आज यो आलेखमा जुन विषय र सन्दर्भको साहारा लिएर मैले आफ्नो विचारहरु पोख्ने जमर्को गरेको छु । त्यो विषयप्रति विश्लेष्ण गर्ने क्षमता वास्वमै भन्ने हो भने मसंग छैन । त्यसको लागी त विश्व राजनीति र इतिहास बुझेको विश्लेषक हुनु आवश्यक छ । म परें विचरा बबुरो जो पत्र पत्रिका र सामाजिक सञ्जालहरुबाट पाएको जानकारीको आधारमा कहाँ के भैरहेको छ भन्ने कुराको थोरबहुत अड्कलसम्म काट्ने प्रयास गरेको छु । तसर्थ यहाँ प्रस्तुत हुन लागेको विषयको यथेष्ट विवरण र विश्लेषण गर्नु मेरो आषय होइन । मेरो आषय खाली त्यो विषयको आलंकारीक सहयोगमा आफ्ना धारणाहरु प्रस्तुत गर्नु मात्र हो ।
कुरा हो अफगानिष्तानको । यति बेला सारा विश्वको ध्यान अफगानिस्तानले तानेको छ । सशस्त्र विद्रोही समूह तालिवानले आफगानिस्तानको सत्ता कब्जा गरेसंगै सारा विश्वको ध्यान आफगानिस्तान तर्फ खिचिएको हो । विद्रोही समूहले देशमा आतंक फैलाउनु, सत्ता कब्जा गर्नु त्यति नौलो घटना होइन । विश्वको धेरै देशहरुमा यस्तो घटना पहिल्यै पनि घटि सकेका छन् । अरु देशको कुरा छोडौं । नेपाल आफै पनि त्यो समय र परिस्थितिबाट गुज्रीसेको राष्ट्र हो । दुई चार थान बन्दुक र दुई चार सय छापामार लडाकूहरुको भरोसामा शुरु भएको माओवादी विद्रोहले दश बर्षसम्म नेपालमा आतंक फैलायो । अन्ततः सरकार बाद्य भएर आफैले ठाउको मूल्य तोेकेका माओवादी नेतृत्वहरुलाई शान्ति वार्ताको लागि आग्रह गर्न बाद्य भयो । त्यतिबेलासम्म पनि माओवादी संख्या र हातहतियार दुवै दृष्टिकोणले नेपाली शेना(तत्कालिन शाही सेना) भन्दा कमजोर थियो । नेपाली आधुनिक हातहतियार र तालिमबाट प्रशिक्षित थिए र पनि माओवादीको आफैबाट लुटिएको हतियार र भरुवा बन्दुकको अगाडि निरिह हुनुप¥यो । तर आफगानिस्तानको कुरा नेपालको भन्दा अलिक बेग्लै हो कि जस्तो लाग्छ पंक्तिकारलाई । किनभने नेपालको गृहयुद्ध नेपाली सेना र माओवादी लडाकू दुई पक्षमा सीमित थियो दृषित रुपमा भन्नु पर्दा । अदृष्य र अप्रत्यक्ष रुपमा क–कस्ले क–कस्लाई साथ दियो अलग कुरा । तर अफगानिस्तानमा त प्रत्यक्ष रुपमा अमेरिकी सेना थियो । त्यो अमेरिका जस्ले दोस्रो विश्वयुद्धमा कसैका अगाडि नझुक्ने जापानलाई घुँडा टेक्न वाद्य बनाएको थियो । त्यो अमेरिकी सेना जस्लाई आज पनि सैन्यबलको कुरा गर्दा विश्वको सर्वश्रेष्ठ शक्ति मानिन्छ त्यो अमेरिकी सेना जो संग विश्वको आधुनिक भन्दा पनि आधुनिक हतियारहरु छन्, त्यो पनि प्रसस्त मात्रामा । त्यो अमेरिकी सेना जो आधुनिक सैन्य तालिमबाट प्रशिक्षित छन्, त्यो अमेरिकी सेना जस्ले श्रद्धामहुसेन, विनलादेन जस्ता व्यक्तिहरुको जीवनलिला समाप्त पारिदियो । त्यो अमेरिकी सेना जो आजको मितिसम्म पनि विश्वको प्रथम शक्ति राष्ट्रको रुपमा चिनिन्छ, कसरी