नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले व्यास नगरपालिकाको आर्थिक सहयोगमा ३४ जना पत्रकारको स्वास्थ्य बीमा गरेको छ । साउन १० गते शनिबार आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारहरूलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरे ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले पत्रकारिता क्षेत्रको सुदृढीकरण र पत्रकार महासङ्घको संस्थागत विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए । उनले पत्रकारहरूलाई समाजलाई सही दिशामा डो¥याउन र सुशासनका लागि खबरदारी गर्न आग्रह गर्दै नगरपालिकाका राम्रा कामको प्रचार गर्न र गल्ती भए सुधार्न कलम चलाउन आग्रह गरे ।
यस बीमा कार्यक्रम अन्तर्गत १८ जना पत्रकारको नयाँ बीमा गरिएको छ भने १६ जनाको नवीकरण गरिएको छ । शाखाको पुस ११ गते बसेको पहिलो बैठकले जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य बीमामा समेट्ने निर्णय गरेको थियो ।
तनहुँमा क्रियाशिल पत्रकारको स्वास्थ्य बीमा गरेर व्यास नगर पालिकाले अरुले पनि अनुकरण गर्न योग्य काम गरेको छ । दिनभर समाचारका लागि दौडधुप गर्दा पनि साँझ विहान हातमुख जोर्ने समाग्री जुटाउने कमाई नहुने मोफसलका पत्रकारलाई यसले ठूलो राहत दिनेछ । बढ्दो प्रदूषण र रोगव्याध सँगैको धपेडीले पत्रकारहरुको स्वास्थ्य अवस्था विग्रने जोखिम पनि बढी नै रहन्छ । विरामी भइहालेमा उपचारमा सहुलियत पाईने भएपछि ढुक्कले कार्यक्षेत्रमा लाग्न र नागरिकका सूचनाको अधिकारलाई सुरक्षित गर्न पत्रकारहरू सक्षम हुनेछन् ।
तनहुँमा क्रियाशिल पत्रकार ३४ जना मात्र होइनन् । पत्रकारितामा क्रियाशिल अरु धेरै छन् । उनीहरुलाई पनि सुरक्षाको यो छातामा समेट्न सक्दा अझ सुनमा सुगन्ध हुनेछ । आगामी दिनमा यता तर्फ व्यास नपाको ध्यान जाने र बीमाको दायरा अझ फराकिलो हुने अपेक्षा रहेको छ ।
आशा गरौं – सबै पत्रकार बिमामा समेटिनेछन्: सम्पादकीय
previous post