जिताकोट/घिरिङ्ग गाउँपालिका वडा नं. ४ जीताकोटका पाँच बर्षिय इशान कुमालको सबै अभिभावक जिउँदै भएरपनि वेसाहारा बनेका छन् । वेसाहरा बनेका इशान कुमालका लागि दयालु, मनकारी संरक्षक संस्था वा व्यक्तिको आवश्यकता महसुस स्थानीय समाज, टोल, वडा, गाउँपालिका, बुद्धिजिवीहरुले
गरेका छन् ।
इशान कुमालका पिता रुद्रबहादुर कुमालले मेरो छोरा नै होइन भन्दै इशान कुमालको संरक्षत्व अस्विकार गरेर घरपरिवारसंग सम्पर्क विहिन भएर दोस्रो विवाह गरी तराई बस्ने गरेको जिताकोटबाट रुद्रबहादुर कुमालकी आमा सुमित्रा कुमालले बताईन । सुमित्रका पति मंगलसिं कुमाल आफ्नै बुहारीलाई जवरजस्ती गरेको अभियोगमा जिल्ला कारागारमा रहेका छन् । इशान कुमालकी आमा इन्दु खाँड ठकुरी रुद्रबहादुरलाइ छोडेर दोस्रो विवाह गरी म्याग्दे गाउँपालिकातिर पुगेको जिताकोट स्रोत बताउँछ । सुमित्रा कुमाल नावालक नातिको संरक्षकत्व ग्रहण गर्न नसक्ने बताउँदै जिताकोट टोल विकास समिति र लोहडाँडा टोल विकास समितिको संयुक्त वैठकमा बताएपछि सो बैठकले अकला आधारभूत विद्यालय लोहडाँडाकी प्रधानाध्यापक तुलसी मायाँ अधिकारीले तत्काल अर्को व्यवस्था नभएसम्मको लागि जिम्मा लिएको जिताकोटबाट तिलसिं परियारले बताए ।
इशान कुमालको देब्रे हातको हत्केला सुन्निएको, शरीरभरी चोट भएको, दैनिक रुँदै स्कूल पुग्ने अवस्थाप्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन समेतको सूचनाका आधारमा जिताकोट टोल र लोहडाँडा टोलले नावालक इशान कुमालको तत्कालको वैकल्पिक संरक्षणको व्यवस्था मिलाए पनि स्थायी संरक्षक फेला नपरेको टोल स्रोत बताउँछ ।
पाँच बर्षका नावालक माथि चरम घरेलुहिंसा गर्नेमा उनकै काकाहरु रहेको स्रोत बताउँछ । पछिल्लो पटक देब्रे हातको पञ्जाको हड्डि नै फुटाउने गरी लौराले प्रहार गरेर गंभिर घाइते बनाउने उनकै काहिला काका राजु कुमाल हुन् । नावालकको हजुरआमा सुमित्रा कुमालका अनुसार जताजतै दिशापिसाब गरेको आरोपमा काका राजु कुमालले लौराले हातमा हिर्काउँदा इशान घाइते भएका थिए ।
जिताकोट टोल र लोहडाँडा टोलको २०८१ मंसिर १२ गतेको संयुक्त बैठकले अर्को व्यवस्था नभएसम्म मात्रै आफु प्रधानाध्यापक रहेको विद्यालयका विद्यार्थी पाँच बर्षिय इशान कुमाल रहेको कारण संरकक्षकत्व लिएको प्रधानाध्यापक तुलसीमायाँ अधिकारीले बताईन । आफूले संरक्षकत्व लिएपछि उपचारका लागि मंसिरको १६ गते जीपी कोइराला स्वासप्रश्वास केन्द्र बेलचौतारामा पु¥याएकोमा अस्पतालले उपचार खर्च पचास हजार जुटाएर अपरेशन गरेर उपचार गर्न सल्लाह दिएपछि आफूले नसकेर तत्कालका लागि प्राथमिक उपचार मात्रै गर्दा र जाडोको कपडा व्यवस्था, यातायात समेतको विविध खर्च २०÷३० हजार खर्च भएको प्रधानाध्यापक तुलसीमायाँ अधिकारीले बताईन । नावालकको संरक्षणको जिम्मा दिन खोज्दा जन्म दर्ता नभएको, परिवारको आधिकारीक सहमति समेत नभएको अवस्था हुँदा नावालकको उपचार र संरक्षत्वको खोजीमा सफलता हासिल नभएको प्रअ अधिकारीले दुःखेसो पोखिन् । नावालकको उचित संरक्षणमा केन्द्रित लोहडाँडा टोल र जिताकोट टोलको संयुक्त बैठकमा उपस्थित २७ जनाले नावालक इशान कुमाल चरम घरेलुहिंसामा परेर देब्रे हातको पञ्चाको हड्डीमा चोट लागेको निर्णय नै गरेको छ । जीपी कोइराला स्वासप्रस्वास केन्द्रले हड्डी टुटेको, राम्रो उपचारका लागि पचास हजार लाग्छ भनेपछि खर्च जुटाउन नसकेर बच्चा गाउँ फर्केको स्रोतले
बतायो ।
यो घटनाको सम्बन्धमा स्थानीय सरकारका प्रमुख होमबहादुर थापासंग सम्पर्क गर्दा आफू सकारात्मक रहेको बताए । नावालकको अहिलेसम्मको उपचारमा लागेको खर्च २०÷३० हजार खर्च अकला आधारभूत विद्यालयकी प्रधानाध्यापक तुलसीमायाँ अधिकारीले नै व्यहोर्ने इच्छा देखाएको हुँदा थप उपचार र संरक्षणका लागि आफ्नो तर्फबाट कुनै कमजारी हुन नदिने प्रतिबद्धता जनाउँदै गापा अध्यक्ष थापाले नावालकको जन्मदर्ता सहित उचित संरक्षणको व्यवस्था मिलाउन आफूले सबै प्रयास गर्ने बताए ।
वेसाहारा नावालकको संरक्षक खोजी
previous post