
पृष्टभूमिः
दामासाहीको कारवाही सामान्यतः साहूहरुले चलाउने हो । कानुनमा ऋणीलाइ पनि त्यो मार्ग खुला गरेको अवस्था छ । पछिल्ला दिनमा साहूहरुसंग टन्न ऋण उठाउने र स्वयम ऋणीले दामासाहीको कारवाही माग गर्ने अभ्यास शुरु भएको छ । फरक फरक दुई ऋणीले तनहुँ जिल्ला अदालतमा त्यस्तो कारवाही शुरु गराएका छन् । साहूहरुको ऋण तिर्ने मनसाय मात्रै यो कारवाही चलाउने कानुनको मनसाय हो । कानुनको मनसाय अनुरुपको अभ्यास शुरु भयो भन्नेमा साहूहरु विश्वस्त हुन सक्नु
दामासाहीको कार्यविधिः
मुलुकी देवानी संहिता र कार्यविधि नियमावलीले प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी कारवाही गर्नको लागि दर्ता भएको निवेदनको कारवाही प्रारम्भ गर्नु अगाडि इजलास समक्ष पेश गर्नु पर्नेछ । इजलाशबाट दामासाहीको कारवाही चलाउने गरी सूचना प्रकाशित गर्नु अगाडि नै दामासाही गरिने सम्पत्ति व्यवस्थापनका लागि इजाजत प्राप्त गरेका दामासाही व्यवसायीको सूचि दामासाही प्रशासन कार्यालयबाट लिई अद्यावधिक गरेर राख्नु पर्ने देखिन्छ ।
कार्ययोजना माग्नेः
दामासाही प्रकृया शुरु गर्नु अगाडि त्यस्ता दामासाही व्यवासयीबाट दामासाही प्रकृया पुरा गर्न लाग्ने समय, पारिश्रमिक, लाग्ने खर्च समेतका आवश्यक विवरण खुलेको कार्ययोजना माग्नु पर्नेछ । त्यसपछि मात्रै मुलुकी देवाी संहिता २०७४ को भाग २ परिच्छेद ३ उल्लेख भए बमोजिमको दामासाही सम्बन्धी कार्य गर्न गरी आदेश दिन सक्ने व्यवस्था छ ।
संयुक्त बैठक बोलाउनेः
दामासाहीको कारवाही चलाउन हुने वा नहुने सम्बन्धमा जारी अदालतको आदेश बमोजिम कारवाही प्रारम्भ गर्न अदालतले आदेश दिएकोमा ऋणीको सम्पत्ति व्यवस्थापन गर्न जिम्मेवारी पाएको स्थानीय तह, ट्रष्टी वा व्यक्तिले ऋणी, साहू वा अन्य दावीकर्ताहरुको संयुक्त बैठक बोलाउनु पर्नेछ । बैठकबाट ऋणी, साहूहरु बीच आपसी समझदारीबाट पुरा वा आंशिक हिसाब मिलान गर्न चाहेमा सो अवसर दिनु पर्ने व्यवस्था छ । साथै कुनै साहूले केही वा आंशिक साहूँको ऋण वा दावी चुक्ता गरी त्यस्तो व्यक्तिको विरुद्ध एकमुष्ट दावी पेश गर्ने व्यवस्था गर्न सकिने कानुनी व्यवस्था छ । ऋणी र साहूको अपसी सहमतिमा दामासाहीको कारवाही स्थगित गर्न सहमत भएमा संयुक्त निवेदन दिन सक्नेछन् । यसरी कारवाही स्थगतका लागि संयुक्त निवेदन परेमा पाँच बर्षसम्मको समय अदालतले प्रदान गर्न सक्ने व्यवस्था छ ।
निष्कर्षः
दामासाही कानुनमा भएको व्यवस्था ऋणीहरुले गलत मनसायबाट उपयोग गर्न थालेपछि साहूहरुले सकारात्मक रुपमा बुझ्न सकेका छैनन् । दामासाहीको कारवाही साहूको लागि भन्दा साहू ठग्नेहरुको हितमा प्रयोग भएको बुझाइ रहेको पाइयो । यो कानुनको मनसाय अदालतबाट व्याख्या भएपछि मात्रै गलत प्रयोग निरुत्साहित हुने देखिन्छ ।