तिलिचो यात्रा– I बाट क्रमशः
उक्त ग्राउन्डको रनवेमा हिँड्दै दायँबायाँका सुन्दर दृष्यहरु आकाशसङ्ग टाउको जोडेका हिमाल,हिमालको काखमा सुन्दर पहाडहरु जता हेर्यो उतै मनमोहक दृष्यहरु । पहाडको बिचमा थुपुक्क रहेका बस्तिहरु । उक्त हवाइ ग्राउण्ड अहिले संचालनमा छैन । त्यहाँका बस्तिहरु नियाल्दै हामी पुनः गाडी चढ्यौ अलिकती अगाडि बढेपछि फेरि अर्को सानो तर निलो पानी भएको सुन्दर ताल रहेछ । त्यस तालमा पुगेपछी हाम्रो सबै साथीहरु जम्मा भैयो तालको अबस्थाका साथै ताल वरिपरिको दृष्याबलोकन र सामुहिक तस्बिर लिएपछी पुन हामी हाम्रो गन्तव्य तर्फ लम्क्यौं ।
त्यसपछी कतै स्याउका बगैँचा, कतै फापर बारी, खोला, पुल गाडि बाटै हेर्दै मुङ्जे ,भ्राका गाउँ हुँदै मनाङ गांउलाई दाहिने पार्दै फर्कदा घुम्ने सर्त सहित हल्का सिमसिम पानीका साथ हामी पहिलो दिनको गन्तव्य खाङ्सार भन्ने गाउंमा पुगियो । दिन बांकी नै भएकोले र खाङ्सार हाम्रा लागि नितान्त नयां गाउँ भएकाले गाउँ घुम्ने काम गरियो त्यस गांउको शैक्षिक धरोहर तिलिचो आ.वि. लगाएतका गुम्वा घरहरुको बनावट आदि कुराहरु अबलोकन
गरियो । पर्यटकिय क्षेत्र भएको कारणले सुविधाजनक होटेल हरु प्रसस्त रहेछन । गाउँ घुम्ने क्रममा लगभग ३० ओटा घोडामा मान्छे हरु चढेर सङ्गै कतै जान लागेको जस्तो देखियो पछि बुझ्दा त्यस गांउको एउटा चाड यार्तुङ ( घोडे जात्रा) रहेछ त्यस गाउँ भन्दा माथी डांडाको टुप्पोमा जहाँ पुग्न २÷३ घण्टा लाग्ने कुरो बुझियो । त्यस कार्यक्रममा गांउका हरेक घरबाट अनिबार्य एक घोडा सहित उपस्थिती हुनुपर्ने नियम रहेछ । त्यसपछी तेहि गांउमा रहनुभएका हाम्रा सेवाक्षेत्रका तर त्यहिको बिध्यालयमा कार्यरत एक शिक्षक साथी तिल बहादुर गुरुङ सरको समन्वयमा निर्धारित गरिएको माया होटेलमा हामी बास बस्न पुग्यौं । होटेल पसिसकेपछी साथीहरु आ–आफ्नो हिसाबले मोबाइल हेर्ने,गफ गर्ने, तास खेल्ने गरेर मनोरन्जन गरेपछी खाना खाने समय भयो र हामीले इच्छानुसार खाना वा फापरको ढिडों खायौ। खाना एकदम स्वादिलो र अर्गानिक लाग्यो । खाना खाइसकेपछी यात्रामा थाकेका हामी सबै आ–आफ्नो रूममा पसेर निद्रादेविको सरणमा पर्दै पहिलो दिनको अन्त्य गरियो । उक्त दृश्यपान गर्दै तस्विर कैद गर्दै हामी अगाडि बढ्यौ र पैदल नै पुग्यौ हिमाली जिल्ला मनाङ्मा रहेको हबाइ ग्राउन्ड तर्फ । उक्त ग्राउन्डको रनवेमा हिड्डै दांयाबांया का सुन्दर दृष्यहरु आकास सङ्ग टाउको जोडेका हिमाल,हिमालको