एक समय थियो जस बेला हामी आफ्ना लागि आवश्यक परुेका कुराहरु र आफुलाई परेका विभिन्न समस्याहरु पनि अरु समक्ष राख्न कठीन लाग्थ्यो । त्यो कठिन अवस्था गुजारेर आएको एक प्रतिनिधी म जस्ता सयौ युवा किशोरुीहरुले अझै पनि आफ्ना इच्छा चाहानालाई दबाएर आज आई त्यस कुराको आभाष गर्ने कि मैले किन भनिन होला वा किन भन्न सकिन होला ? हो हुन्छ यस शोरावस्थामा सबैलाई यस्तै हुन्छ तर त्यस समयमा मलाई लाग्छ आफ्नो जस्तै समस्या भोगेको एक विश्वासिलो पात्रको अत्यान्तै आवश्यक हुने रहेछ । आफ्ना आमालाई विश्वासिलो पात्रको रुपमा स्वीकार गर्नु पर्ने हामी जब Teenage मा पुग्दछौं, त्यति सहज हुँदो रुहेनछ । किशोरी अवस्थामा हामी प्रायः सहि निर्णयहरु गर्न सकिरहेका हुँदैनौ ।
किशोरावस्थाको अपरिपक्वताले हामीले गरेका निर्णयले गलत परिणाम निम्त्याउन पनि सक्छ । अथवा हामीले लिएको सही निर्णय आफ्नो समाजलाई अपाच्य हुन पुग्यो भने हामीले जीवनभर परिवार र समाजबाट बहिष्कृत वा अपमानित भएर बस्नु पर्ने हुन सक्दछ । विशेषतः हाम्रो जस्तो पितृसतात्मक समाजमा महिलाहरुलाई अझ बढी यस खालको समस्याबाट प्रताडित हुनु परेको हामी सबैले महसुस गरेको यथार्थ हो । छोरीलाई धेरै पढाउन हुदैन पढाए पनि के गर्ने त्यहि चुलो चौको गर्ने त हो नि भन्ने धारणाबाट निर्मित संस्कारबाट आएको हाम्रो समाजमा धेरै जटिल परिस्थितिको सामना गर्नुपर्ने अवस्था अझै पनि छ ।
पछिल्ला बर्षहरुमा परिर्वतित यो समाजलाई नियाल्दा केहि परिर्वतन त भएको पक्कै पनि छ तरु विशेष गरि अझै पनि शिक्षाको चेतनास्तर कमजोरु भएको ग्रामिण समाजका छोरीहरु पढाउनु पर्दछ, स्कूल पठाउनु पर्दछ,
छोरा सरह छोरीले पनि पढ्न, अगाडि बढ्न र आफ्ना जीवनका निर्णयहरु गर्न सक्छन् भन्ने सोंचको चेतनाको विकास गर्ने अनेकन उपाय र तरिकाको खोजीमा मेरो दिमाग चलिरहन्छ ।
मेरो दाइले गरेको काम म पनि गर्छु भनेर म भन्थे त्यस बेला भन्ने गरिन्थ्यो कि तिमीले गर्न सक्दिनौ कहाँ यो केटी मान्छेले गर्ने काम हो र ? जबकी म आफु नै सक्छु भनेर जादाँ पनि किन यस्तो भनेको होला ? मलाई लाग्दथ्यो सायद यो पनि छोरीलाई कमजोर देख्ने हाम्रो संस्कारको दोष हो । स्कुल जाने सन्दर्भमा भन्ने हो भने मेरो बुवा नै शिक्षक भएर होला मलाई पढ्नका लागि कुनै रोक तोक भएन । तर मैले देख्ने गथ्र्थे मेरै उमेरका कतिपय साथीहरु महिनावारी हुने उमेरमा प्रवेश गरेपछि विवाहको कुरा चलि हाल्थ्यो । स्कुल जानबाट बीचमै छुटाईन्थ्यो । मैले माध्यामिक शिक्षा पुरा नगर्दै मेरा कति साथी त आमा बनि सकेको पनि म देख्थें । अनि मेरो मनमा विद्रोहको भावना आउँदथ्यो । विवाह गर्ने उमेर नपुग्दै विवाह गरिदिने र लिने दुवै पक्षले पढ्न उमेरमा आमा बन्न, बच्चा जन्माउन नसकि मर्न बाध्य पारेकोमा पीडितहरु र भावना मिल्नेहरुलाई संगठित गरेर विद्रोह गरौं जस्तो लाग्थ्यो । तर आफूलाई एक्लो पाउँथे । तर मैले यस्तो खालको सामाजिक सोंच हटाउन केहि गर्छु भन्ने भावना भने मरेको थिएन ।
