Uncategorized

बिरामीको सेवामा गाडी निःशुल्क

कमलबारी/व्यास–१२ का खुसीराम कैनीले लक डाउनका बेला विरामी परेमा अस्पतालसम्म लैजानका लागि आप्mनो स्कर्पियो गाडी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
घर धनीले बहालमा बसेकालाई केही भाडा छुट् दिने, कसैले निःशुल्क मास्क उपलब्ध गराउने, कोही जनप्रतिनिधिले आफुले सुविधामा पाएको गाडि स्वास्थ्य सेवामा प्रयोग गर्न दिने घोषण गरिरेका बेला कैनीले आफ्नो निजी गाडी दुर्घटनामा परेका, विरामी वा सुत्केरीको सेवामा निःशुल्क उपलब्ध गराउने घोषण गरेका हुन् ।
तनहुँ आवाजसंग कुरा गर्दै कैनीले संकटका बेला सहयोगी बन्नका लागि आफुले यस्तो निर्णय गरेको बताए । उनले छिर्कने, देउराली, गोल्ला, कमलबारी र आसपासका बासिन्दालाई समस्या नहोस् भन्ने आफ्नो चाहना रहेका समेत उल्लेख गरे । लक डाउनको अवधिभर आफुले निःशुल्क यो सेवा प्रदान गर्ने उनले बताए ।

Related posts

ऋषिङकाे अजम्बरी मन्दिर परिसर

admin

विपद् व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण

admin

तनहुँमा राष्ट्रिय परिचय पत्र

admin

Leave a Comment