प्रेम पवित्रता
मानव सर्वश्रेष्ठ चेतनशील प्राणी हो । चेतनाको सबलीकरणबाट मानवले प्राप्त गर्न सक्ने सर्वाेत्तम उपलब्धि वा वस्तु भनेको प्रेम–चैतन्य हो । पानीमा चिनी घुले झै प्रेम–चैतन्यको रसमा घुलमिल हुन सक्नु मानव जीवनको सर्वश्रेष्ठ, महान, विराट, विशिष्ट समृद्धि पनि हो । प्रेम भनेको प्रेम हो । प्रेमलाई प्रेम बाहेक अरु कुनै नामले चिनाउन वा बुझाउन सकेको खण्डमा मोक्षको समेत सजिलै अनुभव गर्न सकिन्छ ।
प्रेम चैतन्य रसमा आफूलाई विलीन बनाउनु भनेको मानव उपलब्धिको सर्वोच्च शिखरमा विराजमान गराउनु हो । प्रेम चैतन्यमा एकाकार भईसकको मानिसको सर्वतोमुखी विजय निर्विवाद रुपमा सुनिश्चित हुन्छ । प्रेम चैतन्यको समिपमा पुग्नासाथ मानिसका सम्पूर्ण कामना÷चाहनाहरु स्वतः पूरा हुन्छन् । विजयका द्वारहरू उघ्रन्छन्, कुनै पनि बार बन्धनको सीमा सजिलै नाघ्न सकिन्छ । प्रेम चैतन्य अत्यन्त गहिरो, व्यापक, विराट हुन्छ, साथ साथै यो उच्चतम स्थितिमा मानिसले उन्मुक्तिको, मोक्षको, सर्वशक्तिमान सत्तामा हालीमुहाली गर्ने स्थिति हो ।
प्रेम चैतन्यमा एकाकार हुनु भनेको मानव जीवनले प्राप्त गर्न सक्ने चरमसिद्धिको अवस्थामा पुग्नको लागि, कसैले कुनैपनि कुराले विचलित गराउन नसक्ने अत्यन्त सरल, दरो र निष्कपट संकल्प चाहिन्छ । यहाँनेर एउटा उखान भने चरितार्थ हुनुपर्छ । कुकुर भुक्दैछ, हात्ती लम्कदैछ । प्रेम चैतन्यमा पुगेको मानिसले उन्मुक्ति÷मोक्ष प्राप्त गरी सकेको हुन्छ । उसलाई कुनै प्रकारको पीडा, यातना, कष्टले छुन सक्दैन ।
जसरी पानी ठोस, तरल र वाष्परूपमा देखिन सक्ने भए पनि पानीको खास सार्वकालिक रूप भने तरल नै हो, उसै गरी प्रेम चैतन्य सदैव पवित्रतापूर्ण हुन्छ । पवित्रताको आलोकमा प्रेम चैतन्य झल्मलझल्मल, झल्मलकार हुन्छ । प्रेम चैतन्यको अवस्थामा दुख, पीडा, कष्ट, यातना, रोग, शोक, भोक, कुण्ठा, नैराश्य, असन्तोष, असजिलोपन जस्ता अन्धकारका सहयात्रीहरू सूर्योदय हुनु धेरै अगाडि उज्यालो किरणको आगमनको सुईको पाएर अन्धकार भागेर, लुकेर दम्पच् भए जस्तै अन्धकारका सहयात्रीहरु अन्धकार सङ्गै भागरे, लुकेर गायब भई सकेका हुन्छन् । यहाँनेर बुझनु पर्ने साधारण कुरा यो छ कि अन्धकारको कहीँ, कुनै अवस्थामा पनि मोहियानी हक कायम हुन सक्दै सक्दैन । हामी आफै प्रत्यक्ष अनुभव गर्न सक्छाँै । कुनै एउटा जहाँ अन्धकारले हजारौं, लाखौं वर्षदेखि राज गरेर बसेको भए पनि एउटा सलाइको काँटी बाल्ने बित्तिकै अन्धकार लुक्छ, भाग्छ, दम्पच् हुन्छ, गायब हुन्छ ।
