दमौली/१०१ बर्ष उमेर पुरा गरेर तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १३ गुदी गैह्राथोकबाट हाल व्यास–२ निवासी शिव प्रसाद पन्थले गोलोक प्रस्थान गर्नुभएको छ । पन्थको मिति २०८१ चैत्र २९ गते आफ्नै निवासमा विहानको खाना छोराको हातबाट खाई सकेपछि बोल्दा बोल्दै निधन भएको पारिवारिक स्रोतले बतायो । पन्थको खानपान आहारविहिर प्राकृतिक थियो । मह, घ्यू पन्थको खानपानको प्रिय खाद्य पदार्थ थियो । त्यही प्राकृतिक खानाले पन्थलाई शताब्दी पुरुषको जीवन दियो ।

चार भाई छोराका धनी शिवप्रसाद पन्थका दुई छोरा न्याय क्षेत्रका बरिष्ठ अधिवक्ता र अधिवक्ता छन् । दुई भाई छोरा बैंंकिङ्ग क्षेत्रका बैकर्ष जीवनबाट निवृत्त भैसकेका छन् । शताब्दी पुरुषबाट सम्मानित शिव प्रसादका नाती नातीनाले प्राविधिक दक्षता हासिल गरेका छन् । पाँच नाती मध्ये दुईजना नाती इन्जिनियर छन् भने दुई जना नाती डाक्टर छन् । आठ जना नातिनीहरुमा केही नर्स पनि भएका छन् । स्वर्गिय शिवप्रसाद पन्थले आफ्नी धर्मपत्नीलाइ विदाई गरेर आफूले यो संसारबाट विदा लिनुभएको छ ।