विश्वका विभिन्न राष्ट्रले श्रम विभाजनको अधारमा आफ्नो देशको उत्पादनलाई व्इवस्था गरिरहेका छन् । आफ्नो देशमा जुन श्रोत र साधन छ, त्यस्ता साधनलाई परिचालन गर्दा जनु वस्तु उत्पादनमा निम्नतम लागत लाग्दछ र अधिकतम फाइदा हुन्छ त्यहिमात्रबस्तु उत्पादन गर्नु पर्दछ । यसको अर्थ अरब राष्ट्रले तेल उत्पादन गरि निर्यात गर्ने र नेपालमा जलशक्ति छ, विद्युत उत्पादन गरि विजुली बेच्ने , अमेरिकाले कम्प्युटर सफ्टवयर उत्पादनगरी विक्रि गर्ने हो यसले उत्त्पादनमा विशिष्टिकरण कायम गर्दछ ।
नेपालमा नेपाली कांग्रेसको आगामी निर्वाचन पश्चात आर्थिक समृद्धिको नारा छ एक गाउँ एक उत्पादन( one village one product) । जुन अन्तराष्ट्रिय श्रम विभाजनसंग मिल्दो जुल्दो छ । कुनै ठाउँमा सबै चिज उत्पादन नगरि त्याहाँ एक वा दुई चिज जसको बढी सम्भावना छ , त्यही वस्तु उत्पादन गर्ने लक्ष्य तय भएको छ । हाल विश्वका विभिन्न देशमा शैक्षिक विस्तार, राजनैतिक शैलीको विस्तार, एक स्थानमा अनुसन्धान गरिएका अविष्कार भएका प्रविधि, नीति शाषन शैली, संस्कृति एक वयक्तिबाट अर्काे व्यक्तिमा विस्तार भैरहेको छ । विश्व व्यापिकरणमा वस्तु र सेवाको उत्पादन र वितरण खुल्ला हुन्छ । उत्पादित समान विना रोकतोक विश्वका कुना कुनामा पु¥याउँछन् । नेपालको वर्तमान आर्थिक नीतिले विश्वलाई एउटै गाउँ (one village) मा समेटिनु पर्ने भएको छ । देशको आर्थिक प्रणालीलाई विश्व बजारमा समाहित गर्दै लैजानु अबको आवश्यकता भएको छ ।
नेपालका प्राकृतिक श्रोत र साधनलाई परिचालन गरि यसको विक्रि वितरण गर्न विश्व बजार मा लैजाने नीति बनाउन आवश्यक भएको छ । तर यस्तो नीति तय नहुँदा नेपाली दाजुभाइ दिदी बहिनीलाई अरबको खाडी लगायत विश्वका अन्य मुलुकमा प्रत्येक वर्ष लाखौं युवा रोजगारीको निम्ती लखेटेर राज्य हाँक्ने शासक करोडौंको गाडि चढेर हिँडिरहेका दृश्य नेपाली युवाहरुले विदेशबाट समेत देखेका छन् । यस्तो अवस्थामा पनि नेपाल सरकार दिनहिन देखिएको छ । उखान टुककमै देशचलाउन भ्रष्टाचार गर्न ब्बाँसो झै हिडिरहेको दृश्य ग्रामिण गरिबहरुले नजिकबाट निहालिरहेका छन् । नेपालको बर्तमान अर्थव्यवस्थालाई core,semi – periphery / peri –phery गरि तिन –तहमा बिभाजन गर्न सकिन्छ । ब्यापारिक कृयाकलाप घाटामा संचालन भैरहेको छ । देशको बैदेशिक ब्यापार घाटामा छ । ग्रामिण गरिबिलाई मलजल भएको छ देशको आर्थिक निति economic policy world system theory को ढाँचामा रुपान्तरण गर्नु पर्दछ । शोषण शोषितको संम्बन्ध उन्मुलन गर्दै समानताको अबस्था तर्फ लैजानु पर्दछ । ग्रामिण गरिबहरु दयनिय अबस्थामा गुज्रिन पुगेका छन्। २१औ शताब्दीमाको पूर्व सन्ध्यामा राष्ट्रले बिकासको गति लिनु पर्दछ । खै यस्तो सोच भएका ब्यक्ति सरकारमा देखिदैनन् ।
गरिबि बेरोजगारी अन्धबिश्वास दण्डहिनता भ्रष्टाचार कुशाषन जस्ता समस्या थपिदै गएका छन् । यस्ता कुरामा सरकार मौन रहेको छ । देशको अर्थब्यावस्थाको गहन अध्ययन नगरी केबल सतहीस्पर्सको आधारमा प्रस्तुत हुनु सरकारको कमजोर पक्ष हो समयमैसुधारका कार्यक्रम प्रस्तुत गर्न संपूर्ण बौदिक बर्ग र सचेत नागरिक आह्वान गर्दछन् । देशको अर्थब्यावरुथा दिनानुदिन परनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ । जसलाई सुधार गर्न निकै कठिन चुनौति पूर्ण अबस्था सृजना भएको छ समयमै सुधारको प्रयास होस् शुभकामना