मेरो सुसुप्त भावनाहरुलाई पढ्नको लागि कोठा फिल्ड संस्था अन्र्तगतको बालिका शिक्षा कार्यक्रममा मैले पाएको प्रवेश गतिलो अवसर बनेर आएको छ । म आफुले महिला तथा बालबालिकाको क्षेत्रमा देखिएको समाजिक सोंचमा परिर्वतन गर्न मेरो मनको विद्रोहले भन्दा पनि बालिका शिक्षा कार्यक्रमले समाजको समेत विश्वास जितेर काम गर्ने एउटा सहज माध्यम प्रदान गरेको छ । मेरो मन मष्तिकले यो अवसरलाई भरपुर सदुपयोग गर्ने प्रण गरेको छ । जीवनोपयोगी सीपका माध्यमबाट बालिकाहरुलाई आत्मनिर्भरु बन्न, आफ्नो लक्ष्य निर्धारुण गर्न, आफुलाई परेका समस्याहरु सकेसम्म आफै समाधान गर्न तथा कुनै डर तथा धक नमानी आफ्ना कुराहरु राख्नको लागि उत्प्रेरिुत गर्ने बालिका शिक्षा कार्यक्रमले हाम्रो सामाजिक सोंचमा परिवर्तन गर्न सक्दछ भन्ने आत्मविश्वास ममा जागेको छ । साक्षरता शिक्षा तथा लैंगिक विभेद रहित शिक्षामा आधारित कार्यक्रम रहेकोले परम्परागत मान्यता र संस्कारको प्रभावमा रहेको नेपाली परिवेशलार्ई यो कार्यक्रम अत्यन्तै उपयोगि तथा व्यवहारिक कार्यक्रम जस्तो मलाई लाग्छ । यस कार्यक्रमले परम्परागत मान्यता र संस्कारको प्रभाव रहेको नेपाली समुदायको सोंचमा सकारात्मक परिवर्तन गराउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
लैंगिक समानतामा आधारित शिक्षा तथा बालिका शिक्षा कार्यक्रमले कारण बालबालिकाहरुलाई डर त्रास भयमुक्त वातारणमा शिक्षा प्रदान गर्नु, समुदायमा परिचालित भै त्यहाँ देखा परेका समस्या पहिचान गरी समाधान गर्नु, बालिकाहरुका लागि जीवनोपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्नु विविध
कारणवश पढाईलाई निरन्तरता दिन नसकेका बालिकाहरुलाई पढाईप्रति विविध तवरले उत्प्रेरित बनाई पढाईलाई निरन्तरुता दिलाउनु, न्यून आर्थिकस्तर भएका बालिका तथा मेहनति जेहेन्दार बालिकाहरुका लागि विविध खालका सहयोग उपलब्ध गराउनु बालिका शिक्षाको उद्देश्य रहेको मैले पाएँ । यो कार्यक्रमले हाम्रो वर्तमान परिवर्तित शिक्षा तथा हरअभिभावकहरुलाई पनि आफ्नो छोरीहरुको शिक्षाप्रति सचेत र जिम्मेवार हुन प्रेरित गर्नेछ ।
आजका बालबालिका भोलीका समाज निर्माता हुन्, । शिक्षित बालबालिकाहरुबाट नै विश्व परिवर्तनको थालनी हुन्छ भन्ने कुरालाई आत्मसात गदै हरुेक परिवार, समाज तथा समुदायले नै आफ्ना बालबालिकाहरुलाई शिक्षाको पहुँचबाट बञ्चित नराखौं र आफ्ना बालबालिकाहरुप्रति साथीको जस्तो व्यवहार गरौ जसले गर्दा बालबालिकाहरु निर्धक्क भएर आफ्ना इच्छा, चाहाना, आवश्यकता र आफ्ना समस्याहरु व्यक्त गर्न सहज महसुस गरुन् ।
लेखक बालिका शिक्षा कार्यक्रमको सामाजिक परिचालक हुन् ।
हाम्रो संस्कार, किशोरी अवस्था र अबको समाज
previous post
1 comment
Hardik badhai chha