काखमा सुन्दर पहाडहरु जता हेर्यो उतै मनमोहक दृष्यहरु । पहाडको बिचमा थुपुक्क रहेका बस्तिहरु । उक्त हवाइ ग्राउण्ड अहिले संचालनमा छैन । त्यहांका बस्तिहरु नियाल्दै हामी पुनः गाडी चढ्यौ अलिकती अगाडि बढेपछि फेरि अर्को सानो तर निलो पानी भएको सुन्दर ताल रहेछ । त्यस तालमा पुगेपछी हाम्रो सबै साथीहरु जम्मा भयौं । त्यहाँ मङ्गलराज सर सहित ३ जना साथीहरु थपिनु भयो । तालको अबस्थाका साथै ताल वरिपरिको दृष्यावलोकन र सामुहिक तस्बिर लिएपछी गन्तव्य तर्फ लम्क्यौं । त्यसपछी कतै स्याउका बगैँचा, कतै फापर बारी, खोला, पुल गाडीबाटै हेर्दै मुङ्जे ,भ्राका गाउँहुँदै मनाङ गाउँलाई दाहिने पारेर फर्कदा घुम्ने सर्त सहित हल्का सिमसिम पानीका साथ हामी पहिलो दिनको गन्तव्य खाङ्सार भन्ने गाउँमा पुगियो । सरोज सर ( भुमिका म्याडको श्रीमान) पहिल्यै पुगेर हामीलाई पर्खीराख्नु भएको रहेछ ।
दिन बांकी नै भएकोले र खाङ्सार हाम्रा लागि नितान्त नयां गाउँ भएकाले गाउँ घुम्ने काम गरियो । त्यस गाउँको शैक्षिक धरोहर तिलिचो आ.वि. लगाएतका गुम्वा, हिमाली भेगमा बन्ने घरहरुको बनावट आदि कुराहरु अबलोकन
गरियो । पर्यटकिय क्षेत्र भएको कारणले सुविधाजनक होटेलहरु प्रसस्त रहेछन । गाउँ घुम्ने क्रममा लगभग ३० ओटा घोडामा मान्छे हरु चढेर सङ्गै कतै जान लागेको जस्तो देखियो पछि बुझ्दा त्यस गाउँको एउटा चाड यार्तुङ ( घोडे जात्रा) रहेछ त्यस गाउँ भन्दा माथी डाँडाको टुप्पोमा जहाँ पुग्न २÷३ घण्टा लाग्ने कुरो बुझियो । त्यस कार्यक्रममा गाउँका हरेक घरबाट अनिवार्य एक घोडा सहित उपस्थित हुनुपर्ने नियम रहेछ र त्यहाँ घोडादौड प्रतियोगिता पनि हुने रहेछ । त्यसपछी त्यही गाउँमा रहनुभएका हाम्रा सेवाक्षेत्रका तर त्यहिको विद्यालयमा कार्यरत एक शिक्षक तिलबहादुर गुरुङ सरको समन्वयमा निर्धारित गरिएको माया होटेलमा हामी बास बस्न पुग्यौं ।
होटेल पसिसकेपछी साथीहरु आ–आफ्नो हिसाबले मोबाइल हेर्ने, गफ गर्ने, तास खेल्ने गरेर मनोरञ्जन गरेपछि खाना खाने समय भयो र हामीले इच्छानुसार खाना वा फापरको ढिडों खायाँै। खाना एकदम स्वादिलो र अर्गानिक लाग्यो । खाना खाइसकेपछी यात्रामा थाकेका हामी सबै आ–आफ्नो रूममा पसेर निद्रादेवीको सरणमा पर्दै पहिलो दिनको अन्त्य गरियो ।
दोश्रो दिन २०८१ भाद्र २
