पृष्टभूमिः
संहिताले अदालतले गर्ने कामहरु मध्ये केही कामहरु न्यायाधीश आफैले गर्नुपर्ने भनेर तोकिदिएको छ । सिद्धान्ततः कानुनमा भएको यो व्यवस्था न्यायका उपभोक्त ाहरुले कसरी बुझेका छन् त्यो हाम्रो व्यवहारिक अध्यासले संकेत गर्दछ । कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सिद्धान्तका आधारमा पनि अदालतबाट हुने कामकारवाही कसरी हुनुपर्ने हो र कसरी भैरहेको छ बुझ्नु सचेत नागरिकको कर्तव्य पनि हो ।
कानुनमा भएको व्यवस्थाः
मुद्दाको सुनवाईका क्रममा वा प्रमाण बुझ्ने क्रममा न्यायाधीशले आफैले गर्नुपर्ने भनेर कानुनले दशवटा काम तोकिदिएको छ । ती कामहरुमा पक्षको बयान लिने काम न्यायाधीश आफैले गर्न भनेको छ । मुद्धाका प्रमाणका रुपमा उपस्थित भएका साक्षीको शपथ गराउने र बकपत्र गराउने काम पनि न्यायाधीश स्वयमले गर्नुपर्ने गरी कानुनले तोकेको छ । अन्तरकालिन वा अन्तरिम आदेश गर्ने काम, मुद्धामा निर्णय दिने वा आदेश पर्चा खडा गर्ने काम, प्रमाण बुझ्ने सम्बन्धी आदेश दिने काम, मुद्धाको प्रारम्भिक सुनवाई र पूर्वसुनवाई छलफल गराउने, सुनवाई गर्ने, मिलापत्र गराउने, फैसला गर्ने वा कुनै किसिमको अन्तिम आदेश दिने काम न्यायाधीशले नै गर्नुपर्ने गरी कानुनले तोको छ । यद्धपि अभिलेखनमा भने राजप्रत्र अनङ्कित प्रथम श्रेणीसम्मको र नभए राजपत्र अनङ्कित द्वितिय श्रेणीसम्मको कर्मचारीको सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।
व्यवहारमा कस्तो छ ?
न्यायाधीशले आफैले गर्ने काम व्यवहारतः अन्तरकालिन वा अन्तरिम आदेश गर्ने काम आफैले गरेको पाईन्छ । त्यसैगरी मुद्धामा निर्णय दिनुपर्ने कुराहरुको आदेश पर्चा खडा गर्ने काम पनि न्यायाधीश स्वयमबाट हुन्छ । प्रमाण बुझ्ने आदेश दिने काम पनि न्यायाधीशबाटै हुन्छ । मुद्धाको प्रारम्भिक र पूर्वसुनुवाई छलफल गराउने अभ्यास भएको अनुभव पंक्तिकारलाई छैन । सुनवाई, मिलापत्र, फैसला समेतको अन्तिम आदेश दिने काम पनि न्यायाधीशबाटै भएको छ ।
सिद्धान्त र
व्यवहारमा फरकः
सिद्धान्तः पक्षको बयान लिने, साक्षीको शपथ गराउने, बकपत्र गराउने काम पनि न्यायाधीशबाट भएको देखिन्छ । तर व्यवहारमा यो काममा विरलै न्यायाधीशको क्रियाशिलता
रहन्छ । यो काम त न्यायाधीशको होइन भन्ने आभाष हुन्छ । अभिलेखन गर्ने दर्जाका कर्मचारीले नै पक्षको बयान लिने, शपथ गराउने, बकपत्र गराउने काम सम्पन्न गरेका हुन्छन् । प्रमाणित मात्रै न्यायाधीशबाट हुने गरेको छ ।
निष्कर्षः
प्रमाणको रुपमा विषय विशेषज्ञ र प्राज्ञिक व्यक्तित्वको पनि उपस्थिति हुन सक्दछ । उपस्थित भएका प्रमाणका मान्छेहरुलाई न्यायाधीशकै सवालमा जवाफ दिन पाउँदाको आत्मसम्मान सहितको सुखानुभूति अन्यमा भएको पाईदैन । कर्मचारी र कानुन व्यवसायी, अन्य बोकाहा वा विचौलियाको खुसामदले पनि कम अवसर पाउँछ । न्यायमै गलत प्रभाव पार्ने अभिलेखन हुने जोखिम कम हुन्छ । अतः सिद्धान्त र व्यवहारको एकरुपता तर्फ सम्बद्ध निकायको सार्थक ध्यान पुग्न जरुरी छ ।
न्यायाधीश आफैले गर्नुपर्ने काम
previous post