बहिनी बोलीः दादा आज धरहरा घुम्न जानी है, एकदमै रहर लाएको छ घुम्न ।
मैले पनि हस् भनेर प्रतिक्रिया जनाए । कति पछी उस्को अनुहारमा घुम्न पाउनुको खुसी प्रष्ट देखिन्थ्यो ।
हामी बानेश्वरबाट हिन्दै धरहरा तर्फ लागेम । गर्मीको मौसममा बाहिरीको वातावरण पानी पर्ला पर्ला झै भएकाले हिन्न पनि सजिलो भैरहेको थियो । सुन्धारा पुगे सङै थकान आनी भोक मेटाउन मःम अनी चिसो पानी पीउदै धरहरा चढ्न तर्फ लागीयो । धरहराको सीडी चढेसङै काठमाडौं सहरको मनोरञ्जनात्मक दृश्यलाई क्यामरामा कैद गर्दै फेद तर्फ झरेम धरहरा बाट ।
सधै जसो सनिवार ८ न बजि निन्द्रा खुल्दैन थियो । आज पनि निन्द्रा देबी र म बिचको मिठो सम्बन्ध (त्यो गहिरो निन्द्रा बाट बीउँझाउन सफल भइ बहीनी । म त झसङ्ग पो भए ।
हाहा (सपना पो रहेछ धरहरा चढेको ।
अनि अँखा मीच्दै त्यो टेबुलमा रहेको धरहरालाई हातमा लीदै बहिनी तर्फ हेरे ।
बहीनी बोली आज पनि तेइ पुरानो सपना देखनुभयो हैन दादा
(म सङ घरहरा चढेको । दादा (अहिले हाम्रो माझमा धरहरा न भएर के भो त, फेरि पनि ढलेको धरहरा उठने छ नेपालीले भत्केको धरहराको महत्व बुझेका छन बनाउन सबै सम्बन्धित नीकाय लाग्ने छन् । अनि चढने मेरो सपना पूरा भै हाल्छ नी, भन्दै बहीनी खिन्न मन पार्दै भान्सा कोठा तर्फ लागि । (बीचरी बहीनी फेरि म धरहरा चढ्छु भन्दै बसेको ५ वर्ष भयो उस्को इच्छा चाडै पूरा होस (भगवान) । त्यो हातमा रहेको सानो अनि सुन्दर धरहरा फेरि टेबुलमा राखीदीए ।
बहीनीको सपना, ढलेको धरहरा
previous post