दमौली/विश्वव्यापी महामारी कोरोना भाईरसका विरुद्ध राष्ट्र एकजुट भै लाग्न’ पर्ने वर्तमान अवस्थामा संविधानको मर्म र भावना विपरित बर्तमान सरकारले राजनीतिक अस्थिरता निम्त्याउने गरी अध्यादेश जारी गरेको आरोप नेकाँ तनहुँले लगाएको छ ।
नेका तनहुँका सचिव विश्व वास्तोलाद्वारा बुधवार जारी विज्ञप्तिमा अध्यादेश अविलम्ब र्फिता लिई राष्ट्रिय संकटको घडिमा जिम्मेवार रुपमा प्रस्तुत नभए यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार नै हुने उल्लेख गरेको छ ।
जिल्लाका दशवटै तहमा पार्टीको नेतृत्वमा राहत संकलन कार्य जारी रहेको हुंदा सम्पूर्ण कार्यकर्ता शुभेच्छुक साथिहरुलाई पार्टीको राहत संकलन अभियानमा सहभागि हुन पनि विज्ञप्ति मार्फत आव्हान गरिएको छ ।
जिल्ला कार्य समिति, सल्लाहकार, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरुलाई भने जिल्ला कार्यसमितिमा राहत उपलब्ध आव्हान गरिएको छ ।
लकडाउनका कारण जिल्लामा उत्पादित कुखुरा, अण्डा, दुध लगायतका कृषिजन्य उत्पादनको विक्रिमा समस्या उत्पन्न भै कृषकको लगानी जोखिममा परेको हुंदा उत्पादित कृषि उपजको जिल्ला भित्र र बाहिर समेत विक्रि वितरणलाई सहज बनाउन जिल्ला अनुगमन समितिलाई अनुरोध गरेको छ । साथै जिल्लालाई कृषिमा आत्म निर्भर बनाउने गरी कृषिलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्न सबै स्थानिय तहहरुलाई अनुरोध गरेको छ ।
लकडाउनका कारण रोजगारी गुमाई दैनिक गुजरा गर्न समस्यामा परेकाहरुलाई राहत वितरण गर्दा राहत वितरण कार्य निष्पक्ष र पारदर्शी हुन नसकेको गुनासो आएको हुँदा सो सम्बन्धमा नेपाली काँग्रेस तनहुँले विज्ञप्ति मार्फ जिल्ला स्तरिय अनुगमन समितिको ध्यानाकर्षण गराएको छ । सेवा क्षेत्रमा खटिएको जनशक्तिलाई सुरक्षा सामाग्री उपलब्ध गराउनु पर्ने कुरामा जोड दिइएको छ ।
अध्यादेश विरुद्धमा तनहुँ काँग्रेस
previous post