झुक्नु प¥यो अमेरिकी सेनाको ती आधुनिक बन्दुकहरु तालिवानी बन्दुकको अगाडि ? जब कि भनिन्छ, सेनाको संख्यामा र आधुनिक हातहतियारको तुलनामा अफगान सैनिक आफै तालिवान विद्रोही भन्दा अगाडि छ । त्यसैमाथि अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति सैन्य शक्तिको आधुनिकीकरण र हतियारमा अमेरिकाको अरबौं डलरको लगानि र पनि उनिहरुको बन्दुक तालिवानी बन्दुकको अगाडि निरीह सावित भए । सम्पूर्ण अमेरिकी सैनिक फर्कन पनि नपाउँदै तालिवानीहरुले काबुलमा कब्जा जमाए । आखिर कसरी सम्भव भयो यो ? आफगान सैनिकलाई अमेरिकाले दिएको सैन्य प्रशिक्षण र उपलब्ध गराएको हतियारको नालमा पनि काबुल केही समयसम्म सुरक्षित रहनु पर्ने हो । तर परिस्थिति त्यस्तो भएन । अफगान सैनिकले छिट्टै हार स्वीकार ग¥यो । फलतः काबुल तालिवानीको कब्जामा पुग्यो । राष्ट्रपति देश छोड्न बाद्य भए ।
हुन त तालिवानी विद्रोहीहरुको संघर्ष बर्षौदेखिको हो । अमेरिका अफगानिस्तान छिर्नुभन्दा पहिले सोभियत संघ संस्थासंग पनि उनिहरु लडेका हुन् । सोभियत संघको सैन्यशक्ति त्यतिबेला सर्वश्रेष्ठ सैन्यशक्ति थियो । तर उनिहरुको बन्दुक पनि तालिवानीको अगाडि त्यसैगरी झुकेको थियो । जसरी आज अमेरिकाको झुकेको छ । तर तालिवानी समूहको पछिल्लो जीत, अफगान सैनिकको हार स्वीकार, अमेरिकी सैनिकको फिर्ति यी सबै कुराहरु यति छिटो र नाटकीय ढंगले भएकि त्यो कुनै पूर्व लिखित सिनेमाको दृष्यहरु जस्तो लाग्छन् ।
यी त भए तालिवानी समूह र अमेरिकी सेनाको बारेमा मैले थाहा पाएको केही जानकारीहरु । अब भने यी कुराहरुबाट आफूलाई लागेको केही कुराहरु व्यक्त गर्न चाहन्छु । जुन मेरो यो आलेखको प्रमुख आशय हो । तालिवानी र अमेरिकाको मुद्धाबाट मलाई लागेको सबैभन्दा पहिलो कुरा हो, कुनै पनि राष्ट्र माथि अर्को शक्ति राष्ट्रको प्रत्यक्ष हस्तक्षेप अन्ततः त्यो राष्ट्रको लागि घातक सिद्ध हुनु सिवाय केही पनि उपलब्धि हासिल हुँदैन । हिजो दुई दशक पहिला प्रजातान्त्रिक संस्कार सिकाउन अफगानिस्तान छिरेको अमेरिकाले अफगानिस्तानलाई के दियो ? हिंसा भन्दा बाहेक । आज अफगानिस्तानलाई ओल्लो घाट न पल्लो तिर पारेर छोड्यो कि छोडेन अमेरिकाले ? दुई दशक पहिले नै अफगान सरकारलाई आफ्नो समस्या आफै मिलाऊ बरु मध्यस्तता गर्नु परे हामी सघाउँला भनेर छाडि दिएको भए, या त उनिहरु मिलेर सरकार चलाउँथे । या त तालिवानीले नै चलाउँथे । कमसेकम एउटा पद्धति त बस्थ्यो । तालिवानी विद्रोही समूहलाई जति क्रुर र अत्याचारी भनिन्छ, सायद उनिहरु त्यति साह्रो छैनन् कि त ? अहिलेका अवस्थामा तालिवानी नेताहरुले दिएको वक्तब्य विदेशी मूलका नागरिकलाई स्वदेश फर्कन दिएको घटनाहरुबाट त उनिहरुमा पनि मानवता भन्ने भावना छ भन्ने बुझिदैन र ?