रात भरी खासै निद्रा परेन । मनमा विभिन्न कुराहरु खेलिरहे कतै भोलि आफ्नो ब्यक्तिगत समस्या र अल्टिच्युड सिकनेसका कारणले साथीहरु सङ्ग छुट्नुपर्ने त होइन भन्ने एक किसिमको त्रास आइरह्यो रातभरी टाउको भारी भएको अनुभव भैरह्यो । कोठामा संगै चेकमान सर हुनुहुन्थ्यो । उहाँले बिहानै ६ बजेतिर उठाउनुभयो । उठेर बाहिर निस्कदा कतिपय साथीहरु तम्तयार हुन थाल्नुभएछ । म पनि उठेर नित्यकर्म गरी तयार भएर होटेलको डाइनिङ तिर लम्किएँ । साथीहरु जम्मा भएर ब्रेकफास्ट लिइरहनु भएको रहेछ । आफ्नो इच्छानुसार चिया, कफी, गार्लिक सुप, फापरको रोटी, थुक्पा आदि मध्ये आफ्नो रोजाई अनुसार खान पाइने । लेकमा हिड्दा गार्लिक सुपले राम्रो गर्छ भन्ने मान्यता अनुसार एक कचौरा गार्लिक सुप खाएर फापरको रोटी खांदै गर्दा अचानक मेरो पेट गड्बड भएर भोमिट होला जस्तो भयो र भोमिट पनि भयो । शरीरले एकदम कमजोरी भएको अनुभव गर्यो । यात्रा रोकौं कि अगि बढौ एकदम दोधार भएँ । साथीहरु के भयो भनेर सोधखोज गर्न थाले भने कोहि लौरा टेकेर आफ्नो झोला बोकेर तयार भए । रबिन, प्रमोद, भुमिका, ज्योती लगाएत केही साथीहरु नास्ता नै नगरी हिडिसकेका थिए । मेरो मन दोमन हुंदाहुंदै साहस निकालेर जहाँ पुग्दा गाह्रो हुन्छ त्यहाँबाट फर्कने अठोट्का साथ लौरो टेकेर करिब ७ः३० बजे खाङ्सारबाट हिडियो । उकालो उकालो तरपाया तरपाया परेको बाटो गफ गर्दै आफ्नो गतिलाई कायम राख्दै दायाँबायाँका दृष्यहरुलाई आँखामा कैद गर्दै हामी प्रसिद्ध तारे गुम्वामा पुगियो जुन बौद्ध धर्मावलम्विहरुको महत्वपुर्ण स्थल रहेछ । त्यस गुम्वा कटेपछी हामी पहिलो स्टेसनको रुपमा रहेको ठाउँ श्रीखर्क पुगेर एकछिन सुस्तायौं ।
पहिला हिडेका साथीहरु त्यहाँ खाजा खादै हुनुहुँदोरहेछ । हामीले करिब आधा घण्टा विश्राम लिइसकेपछी हाम्रो टोली खाजा खांदै गरेका साथीहरुलाई छाडेर अगाडि बढ्यो । मेरो मन चाहिँ डराइरहेको थियो तर शरीर फुर्तिलो हुँदै गैरहेको थियो सायद साह्रै सुन्दर दृष्यहरु र तिलिचो तालमा टेक्ने उत्कृष्ट अभिलाषाले होला । हिड्दै जाँदा बाटोमा खबर आयो अर्को ग्रुपमा रहनुभएको साथी प्रमोद सर जसलाई हामीले श्रीखर्कमा छाडेका
थियौं । उहाँलाई स्वास्थ्यमा समस्या आएर फर्कनुभएछ । मनमा नरमाइलोको अनुभूति भयो एउटै लक्ष्य लिएर हिडेको साथीलाई मिस गर्नुपर्दा ।
बाटो साह्रै उकालो होइन कताकती ओरालो प्रायः तेर्सो साना तिना बुट्यान भएको टाउको माथी ठुला ठुला पहाड तल छङ्गाछुर भिर मुनि मस्र्याङ्दी नदी आफ्नै लयमा सुसाइ
रहेको । सेता हिमाल अनि खैरा पहाडहरुको मनोरम दृष्यको आनन्द लिदै पाइलाहरु अगाडि बढिरहे ।
क्रमशः
तिलिचो यात्रा- I