नेपाल टेलिकमको कार्यकाल सम्हालेका आचार्यले अध्यक्ष बन्नका लागि दौड अघि बढाएका छन् । एनसेलको व्यवस्थापनमा रहिसकेका रोहित रौनियारसँगै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि दौडमा अग्रपंक्तिमा देखिन्छन् । एउटा सरकारी निकायबाट अर्को सरकारी निकायमा जान उनले शक्तिकेन्द्रमा दौडधुप बाक्लो पारिरहेका छन् ।
नेपाल टेलिकमका पूर्व महाप्रबन्धक मधुसुदन कर्माचार्यले पनि अध्यक्षको दौडमा आफूलाई अघि बढाएका छन् । देशैभरका दुरसञ्चार नियामकको अध्यक्षको दौडमा गैर प्राविधिक पृष्ठभूमिका उम्मेदवारहरुले शक्ति केन्द्र धाईरहँदा अमेरिकामा लामो समय दुरसञ्चार क्षेत्रमा काम गरेका युवा उम्मेदवार पनि दौडमा अघि देखिएका छन् ।
भराइजन वायरलेस, एटिएनटी लगायतका दुरसञ्चार कम्पनी तथा सफ्टवेयर निर्माणमा दशक लामो अनुभव संगालेर नेपाल फर्किएका सूचना प्रविधि विज्ञ दीपकराज जोशीले पनि अध्यक्षका लागि दावेदारी प्रस्तुत गर्दै प्रस्तुतीकरण दिएका छन् । वन विज्ञानमा स्नातक, टेलिकम्युनिकेशनमा इञ्जिनियर तथा एमबिए गरिसकेका जोशी प्राध्यापन पनि गर्छन् ।
अध्यक्षको दौडमा अघि रहेका रेडियो नेपालका कार्यकारी निर्देशक कार्की अधिवक्ता हुन् । रेडियो नेपालमा दोश्रो कार्यकालको उत्तरार्धमा रहेका शक्ति केन्द्र निकट मानिने कार्की प्राविधिक विषयका जानकार भने हैनन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन् । अध्यक्षको दौडमा अर्का बलिया प्रतिष्पर्धी निमित्त अध्यक्ष खनाललाई अध्यक्ष बनाउन प्रधानमन्त्री केपी ओलीको चासो देखिन्छ ।एमबिए गरेका खनाल पनि गैर प्राविधिक क्षेत्रका हुन् ।
प्राधिकरणको अध्यक्षमा ओली र प्रचण्डको स्वार्थ बाझिंदा अन्तिम तीन जनाको नाममा दुवै पर्ने सम्भावना देखिए पनि तेश्रो नाम कसको आउला भन्ने विषय रुचिको विषय बन्न पुगेको छ । मन्त्रीपरिषदबाट नियुक्त हुने अध्यक्षका लागि शुरुको चरणबाट तीनजनाको नाम गए पछि छनौट हुने प्रावधान छ । पछिल्लो समयमा दुरसञ्चार क्षेत्रमा प्राविधिक र व्यवस्थापनको अनुभव भएका व्यक्ति राखिनुपर्ने आवाज पनि उठ्न थालेको छ ।
यस्तोमा अमेरिकाबाट व्यवस्थापन र इञ्जिनियरिङ गरेका जोशीको पनि सम्भावना देखिन्छ । उनी यसअघि पनि दौडमा अन्तिम तीनमा परेका व्यक्ति हुन् । ओली–प्रचण्डको प्रतिष्पर्धा भएमा बीचको व्यवसायिक र प्राविधिक व्यक्ति छनौट भएमा जोशी बलिया दाबेदार हुन सक्ने कतिपयको विश्लेषण छ ।
काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष चयन पेचिलो हुने संकेत देखा परेको छ । प्राधिकरणको नयाँ अध्यक्ष खुला प्रतिष्पर्धाबाट चयन गर्ने गरी आवेदन माग गरेसँगै १२ जनाले सो पदका लागि दाबेदारी प्रस्तुत गरेका थिए । अध्यक्षका लागि दौडमा रहनेमा केही सरकारी नेतृत्वमा रहेका उच्च अधिकारीहरु छन् । केही भने व्यवस्थापनका प्राध्यापक छन् ।
तर, धेरैजसो गैर प्राविधिक क्षेत्रका व्यक्ति दुरसञ्चार क्षेत्रको नियामक निकायको अध्यक्षको दौडमा छन् । प्राधिकरणको अध्यक्षको दौडमा रहनेमा हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित दुरसञ्चार क्षेत्रको नेतृत्व सम्हालिसकेका हस्तीहरु छन् । दिगम्बर झाले राजिनामा दिएपछि रिक्त पदका लागि खुला आवेदन दिएर प्रस्तुतीकरण राख्नेमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य पनि छन् ।