पृष्ठभूमिः
संहिता कानुनमा फौजदारी न्यायका २६ वटा सिद्धान्त भएजस्तै देवानी कानुनका पनि तेह्रवटा सिद्धान्त रहेका छन् । न्याय क्षेत्रमा कहिकतैको प्रभाव नपरोस् भनेर सर्वमान्य सिद्धान्तको व्यवस्था गरेर संहिताले न्यायको सुनिश्चितता प्रदान गर्ने प्रयास गरेको छ ।
१) देवानी न्यायमा लागू हुनेः
देवानी कानुनका सामान्य सिद्धान्तहरु देवानी प्रकृतिका न्यायीक प्रकरणमा मात्रै लागू हुन्छ ।
२) कानुनको अज्ञानता अक्षम्यः विशेषतः देवानी कसुरमा मैले कानुन जानिन भनेर सुख पाईदैन । खास गरी सबै कानुन सबैले जान्नै पर्दछ ।
३) सार्वजनिक हित विपरितको कार्य कसूरः
सार्वजनिक हित विपरितको कार्य गर्ने छुट कानुनले कसैलाई पनि दिएको छैन । त्यो दण्डनीय हुन्छ ।
४) कानुन विपरितको कार्य अमान्यः
कानुनले निषेध गरेको कार्य गर्ने छुट कानुनले कसैलाई पनि दिएको छैन र दिदैन ।
५) गल्ति गर्नेले नै क्षति व्यहोर्नेः
कसैले कुनै काम गर्दा वा गराउँदा अरुलाई हानी नोक्सानी हुन गएमा त्यसरी हानी नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ति गर्ने वा गराउने व्यक्तिले व्यहोर्न पर्ने कानुनी व्यवस्था छ । गल्ति गर्नेेले नै त्यसको परिणाम भोग्नु पर्दछ अर्थात क्षतिपूर्ति व्यहोर्नु पर्दछ ।
६) अरुलाई दुःख दिन नहुनेः कसैले पनि अन्य व्यक्तिलाई दुःख, हैरानी दिन
हुँदैन । अर्काका मान प्रतिष्ठा, इज्जतमा वा सम्पत्तिमा क्षति पु¥याउन हुँदैन ।
७) गल्ति गर्नेले फाईदा नपाउनेः
गल्ति कार्यबाट भएको फाईदा गल्ति गर्नेले लिन नपाउने कानुनी व्यवस्था छ । जस्तो कि कसैको अपुताली पर्ने अवस्थाको व्यक्तिको हत्यामा सम्लग्नता देखिएको हकवालाले त्यस्तो सम्पत्तिको भोगचलन र उपभोग समेत गर्न पाउने छैन ।
८) हित विपरितको कार्य अमान्यः
कमजोर अवस्थाका मान्छेको संरक्षकत्व, माथवरी ग्रहण गर्न पर्दछ, पाईन्छ, सकिन्छ तर उसको अहित हुने गरी काम गर्न संरक्षकत्व वा माथवरी ग्रहण गर्ने व्यक्तिलाई कानूनले प्रतिवन्ध लगाएको छ । भएमा त्यस्तो कार्य अमान्य हुन जान्छ ।
९) व्यक्तित्व स्वीकार गर्नु पर्नेः
आफ्नो व्यक्तित्वलाई अरुले स्वीकार गर्नु पर्दछ भन्ने हरेक मानवको मनोविज्ञान
हुन्छ । ठीक त्यसै गरी अन्य व्यक्तिको व्यक्तित्वलाई पनि हरेक व्यक्तिले स्वीकार गर्नु पर्दछ । तर व्यवहारिकतामा सहज रुपमा स्वीकार गर्न सकेको पाईदैन । संहिताले अरुको व्यक्तित्व स्वीकार गर्न बाद्य पारेको छ ।
१०) असल छिमेकी पनः
हरेक व्यक्तिले छिमेकलाई बाधा हानी नोक्सानी पु¥याउने काम गर्नु हुँदैन । छिमेकीलाई बाधा हानी नोक्सानी नपु¥याउने छिमेकीलाई हाम्रो कानुनले असल छिमेकी भनेको छ । हरेक व्यक्तिले असल छिमेकी पन देखाउनु पर्ने कानूनी व्यवस्था छ ।
११) देवानी दायित्वबाट छुटकारा नपाउनेः
कसैले कुनै व्यक्तिका विरुद्धमा फौजदारी कसूरमा मात्र कारवाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानुन बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।
१२) प्रथा परम्परा अमान्यः
कानून विपरितका प्रथा परम्परालाई न्यायको रोहमा मान्यता दिईने छैन । प्रथा परम्पराले सम्बद्ध वर्ग समुदाय र व्यक्तिहरुका बीच मान्यता पाए पनि न्यायको रोहमा आएपछि, मान्यता नपाउने गरी यो व्यवस्था भएको हो जस्तो तलाक, तलाक, तलाक पछि स्वतः सम्बन्ध विच्छेद हुने । प्रथा परम्पराले न्यायको रोहमा मान्यता पाउन सक्दैन ।
१३) विदेशीको हकमाः
देवानी कानुनका सामान्य सिद्धान्तहरु विदेशी नागरिकको हकमा पनि समान रुपमा लागू हुन्छ । तर नेपाली नागरिकका लागि मात्र लागू हुने विशेष प्रसंग वा प्रकृतिको रहेछ भने मात्रै नेपाली नागरिकलाई मात्रै लागू हुने व्यवस्था छ ।
निष्कर्षः
कानूनका सिद्धान्त राम्रा छन् । भाव अर्थ सकारात्मक छन् । कार्यान्वयन पनि कानूनको भावना बमोजिम पहुँच भएका र नभएकाहरुलाई समान रुपले हुन सक्दा मात्रै न्याय स्थापित हुन सक्दछ । प्रार्थना गरौं अबको न्यायालयले कानुनका सिद्धान्तलाई आत्मसाथ दुवै आँखामा पट्टी बाँधेर समानतामा आधारित न्याय सम्पादन गर्न सकोस् ।
देवानी कानुनका तेह्र सिद्धान्त
previous post