जन्म र मृत्यु
जन्म अथवा मृत्यु भनेको के हो ? यस प्रश्नले मेरो मनमा बेचैनी पैदा गरेको छ । वास्तवमा मेरो बुझाईमा जन्म नै मृत्युको पहिलो कारण हो, यसमा कुनै सन्देह छैन, छँदैछैन । जन्मको प्रमुख कारण र परिणति पनि मृत्यु नै भएको सन्दर्भमा जन्मको सार्थकता र मृत्युको अनिवार्यतालाई कसरी विवेकपूर्ण निचोडमा पु¥याएर मानव जीवनको प्राप्त गर्न सक्ने सर्वाेत्तम उपलब्धि के हो त ? मन रुमलिई रहेको छ ।
जन्म र मृत्युको सम्बन्ध शरीर र आत्माको सम्बन्ध जस्तै हो । जन्म अस्थायी प्रकृतिको छ । जन्मले हरहमेशा मृत्युलाई बोकी रहेको हुन्छ । मृत्यु चिरस्थायी छ । हजारौँ, लाखौँ, करोडौँ अरबौ शरीरहरू मरे पनि मृत्यु सधैँ स्थायी रूपमा रहेको पाइन्छ । जब मृत्यु विलाउने छ, यो संसारमा हाहाकार, कोलाहल, खैलाबैला मच्चिने छ । मृत्यु मर्दैन, मृत्यु अमर छ र त जीवन ढुक्क छ । कुनै दिन मृत्यु आपैmँ मरिदियो भने जीवन धान्नै नसकिने बोझ हुने छ । त्यो बेलामा मृत्युको वाहवाही र प्रशंशा अत्यन्त तीव्र गतिमा बढ्नेछ, जब मृत्यु साँच्चि नै मर्नेछ । जीवन बाँच्न सकसपूर्ण हुनेछ, कहाली लाग्दो हुनेछ । मान्छेको जिजीविषाको पहिलो आधार नै मृत्यु हो । मृत्युको अवसानमा सबभन्दा पहिलो, ठूलो र गहिरो आघात जिजीविषाले बेहोर्नु पर्नेछ । जीवहरू जन्मने शाहस गुमाउने छन् । जीवनमा सन्नाटा पैmलनेछ । आत्माहरू जन्मन अस्वीकार गर्नेछन् । सधैं, सधैँ बन्धनमा जकडिने हिम्मत जुटाउन आत्माहरू असफल हुनेछन् । जन्मनुको पूर्वशर्त नै मृत्युलाई अङ्गीकार÷स्वीकार गर्नु हो । मर्न पाउने अधिकार नै गुमेपछि आत्माहरू शरीर जन्ममा फस्न रुचाउने छैनन् । सधैँभरी बन्धनमा बाँधिएर बस्ने हिम्मत आत्माहरू जुटाउन सक्ने छैनन् ।
जीवनको जिउने परिपाटी त्यो बेला एकदम सजिलो हुनेछ, जतिबेला मान्छे जन्मिनु अघि नै मरिसकेको हुनेछ । हामीहरू समाजमा नाफाको जिन्दगी बिताएका धेरै मानिसहरू भेट्टाउन सक्छौं । मान्छेहरू भन्छन् ‘मेरो त नाफाको जिन्दगी हो, म त यसअघि नै मरिसकेको थिए । अब मलाई मर्नदेखि अलिकति पनि डर छैन ।’ मलाई यी मानिसहरूको कुरा मन प¥यो । ‘मरिन्छ भन्ने डर नै नभएपछि बाँच्न पक्कै पनि छुट्टै मज्जा आउने छ । मरिसकेर बाँचेको मान्छे पल पलमा आनन्दित भएको हुन्छ । उस्ले नाफामा जिन्दगी भोगेको हुन्छ । सारा संसार नै नाफानोक्सानको हिसाबकिताबमा केन्द्रित भएको पाइन्छ । सधैँ भरी नापैmनाफाको निश्चिन्तताको लागि मान्छे पहिले नै मरेर जन्मिनु पर्छ । मरी सकेपछि पाएको प्रत्येक जीवन्त पल छुट्टै लाभकारी, यशस्वी हुन्छ ।
क्रमशः