एकदिन चिडियाखानाका जनावर पिँजडाका सुँगा अनि जेलका कैदी जस्तै थुनिएर बसेको अवस्थामा यसो मौका निकालेर हिडेर घरमात्र के आइपुगेको थिएँ । प्रवेशद्वारमा मेरी हजुरआमा फुल एङ्ग्री मुडमा उभिएर स्वागतका लागि तयार रहेको देखे । जीउ सिरिङ्ग भयो । आज दिनभरिको डोज यहि पुग्ने भो मन मनले भने । त्यै पनि परापूर्व कालदेखिको हिम्मत बटुलेर भने, ‘गुड मर्निङ्ग हजुरआमा ।’ बुढी फनक्क अर्को तर्फ फर्केर धारा प्रवाहरुपमा मेरो प्रति उत्तर र अभिवादनलाई नजरअन्दाज गर्दै शुरु भईन् ।
यस्ता बेलामा एता उता नहिन्, घरै बस्, बाहिरका मान्छेसँग घुलमिल नहो । भनेको मान्चस् । यो करुणा भाइरस धन्नै यता फैलियो भने तैले केहि अर्न सक्चस् । जति भनेनी नलाउनी जति भनेनी
नलाउनी । लखर लखर काम नापाको कुन्नी के जाति जस्तो डुल्नु पर्छ ? यो मर्लिङ्ग वाक अर्नुको सट्टा घरको कोठामै अर्न सक्ने कुरा अर्न सक्दैनस् ? मलाई नै हेर त मैलै विहानदेखि बेलुकासम्म के के अर्चु ? काम नपाको बेला हो जोगिनी । त आफै यस्तो डुकु लठ्ठक भएर हिडेसी अरुले के सिक्चन् । ल खुरुक्क यो सेनिटाइजर हाताँ दलेर भित्र पस् । अनी नुहारमात्रै भित्र पस् । तेरा बाउले मैले भनेको कैल्यै कुरा काटेन । तेरा हजुरबाउले मेरो कैल्यै चित्त दुखाएनन् । तँ मात्रै होस् मेरो मायाले पुल पुलिएको । तँलाई फेरी पनि यस्तो गल्ती अरिस् भने, मैले कस्तो खालको पुलिसमेन्ट दिन्छु । म आफैलाई था’ छैन ।
मैले पनि आफूलाई पूर्ण रुपमा मौन बसी हजुरआमाका सम्पूर्ण बाणीलाई शिरोधार्य गर्दै सुनेर बस्नुका अरु केहि विकल्प देखिन । मलाई थाहा छ बुढी बाहिरबाट जति कडा छिन् भित्रबाट त्यतिनै नरम छिन् । नरिवल जस्तै । तर उनको प्रवचनमा मैले बाधा गर्दिन किनकि मलाई पनि एक छिन उनी नभए हुन्न र उनी पनि मलाई देखिनन् भने विशुद्ध एक्लो भएको महसुस् गर्छिन् । गाँठी कुरो मेरो पकेट मनिको नब्वे प्रतिशत व्ययभार मेरी हजुरआमाकै आशीर्वादबाट
चल्छ । के गर्नु दुहुनो गाईको लात्तो सहनु भन्छन् । मैलै त उनको कुरा सुनिदिए वापत आउँछ ।
(हजुरआमाका हिन्दी, इङ्लिस् मिलाएर पढ्नु होला)
हाम्री हजुर आमा–२
previous post