प्रेम चैतन्यको झल्मलाएर आलोक प्रकट हुनासाथ सम्पूर्ण नाताकुटुम्ब सहित नकारात्मक वृत्ति, प्रवृत्तिहरु भाग्न, लुक्न, सुइँकुच्च ठोक्न बाध्य हुन्छन् । प्रेमको उन्नयन (उन्नति) मा जाल–झेल, छलकपट, प्रवञ्चता (ठगी) सबै नष्ट हुनैपर्छ । यो बाध्यकारी छ ।प्रेम चैतन्यको ताज पहिरिएको शिर, मुहार देखेर प्रेमको महत्व÷गरिमा÷महिमा बुझ्न नसक्ने नादानहरूका आँखा तिर्मिराउँछन्, यिनका पाइलाहरु लुटपुटिन्छन्, यिनका आँत अर्थराउँछन् । प्रेम चैतन्यको अवस्थामा पुगेको मानिसले दृढताका हतियाहरू प्रयोग गर्नु पूर्व नै हुतिहाराहरू लगलग, लग्लग काम्न थाल्छन्, आत्मासमर्पण गर्छन् । प्रेम सबै रोगहरूको अचुक औषधि हो । प्रेम सङ्ग काल पनि डराउँट, कायल हुन्छ, थर्थरी काँप्छ र टाढा लुस्किन थाल्छ ।
प्रेमको पुरापुरा महिमा बखान गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्नुहुन्न । वाणीकी अधिष्ठात्री सरस्वतीमाता पनि अन्कानाउनु हुन्छ । यो लेखक प्रेमलाई विनीत भएर नमन गर्छ ।पानी ल्याउन महासागरमा पुगे पनि, मानिसले आफुसङ्ग जत्रो भाँडो लिएर गएको छ उत्तिमात्र पानी ल्याउन सक्छ । यो सबैलाई थाहा भएकै कुरा हो । प्रेमलाई पूजाको अर्को रूप पनि मान्न सकिन्छ । पूजामा आवश्यक अनिवार्य तत्व पवित्रता हो । पवित्रता विना पूजाको कल्पना पनि गर्न सकिन्न । प्रेम पूजाका आवश्यक सामग्रीहरु हुन्छन् । सङ्कल्प पूजाको मण्डप हो । पवित्रता आल्मोत्सर्ग पूजाको चक्र हो । पूजामा निष्ठा होता हुनुपर्छ । वासनाहरु नियतका धूप बल्नुपर्छ । चेतनाका दीपहरू प्रज्वलित हुनुपर्छ । अभाव भावमा परिणत हुनुपर्छ । प्रेम पूजाको प्राण हो । प्रेमले निर्जीव वस्तुहरूमा पनि प्राण भर्न सकिन्छ । विचार गरौं, प्रेमपूर्वक सञ्चालन गरिएका यन्त्रहरूले सजीवले सम्पादन गर्ने कार्य पनि पुरा गर्छन् ।
प्रेमको पवित्रता मनोहारी, कल्याणकारी हुन्छ । यसले रङ्गी विरङ्गी फूलका सौन्दर्यलाइै आँखाल टिप्न सिकाउँछ । वासनाहरुलाई कानले सुँघ्न सिकाउँछ । चरीहरुका चिर्विर चिर्विर कलरवहरूलाई त्वचा (छाला) ले स्पर्श गर्न सिकाउँछ । हावाका वासनामय सर्सराहरूलाई रसनाले (जिब्रोले) चाख्न सिकाउँछ । झर्ना, छाँगा, छहराका कल्कल नादलाई आँखाले नमन गर्ने चमत्कार प्रेमबाट मात्र सम्भव छ । प्रेम यौटा कल्पवृक्ष हो, जहाँ बोटमा झटारोले हान्दा पनि हामी आफूले चाहेका मृत सञ्जीवनी सुधामय स्वादिला फल प्राप्त गर्न सक्छौं । चाहिएको स्वाद, पाइएको उमङ्ग र आनन्दले मोक्ष÷उन्मुक्ति लाभ हुन्छ । प्रेम वर्तमान हो । भोगिएको क्षण वर्तमान हो । प्रेमले वर्तमानमा बाँच्न सिकाउँछ । मानिसले वर्तमानमा रहेर बाँच्नुपर्छ । भविष्य अनिश्चित छ , हामीसम्म आई पुगेकै छैन । बितेको समय बिती सक्यो । प्रेमको छालमा उच्छलित (छालमा बग्ने काम) हुनुको मजा नै बेग्लै हुन्छ ।