मैले यसो भन्नुको तात्पर्य चाही के हो भने हाम्रै देशका नेताहरु पनि कहिले भारत रिझाउँछन्, कहिले चीन रिझाउँछन्, त कहिले अमेरिका रिझाउँन मरिहत्य गरेर लाग्छन् । तर स्मरण रहोस् शक्ति राष्ट्रको सामू हात फैलाएर लम्पसार पर्नु, राष्ट्रवादको लागि घातक सिद्ध हुन सक्छ । हामी एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका नागरिक हौं, यदि कसैले हामीलाई मनैदेखि सहयोग गर्दछ भने ठीक तर हाम्रो राष्ट्रियता माथि आँच आउने गरेर, सहयोगको नाममा हामी माथि प्रभूत्व जमाउने आशयले सहयोगको हात बढाउँछ, भने बेलैमा होसियार हुनु पर्दछ ।
अमेरिका, तालिवानको युद्धबाट मैले महसुस गरेको अर्को कुरा चाही के हो भने युद्ध आफैमा सबै कुराको समाधान होइन र सैनिक संख्या र हतियारको बलले मात्र युद्ध जितिदैन । युद्ध जित्नको लागि रणनीति चाहिन्छ, आत्मविश्वास र निरन्तर प्रयास चाहिन्छ । अफगानिस्तानमा तालिवानीको कब्जा हुनु, राम्रो हो, होइन अलग कुरा तर तालिवानीहरुको लागि त यो पक्कै राम्रो हो । ऐतिहासिक उपलब्धि हो । यदि हिजो अमेरिका छिर्ना साथ उनिहरुले आफ्नो आत्मविश्वास गुमाएको भए, सही रणनीतिका साथ प्रयास नगरेको भए, आजको जीत हासिल गर्ने थिएनन् । विकास र समृद्धिको हकमा पनि यही कुरा लागू हुन्छ । युद्धलाई छाडेर शान्तिको बाटो रोजेको जापान आज कहाँ छ ? दक्षिण कोरीया कुन हैसियतमा छ ? सिंगापुर कस्तो बनेको छ ? राज्यको विकास गर्ने आफैले हो । त्यसको लागि उपयुक्त रणनीति चाहिन्छ । नागरिक र नेतृत्व दुवैमा दृढ आत्मविश्वास हुनु पर्दछ र निरन्तर प्रयास गर्नु पर्दछ । हामी भने कहिले चीनलाई यसो गरिदेऊ भन्यो, नमस्ते ग¥यो, कहिले भारतलाई नमस्ते ग¥यो । देशभित्रै खरबौं खरब रकम भ्रष्टाचार भएको छ, त्यो रोकेर असुल गर्ने तर्फ कसैको चासो छैन, तर अमेरिकाले सहयोग दिने भने MCC पास गर्ने कि नगर्ने भनेर सदनमा झगडा गर्छौं । मिलेर देश कसरी बनाउने भन्ने तर्फ ध्यान छैन । पार्टी फुट्न के के प्रक्रिया पु¥याउनु पर्दछ भनेर रोईलो गरी बस्छौं । यस्तै पाराले देशमा समृद्धि त खै, कुन्नी पद्धति र संस्कार सिकाउने नाउँमा अमेरिका चाहि नेपाल आउन सक्छ र हामी अर्को अफगानिस्तान बन्न सक्छौं ।
अफगानिस्तानको घटनाले सिकाएको अर्को कुरा के हो भने अमेरिका स्वार्थी छ, आफ्नो स्वार्थसिद्ध गर्नको लागि उ जति पनि खर्च गर्छ । स्वार्थ पुरा भएपछि वा नहुने छाँट देख्यो कि त लुसुक्क खुट्टा झिक्छ । गोरो छाला, खैरो कपाल र निलो आँखा हुनेहरु त, देउतै हुन् नि भनेर सम्झिने नेपालका नेताहरुले यो कुरा चाही बुझेर मात्र हुँदैन । सोही अनुरुप व्यवहार पनि गर्नु पर्दछ ।
अफगानिस्तानको घटनालाई यसरी पनि हेर्न सकिन्छ । कतै अमेरिकी सरकारले अफगान सरकारलाई जवरजस्ती तालिवानसंग लडाएको त होइन । उनिहरु पनि स्वतः स्फूर्त रुपमा तालिवानीहरुलाई सकाउने मनसायले लडेको भए त यति छिट्टै तालिवानले कावुलमा कब्जा नजमाउनु पर्ने ? आखिर अफगान सैनिकहरु पनि शान्तिकै खोजीमा रहेछन् । सरकारी अधिकारीहरुलाई विना डर काममा फर्कन तालिवानीहरु भनिरहेछन् । आखिर तालिवानीहरु पनि शान्तिकै पक्षमा रहेछन् । आखिर उनिहरुको एक मात्र चाहना भनेको उनिहरुको धर्म अनुसारको सरकार बनाउनु थियो । उनिहरुलाई दुई दशक पहिले नै त्यो मौका दिएको भए, के हुन्थ्यो ? सायद यतिका समयमा त उनिहरु पनि केही लचक हुन्थे कि ? केही खुल्थे कि ? अमेरिकाले बीचमा हात हालेर के उपलब्धि भयो त आखिर ? के अमेरिकाको समृद्धि तहमा अर्धनग्न भएर पल्टिन मात्र स्वतन्त्रता हो । अनि के बुर्का लगाउनु मात्र महिला माथिको दमन हो त ? स्वतन्त्रता र अधिकारका कुरा देश, काल, समाज र संस्कृति अनुसार हुनुपर्दछ । सबै ठाउँमा एउटै नियम एउटै पद्धति लाद्न खोज्दा अमेरिका जस्तो राष्ट्रको बन्दुक पनि अरुको सामू झुक्नु पर्दछ जस्ले गर्दा न अमेरिकालाई फाईदा हुन्छ, न त त्यो राष्ट्रलाई नै ।
तसर्थ सबै राज्यहरु आफ्नै नीति नियममा खुशी रहौं । विश्व शान्ति कायम होस् । तालिवानी सरकारले अफगानिस्तानलाई नै दिशामा डो¥याएर अगाडि बढोस्, अफगानी नागरिकले चइनको जीउन पाउन् । अस्तु ।