सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक