटा नियमित प्रक्रिया भएको र विद्यार्थीहरु यस प्रकारका धेरै परीक्षाहरूमा सहभागी भई यहाँसम्म आइपुगेको हुँदा विद्यार्थीहरुलाई हतास नहुन हाम्रो आग्रह छ । यसका साथै सम्पूर्ण परीक्षार्थीहरुलाई विना संकोच उच्च मनोबल र निर्भयकासाथ परीक्षामा सहभागी हुन समेत हाम्रो आग्रह छ । एसइइको सफलताको सम्पूर्ण परीक्षार्थीमा
शुभकामना ।
एसइइको शुभकामना-सम्पादकीय
previous post