ऋषिङ गाउँ पालिकाले नागरिकका घटना दर्ताको आवश्यकता र महत्व वुझाउन घटना दर्ता सप्ताह गर्ने भएको छ ।
पालिकाले जारी गरेको सूचनामा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना मार्फत घटना दर्ता सप्ताह सञ्चालन गर्ने उल्लेख गर्दै सहभागिताका लागी सरोकारवालासंग अनुरोध गरिएको छ । पालिकाका विभिन्न वडामा आठ दिनसम्म सञ्चालन हुने घटना दर्ता सप्ताह चैत्र २८ मा सुरु भई बैशाख ७ मा सम्पन्न हुनेछ । चैत्र २८ मा वडा नं ७ को वडा कार्यालयमा, चैत्र २९ मा वडा नं ५ को सपाङ्दी सामुदायिक भवनमा, चैत्र ३० मा वडा नं ८ को धारुङमा घटना दर्ता गरिने छ ।
यसैगरी बैशाख ३ मा वडा नं १ स्थित दिपक माविमा, वैशाख ४ मा वडा नं २ स्थित शहीदगंगा माविमा, वैशाख ५ मा वडा नं ६ स्थित गोसाई आमा समूह भवनमा व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सहित घटना दर्ता गरिनेछ । वैशाख ६ गते वडा नं ४ स्थित बालविकास माविमा तथा वैशाख ७ गते वडा नं ३ को नाजुङ सामुदायिक भवनमा घटना दर्ताका कार्यक्रम हुनेछन्।
ऋषिङमा घटना दर्ता सप्ताह
previous post